• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

नेपालमा ग्रिन हाइड्रोजन उत्पादन सुरु

  •  
  • २०८० चैत्र २०, मंगलवार ०७:१५ प्रकाशित
    • अ-
    • अ
    • अ+

    नेपालमा पहिलोपटक शतप्रतिशत स्वच्छ ऊर्जा अर्थात् ग्रिन हाइड्रोजन उत्पादन सुरु भएको छ । काठमाडौं विश्वविद्यालय (केयू)को ग्रिन हाइड्रोजन ल्याबले अनुसन्धान प्रयोजनका लागि बनाएको धुलिखेलस्थित स्टेसनबाट आइतबारदेखि ग्रिन हाइड्रोजन उत्पादन भएको हो ।

    उत्पादनसँगै स्टेसनबाट ग्रिन हाइड्रोजनको भण्डारण र रिफ्युलिङ (हाइड्रोजन गाडीमा हाल्ने)समेत गर्न सकिन्छ । केयूले आइतबार नै उक्त प्लान्टबाट आफ्नै हाइड्रोजन गाडीमा ग्रिन हाइड्रोजन रिफ्युलिङसमेत गरेको छ । केयूले ‘उत्पादन–भण्डारण–वितरण’ मोडेलमा यो परियोजना बनाएको छ, जसको प्राविधिक नाम ‘अन साइट ग्रिन हाइड्रोजन प्रडक्सन एन्ड रिफ्युलिङ’ हो । यस स्टेसनमा हाइड्रोजनलाई सात दिनसम्म भण्डारण गर्न सकिनेछ । केयू हाइड्रोजन ल्याबका प्रमुख प्रा.डा. विराजसिंह थापाले हाइड्रोजनको उत्पादन, भण्डारण र वितरणको परीक्षण सफल भएको बताए । यसले नेपालमा हाइड्रोजन उत्पादनको सम्भाव्यतालाई व्यावहारिक रूपमै पुष्टि गरेको उनको भनाइ छ ।

    केयूले आफ्नै प्रविधिमा यो प्लान्ट बनाएको हो । केयूले स्टेसनको डिजाइन गरेर कोरियाको लाइट ब्रिज कम्पनी उपकरण बनाउन आग्रह गरेको थियो, त्यसकै आधारमा कोरियन कम्पनीले यसका लागि आवश्यक पर्ने उपकरण तयार गरेको प्रा.डा. थापाले बताए । करिब डेढ करोड लगानीमा स्टेसन तयार गरिएको उनको भनाइ छ ।

    केयूले अनुसन्धानका लागि आफ्नै आधारभूत डिजाइनको हाइड्रोजन कार गत मंसिरमा कोरियाबाट ल्याएको थियो । केयूकै डिजाइनमा कोरियाको हुन्डाई कम्पनीले उक्त कार बनाएको थियो । ३३ हजार डलरमा केयूले त्यो गाडी ल्याएको थियो । अनुसन्धान प्रयोजनका लागि भएर यसमा पनि भन्सार राजस्वलगायत करमा छुट दिइएको थियो ।

     

     

    Post Views: 189
    प्रकाशित मिति: २०८० चैत्र २०, मंगलवार ०७:१५
    Advertisement
    संबन्धित शिर्षकहरु
    एकैदिन ६० हजार अबैध आप्रवासी छिरेपछि स्पेनमा मानवीय र सुरक्षा संकट !
    निर्मलपुर्जासहित १० जना पर्वतारोहण टोली पाकिस्तानको ब्रड पिकमा बेपत्ता
    आज शुक्ल पूर्णिमा अर्थात् गुरुपूर्णिमा
    Advertisement
    ताजा अपडेट
    • १. एकैदिन ६० हजार अबैध आप्रवासी छिरेपछि स्पेनमा मानवीय र सुरक्षा संकट !

    • २. निर्मलपुर्जासहित १० जना पर्वतारोहण टोली पाकिस्तानको ब्रड पिकमा बेपत्ता

    • ३. आज शुक्ल पूर्णिमा अर्थात् गुरुपूर्णिमा

    • ४. १० महिनामा ९० चिकित्सकमाथि कुटपिट र धम्कीः चार बर्षमा २५ सय डाक्टर देश विदेश पलायन

    • ५. सुनसरीको साम्प्रदायिक तनावः सुरक्षा चुनौती की बालेन सरकारको राजनीतिक परीक्षा !

    चर्चित
    • १. सिड्नीमा युवा उद्यमीहरूको विश्व सम्मेलन सम्पन्न

    • २. डा. चन्द्र गिरीको नयाँ साहित्यिक कृति ‘डङ्कीः सपनाको कालबाटो’

    • ३. विश्वकप फुटबल हेर्न क्यानडामा पुगेका नेपालीसहित १० देशका सयौद्धारा शरणार्थी बन्न निवेदन !

    • ४. अमेरिकामा बीपी स्मृति दिवस तथा वृक्षरोपण सम्पन्न

    • ५. आज शुक्ल पूर्णिमा अर्थात् गुरुपूर्णिमा

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.