• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

राज्यमन्त्रि थापाको एनजिओमा सरकारी २ करोड बजेट

  •  
  • २०८० चैत्र २३, शुक्रबार ०६:५९ प्रकाशित
    • अ-
    • अ
    • अ+

     

    राजनीतिक प्रभावका कारण कोशी सरकारले आर्थिक मामिला तथा योजना राज्यमन्त्री इन्दिरा थापाले सञ्चालन गरेको गैरसरकारी संस्थाले चालु आर्थिक वर्षमा २ करोड रुपैयाँ बजेट पाएको छ । केयर वुमन नेपाल नामक गैरसरकारी संस्थाले चालु आर्थिक वर्षमा भवन निर्माणका लागि १ करोड ८० लाख र पार्क निर्माणका लागि २५ लाख रुपैयाँ बजेट पाएको हो । उक्त एनजीओको भवन राज्यमन्त्री थापाकी आमा दुर्गादेवीको नाममा रहेको जग्गामा निर्माण गरिएको छ । भवन निर्माणका लागि चालु आर्थिक वर्षमा संघीय सरकारले ८० लाख र कोशी प्रदेश सरकारले एक करोड रुपैयाँ विनियोजन गरेका हुन् ।

    कोशीको भौतिक पूर्वाधार विकास मन्त्रालयले धनकुटाको पाख्रिबास नगरपालिका–४ स्थित संस्थाको जग्गामा भवन बनाउन एक करोड रुपैयाँ विनियोजन गरेको हो । २७ असोजमा केदार कार्कीलाई मुख्यमन्त्री बनाउन कांग्रेसभित्र बिद्रोह गर्ने ८ जना सांसदमध्ये थापा पनि एक हुन् । डा। शेखर कोइरालासँग निकट रहेकी थापा सामानुपातिक प्रणालीबाट कोशी प्रदेशसभा सदस्य चुनिएकी हुन् । मुख्यमन्न्त्री कार्कीले बनाएको बजेटमा थापाले भवन निर्माण र पार्क निर्माणका नाममा बजेट पार्न सफल भएकी हुन् ।

    पाख्रिबास नगरपालिका– ८ मुगामा रहेको संस्थाको कार्यालयमा पर्यटन, वन तथा वातावरण मन्त्रालय मातहतको पर्यटन पूर्वाधार आयोजनाले पार्क र पूर्वाधार निर्माणका लागि २५ लाख रुपैयाँ विनियोजन गरेको छ । पाख्रिबास–४ मा रहेको उक्त संस्थाको भवन निर्माणका लागि ठेक्का प्रक्रियामा रहेको सहरी विकास तथा भवन कार्यालय धनकुटाका निमित्त प्रमुख सुरेशप्रसाद साहले बताए ।

    २०७६ सालमा पनि केयर वुमेन नेपाल पाख्रिबास–८ मुगाको नाममा १ करोड १० लाख रुपैयाँ बजेट विनियोजन भएको थियो । सो बजेटबाट भवन निर्माण गरिएको थियो । सोही संस्थालाई २०७७ सालमा ५० लाख रुपैयाँ बजेट परेको थियो ।

    Post Views: 180
    प्रकाशित मिति: २०८० चैत्र २३, शुक्रबार ०६:५९
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    धादिङ नेपाली समाज अमेरिकाको अध्यक्षमा सागर अधिकारी
    परराष्ट्रमन्त्री खनाल र सीपीसीका नेता लिउबीच भेटवार्ता
    क्यानडामा नेपाली उत्पादनको निर्यात प्रर्वद्धन गर्न ब्रम्टनमा छलफल
    Advertisement
    ताजा अपडेट
    • १. धादिङ नेपाली समाज अमेरिकाको अध्यक्षमा सागर अधिकारी

    • २. परराष्ट्रमन्त्री खनाल र सीपीसीका नेता लिउबीच भेटवार्ता

    • ३. क्यानडामा नेपाली उत्पादनको निर्यात प्रर्वद्धन गर्न ब्रम्टनमा छलफल

    • ४. क्यानडामा गाडी दुर्घटनामा निधन भएका दुई विधार्थीको परिचय खुल्यो !

    • ५. बैंककस्थित दूतावासले पठायो २०० भन्दा बढी मानव तस्करको नाम

    चर्चित
    • १. बङ्गलादेशको एसियन युनिभर्सिटी फर वुमनको उपकुलपतिमा डा सङ्गीता रायमाझी

    • २. बैंककस्थित दूतावासले पठायो २०० भन्दा बढी मानव तस्करको नाम

    • ३. विश्वकप फुटबलको २३औं संस्करण शुक्रबारदेखि शुरु

    • ४. अमेरिकी भिषा अन्तर्वार्ताका लागि बढी रकम तिरेर फास्ट ट्रयाक सेवा लिन पाईने !

    • ५. विश्वकप हेर्न अमेरिका जान लागेका एन्फा अध्यक्ष नेम्वाङ र महासचिव राई विमानस्थलबाटै फिर्ता

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.