• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

जय नेपाल फाउण्डेसनले स्मार्ट सिटीका लागि विज्ञ नेपाल पठाउने

  •  
  • २०८० चैत्र २७, मंगलवार ०८:५४ प्रकाशित
    • अ-
    • अ
    • अ+

    अमेरिका । जय नेपाल इन्टरनेशनल फाउन्डेशनले “स्मार्ट सिटी: विश्वव्यापी परिप्रेक्षदेखि स्थानीय अभ्याससम्म” भन्ने  विषयमा दोस्रो वेबिनार आयोजना गरेको छ । शनिवारको कार्यक्रममा स्थानीय निकायका जनप्रतिनिधि, विभिन्न क्षेत्रका विज्ञ लगायत पत्रकारहरूको उपस्थिति रहेको थियो। अमेरिकामा कार्यरत सार्वजनिक यातायात विज्ञ डा. देशराज संयोजकले अधिकारको हिसाबले नेपालका स्थानीय निकाय अमेरिकाका स्थानीय निकाय भन्दा शक्तिशाली रहेको भन्दै आफ्नो नगर क्षेत्रमा स्वास्थ्य, शिक्षा, सार्वजनिक यातायात, रोजगारीको लागि एकीकृत रुपमा काम गर्नु पर्ने बताए ।

    माइक्रोसफ्ट कर्पोरेसन युकेका प्रमुख इन्जिनियर हरि न्यौपानेले नेपालमा नै स्मार्ट सिटी सम्बन्धी काम गर्न सक्ने विज्ञहरूको समूह बनाएर सो मार्फत यसलाई बढावा वा टेवा दिन सकिने बताए।
    राष्ट्रिय आविष्कार केन्द्रको युरोप संयोजक पनि रहेका न्यौपानेले  देशभरि नै माइक्रोसफ्टले प्रमाणीकरण गरेको ‘स्किल फर जब’ कोर्स संचालन गर्न सघाउन  केन्द्र तत्पर रहेको पनि बताए। छलफलमा भाग लिँदै सिटी अफ टेम्पे, एरिजोना अमेरिकाका मुख्य प्लानर डा. अम्बिका प्रसाद अधिकारीले स्मार्ट सिटीको विकासका लागि देश विदेशमा रहेर नेपालीले आर्जन गरेको ज्ञान र सीपलाई नेपालमा प्रयोग गर्न सक्नु पर्ने बताए । कुनै पालिकामा आफ्नो सिप र ज्ञानको आवश्यकता  रहेमा आफू निःशुल्क रुपमा प्रदान गर्न तयार रहेको समेत डा. अधिकारीले जनाए ।

    नेपालको  शहरी विकास मन्त्रलयका सहसचिव एकराज अधिकारीले स्मार्ट सहरहरुको विकासका लागि नेपाल सरकार विभिन्न योजना बनाएर अगाडी बढिरहेको र आगामी दिनमा देश र विदेशमा रहेका नेपालीहरूमा रहेको स्रोतलाई यसको विकासमा अधिकतम रुपमा प्रयोग गर्नको लागि लागि पर्ने बताए। महागढीमाई नगरपालिकाका मेयर उपेन्द्र यादवले स्थानीय निकायलाई स्मार्ट सिटीको अवधारणामा लैजान जरुरत भैसकेको र यस्ता कार्यक्रमले यसको विकासमा अझ सजिलो बनाउने बताए । यसै गरी हलेसी तुवाचुङ्ग नगरपालिकाकी मेयर बिमला राई तिलुङ्गले धेरै मेयरहरूमा स्मार्ट सिटीमा लैजाने जोशजाँगर र सोच भएको र यस्तै कार्यक्रम मार्फत यस सम्बन्धी जानकारी तथा आवश्यक परेको समयमा विशेषज्ञ सेवा उपलब्ध प्राप्त हुने वातावरण बनेमा धेरै सजिलो हुने बताइन् ।

    कार्यक्रममा प्रस्तोता र प्यानलिस्टहरुले भावी दिनमा यस्ता कार्यक्रमलाई  निरन्तरता दिनुका साथै पालिकाका प्रतिनिधिहरूले यस सम्बन्धी जानकारी चाहेमा तुरुन्त पहुँच पुग्न सक्ने गरी ‘ट्यालेन्ट पुल’ बनाएर सेवा दिन सकिने र आफूहरू यसमा निःशुल्क रुपमा सेवा दिन तयार रहेको समेत बताएका थिए । कार्यक्रमको अन्त्यमा संस्थाद्वारा यस भन्दा अगाडी आयोजना गरेका कार्यक्रमका प्रस्तोता तथा प्यानलिस्टहरुलाई सम्मानपत्र प्रदान गरिएको थियो। डा. नीरज श्रेष्ठले संचालन गरेको कार्यक्रममा जय नेपाल फाउन्डेशन नेपालका अध्यक्ष बद्री अर्यालले संस्थाको बारेमा जानकारी गराएका थिए भने जय नेपाल इन्टरन्याशनल फाउन्डेसनका अध्यक्ष डा. यादव पण्डितले सबैलाई धन्यवाद दिएक थिए।

    Post Views: 176
    प्रकाशित मिति: २०८० चैत्र २७, मंगलवार ०८:५४
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    इजरायलले माग्यो २३ सय नेपाली साढे ३ लाख तलब , यस्तो छ छनौटका लागि योग्यता !
    इरान–अमेरिका युद्धविराम थप ६० दिन विस्तार
    अन्नपुर्ण मिडियाका महाप्रबन्धक बस्नेत सफोल्क काउन्टी अमेरिकाद्धारा सम्मानित
    Advertisement
    ताजा अपडेट
    • १. इजरायलले माग्यो २३ सय नेपाली साढे ३ लाख तलब , यस्तो छ छनौटका लागि योग्यता !

    • २. इरान–अमेरिका युद्धविराम थप ६० दिन विस्तार

    • ३. अन्नपुर्ण मिडियाका महाप्रबन्धक बस्नेत सफोल्क काउन्टी अमेरिकाद्धारा सम्मानित

    • ४. अमेरिकाको सान फ्रान्सिस्कोस्थित महावाणिज्य दूतावाससहित र ६ कुटनीतिक नियोगहरु खारेज

    • ५. क्यानडा सरकारद्धारा मे २९ लाई नेपाल हेरिटेज डे मनाउने घोषणा

    चर्चित
    • १. अन्नपुर्ण मिडियाका महाप्रबन्धक बस्नेत सफोल्क काउन्टी अमेरिकाद्धारा सम्मानित

    • २. मानव अधिकार आयोगको प्रतिवेदनलाई किन दिइन्छ अन्तर्राष्ट्रिय मान्यता ?

    • ३. प्रधानमन्त्रिद्धारा युरोपेली संघ गैरआवासीय राजदूतसंग भेटघाट हुँदै, पार्टी सभापति लामीछानेको भारत भ्रमणबारे सरकार बेखबर ?

    • ४. अमेरिकी नागरिक विदेशी राजनीतिक दलसँग आबद्ध हुँदा लाग्ने ‘फारा’ कानुन के हो ?

    • ५. क्यानडा सरकारद्धारा मे २९ लाई नेपाल हेरिटेज डे मनाउने घोषणा

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.