• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

सत्ता जोगाउन संसद हतियार बनाएर संसद अधिवेसन अन्त्य

  •  
  • २०८१ बैशाख ३, सोमबार ०५:५० प्रकाशित
    • अ-
    • अ
    • अ+

     

    नेपाली कांग्रेसले सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा मुछिएका उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठनको माग सम्बोधन गर्नुको साटो संसद अधिवेशन अन्त्य गरेर सरकार भागेको निष्कर्ष निकालेको छ । आज बिहान बसेको कांग्रेस संसदीय दलको बैठकले सरकार जवाफदेहिताबाट भागेर गैरजिम्मेवारीपूर्वक प्रस्तुत भएको निष्कर्ष निकालेको हो । बैठकपछि कांग्रेस प्रमुख सचेतक रमेश लेखकले सरकार जवाफदेही बन्नुको साटो तानाशाही बन्न खोजेको निष्कर्ष बैठकले निकालेको बताए ।
    उता हिउँदे अधिवेशनमा प्रतिनिधिसभाबाट भएको कामप्रति सभामुख देवराज घिमिरे नै असन्तुष्ट देखिएका छन् । आइतबार बसेको हिउँदे अधिवेशनको अन्तिम बैठकमा सभामुख घिमिरेले आगामी अधिवेशन प्रभावकारी र परिणाममुखी विश्वास व्यक्त गरे । ‘कानुन निर्माण, जनसरोकारका मुद्दा मुखरित गर्ने लगायतका कार्यमा तुलनात्मक रुपमा अघिल्ला अधिवेशनहरुभन्दा तेस्रो अधिवेशन उपलब्धिपूर्ण रहेको मैले महसुस गरेको छु । तर, पर्याप्त भने हुन सकेन’, सभामुख घिमिरेले भने । उनले अगाडि भनेका छन्, ‘राजनीतिक दलहरुबीचको उच्च समझदारी विवेकपूर्ण निर्णयका कारण आगामी अधिवेशनहरु अझै प्रभावकारी र परिणाममुखी हुने मैले विश्वास लिएको छु ।’

    प्रतिनिधिसभाको हिउँदे अधिवेशन गत माघ २२ गतेदेखि वैशाख २ गतेसम्म ७० दिन चल्यो । ७० दिनमा प्रतिनिधि सभाका २३ वटा बैठक बसे । २३ दिनमा प्रतिनिधि सभा बैठक ८१ घण्टा ५५ मिनेट चलेको छ । यस अवधिमा प्रतिनिधिसभाले जम्मा तीनवटा विधेयक पारित गरेको छ । जसमा अनुगमन तथा मूल्यांकन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, ‘सम्पत्ति शुद्धीकरण ९मनी लाउण्डरिङ० निवारण तथा व्यावसायिक वातावरण प्रवद्र्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयक र खाद्य स्वच्छता तथा गुणस्तर विधेयक रहेका छन् । प्रतिनिधिसभाको यसै अधिवेशनले विमस्टेक बडापत्र पनि अनुमोदन गरेको छ ।

    यो अधिवेशनमा प्रतिनिधि सभामा पाँच वटा विधेयक दर्ता भएका थिए । पहिलो र दोस्रो अधिवेशनमा राष्ट्रिय सभाबाट पारित भएर कुल आठ वटा विधेयक प्रतिनिधिसभामा आएका थिए । तीमध्ये तीन वटा विधेयक प्रतिनिधिसभाको चालु अधिवेशनबाट पारित भएका हुन् ।

    Post Views: 214
    प्रकाशित मिति: २०८१ बैशाख ३, सोमबार ०५:५०
    Advertisement
    संबन्धित शिर्षकहरु
    के नेपालका सबै नदि किनाराका बस्ती जोखिमपुर्ण हुन ?
    ब्रिक्स सम्मेलन : विश्व अर्थतन्त्र र भू–राजनीतिक तनावबीच सहकार्यको खोजी
    संकटको बेलामा मात्रै सम्झिने कान्ति लोकपथ
    Advertisement
    ताजा अपडेट
    • १. के नेपालका सबै नदि किनाराका बस्ती जोखिमपुर्ण हुन ?

    • २. ब्रिक्स सम्मेलन : विश्व अर्थतन्त्र र भू–राजनीतिक तनावबीच सहकार्यको खोजी

    • ३. संकटको बेलामा मात्रै सम्झिने कान्ति लोकपथ

    • ४. छिमेकमा ब्रिक्स सम्मेलन, नेपाल बेखबर ! भारतले नेपाललाई किन बोलाएन कूटनीतिक प्रश्न ?

    • ५. जलवायु परिवर्तनबारे राष्ट्र संघले औँल्याएको चेतावनी

    चर्चित
    • १. भोटकोशी बाढी पीडितको नाममा दर्जनौं अभियानः कसले कति उठाए, पैसा कहाँ पुग्दैछ?

    • २. अमेरिकामा रहेका नेपालीका लागि टिपिएस माग गदै होमल्याण्ड सेक्युरिटीमा कंग्रेसम्यानको पत्र

    • ३. नेपालका लागि अमेरिकी नयाँ कार्यवाहक राजदूतमा मेगन बोल्डिन

    • ४. एनआरएन नाइजेरिया र घानाबाट ७७ लाख बाढी पीडितलाई सहयोग हस्तान्तरण

    • ५. प्रधानमन्त्री शाह र परराष्ट्रमन्त्री खनाल राष्ट्रसंघको महासभामा सहभागी हुन अमेरिका जाने तय

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.