• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

सानिमा समूहले निर्माण गरेको सबैभन्दा ठूलो मध्य–तमोरबाट विद्युत् परीक्षण उत्पादन

  •  
  • २०८१ बैशाख ४, मंगलवार ०६:४६ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडाैँ । जलविद्युत् विकासको क्षेत्रमा आफ्नो अलग्गै प्रतिष्ठा स्थापित गरेको सानिमा समूह अन्तर्गत निर्माण भएको ७३ मेगावाटको मध्य–तमोर जलविद्युत् आयोजनाबाट विद्युत् उत्पादन सुरु भएको छ । उत्पादित विद्युत् २२० केभी कोसी कोरिडोर प्रसारण लाइनमा प्रवाह भएको छ ।

    विद्युत् उत्पादन भएको औपचारिक जानकारी दिन नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ शुक्रबार आयोजनास्थल पुगेका थिए । सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेड प्रवर्द्धक रहेको आयोजनाबाट विद्युत् उत्पादन सुरु भए पनि उसले १५ दिन प्राधिकरणलाई निशुल्क बिजुली दिनुपर्छ । त्यसपछि मात्रै उसले व्यावसायिक उत्पादन गर्ने अनुमति पाउँछ ।

    चार वटा टर्बाइनमध्ये एउटाबाट उत्पादित विद्युत् तेह्रथुमको वसन्तपुरस्थित कोसी करिडोरमा जोडिएको आयोजनाले जानकारी दिएको छ । मध्य–तमोर प्रणालीमा जोडिएसँगै देशको कुल विद्युत् जडित क्षमता ३ हजार ३ सय मेगावाट पुगेको घिसिङले जानकारी दिएका थिए ।

    कम्पनीका अनुसार नदीको प्रवाहमा आधारित (आरओआर) आयोजना भएको हुँदा सुक्खायाममा  २५ देखि ३० मेगावाटसम्म विद्युत् उत्पादन हुनेछ । फुङलिङ नगरपालिकास्थित फुरुम्बूको मित्लुङ नजिक ५० मिटर लामो र ११ मिटर अग्लो बाँध निर्माण गरी ३४०० मिटर लामो सुरुङबाट खोक्लिङको थुम्बाबेँसीमा निर्मित विद्युत्गृहमा जल प्रवाह गरी बिजुली निकालिएको छ ।

    सानिमा समूहले यसअघि सिन्धुपाल्चोकमा २.६ मेगावाटको सुनकोसी साना जलविद्युत्, इलाममा २२ मेगावाटको सानिमा माई, ७ मेगावाटको सानिमा माई क्यासकेड, रसुवामा १४.३ मेगावाटको माथिल्लो मैलुङ र रामेछापमा २८.१ मेगावाटको तल्लो लिखु जलविद्युत् आयोजना निर्माण गरी सञ्चालनमा ल्याइसकेको छ । यस्तै, दोलखामा ५६ मेगावाटको जुम खोला निर्माण गरिरहेको छ ।

    from urjakhabar

    Post Views: 166
    प्रकाशित मिति: २०८१ बैशाख ४, मंगलवार ०६:४६
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    इजरायलले माग्यो २३ सय नेपाली साढे ३ लाख तलब , यस्तो छ छनौटका लागि योग्यता !
    इरान–अमेरिका युद्धविराम थप ६० दिन विस्तार
    अन्नपुर्ण मिडियाका महाप्रबन्धक बस्नेत सफोल्क काउन्टी अमेरिकाद्धारा सम्मानित
    Advertisement
    ताजा अपडेट
    • १. इजरायलले माग्यो २३ सय नेपाली साढे ३ लाख तलब , यस्तो छ छनौटका लागि योग्यता !

    • २. इरान–अमेरिका युद्धविराम थप ६० दिन विस्तार

    • ३. अन्नपुर्ण मिडियाका महाप्रबन्धक बस्नेत सफोल्क काउन्टी अमेरिकाद्धारा सम्मानित

    • ४. अमेरिकाको सान फ्रान्सिस्कोस्थित महावाणिज्य दूतावाससहित र ६ कुटनीतिक नियोगहरु खारेज

    • ५. क्यानडा सरकारद्धारा मे २९ लाई नेपाल हेरिटेज डे मनाउने घोषणा

    चर्चित
    • १. अन्नपुर्ण मिडियाका महाप्रबन्धक बस्नेत सफोल्क काउन्टी अमेरिकाद्धारा सम्मानित

    • २. मानव अधिकार आयोगको प्रतिवेदनलाई किन दिइन्छ अन्तर्राष्ट्रिय मान्यता ?

    • ३. प्रधानमन्त्रिद्धारा युरोपेली संघ गैरआवासीय राजदूतसंग भेटघाट हुँदै, पार्टी सभापति लामीछानेको भारत भ्रमणबारे सरकार बेखबर ?

    • ४. अमेरिकी नागरिक विदेशी राजनीतिक दलसँग आबद्ध हुँदा लाग्ने ‘फारा’ कानुन के हो ?

    • ५. क्यानडा सरकारद्धारा मे २९ लाई नेपाल हेरिटेज डे मनाउने घोषणा

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.