• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

अमेरिकी राष्ट्रपति र उपराष्ट्रपतिले सार्वजनिक गरे आफ्नो एक बर्षको आम्दानी

  •  
  • २०८१ बैशाख ६, बिहीबार ०४:३७ प्रकाशित
    • अ-
    • अ
    • अ+

     

    हरेक मानिसलाई लाग्न सक्दछ की संसारकै पावरफुल व्यक्ति अमेरिकी राष्ट्रपतिले कति पैसा कमाउलान ? संसारभरीबाट अमेरिकालाई हेर्ने र सोच्ने व्यक्तिको जिज्ञासा स्वाभाविक पनि हो । संसारका ठुला र पावरफुल भनिएकाहरु प्रायजसो पारदर्शी हुँदैनन त्यसमा पनि राजनीतज्ञहरु अपारदशी हुन्छ भन्ने भाष्य सामान्य हो । उनिहरुका आय विवरण प्राय गुपचाुप राखिन्छ तर अमेरिकी राष्ट्रपति जो बाईडेन त्यस्ता नेता हुन उनि हरेक बर्ष आफ्नो आम्दानी सार्वजनिक गर्दछन , चाहे उनि पदमा होस वा नहोस विगत २६ बर्षदेखि उनले आफ्नो विवरण सार्वजनिक गर्दै आएका छन । राष्ट्रपति बाईडेनले यस बर्ष पनि आफ्नो आफ्नो ट्याक्स फाइलको कागजात सार्वजनिक गरेका छन् । ट्याक्स फाइल गर्ने अन्तिम मितिमा जारी गरेको संयुक्त ट्याक्स रिटर्न अनुसार बाइडेन दम्पत्तिले सन् २०२३ मा ६ लाख १९ हजार ९ सय ७६ डलर कमाएका छन् भने संघीय करबापत १ लाख ४६ हजार ६ सय २९ डलर तिरेका छन् । दम्पत्तिले २३ दशमलव ७ प्रतिशत संघीय कर दर भुक्तान गरेका छन् । त्यो आम्दानी बाईडेन दम्पतिको हो । त्यहि अमेरिकामा पुर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले कहिल्यै पनि यस्ता विवरण सार्वजनिक गर्दैनन ।


    पूर्व राष्ट्रपतिहरु सबैले आफ्नो ट्याक्स फाईल सार्वजनिक गर्ने परम्परा रहँदै आएकोमा डोनाल्ड ट्रम्पले भने ट्याक्स फाइलका कागजातहरू सार्वजनिक गर्न अस्वीकार गरे । अमेरिकी जनतासँग पारदर्शी हुने आफ्नो प्रतिबद्धतालाई फेरि एक पटक देखाउँदै राष्ट्रपति बाइडेनले ट्याक्स फाइलका कागजात सार्वजनिक गरेको ह्वाइट हाउसले एक विज्ञप्तिमा बताएको छ । बाइडेन दम्पत्तिको आम्दानी सन् २०२२ को तुलनामा बढेको छ । उक्त बर्ष उनीहरुको आम्दानी ५ लाख ७९ हजार ५१४ डलर रहेको थियो । गत बर्षको तुलनामा उनिहरुले आफ्नो आम्दानी बढेको देखिन्छ । सन् २०२३ मा बाइडेनले राष्ट्रपतिको तलबका रुपमा ४ लाख डलर कमाएका छन् । जिल बाइडेनले नर्दन भर्जिनिया कम्युनिटी कलेजमा पढाएबापत ८५ हजार ९ सय ८५ डलर कमाएकी छिन् ।


    त्यसैगरी उपराष्ट्रपति कमला ह्यारिस र पति डग एमहोफले २०२३ मा संघीय आयकरमा ८८ हजार ५ सय ७० डलर तिरेको तथ्य सार्वजनिक गरेका छन । यो दम्पत्तिले सन् २०२३ मा ४ लाख ५० हजार २ सय ९९ डलर कमाएका थिए ।

     

     

    Post Views: 274
    प्रकाशित मिति: २०८१ बैशाख ६, बिहीबार ०४:३७
    Advertisement
    संबन्धित शिर्षकहरु
    के नेपालका सबै नदि किनाराका बस्ती जोखिमपुर्ण हुन ?
    ब्रिक्स सम्मेलन : विश्व अर्थतन्त्र र भू–राजनीतिक तनावबीच सहकार्यको खोजी
    संकटको बेलामा मात्रै सम्झिने कान्ति लोकपथ
    Advertisement
    ताजा अपडेट
    • १. के नेपालका सबै नदि किनाराका बस्ती जोखिमपुर्ण हुन ?

    • २. ब्रिक्स सम्मेलन : विश्व अर्थतन्त्र र भू–राजनीतिक तनावबीच सहकार्यको खोजी

    • ३. संकटको बेलामा मात्रै सम्झिने कान्ति लोकपथ

    • ४. छिमेकमा ब्रिक्स सम्मेलन, नेपाल बेखबर ! भारतले नेपाललाई किन बोलाएन कूटनीतिक प्रश्न ?

    • ५. जलवायु परिवर्तनबारे राष्ट्र संघले औँल्याएको चेतावनी

    चर्चित
    • १. भोटकोशी बाढी पीडितको नाममा दर्जनौं अभियानः कसले कति उठाए, पैसा कहाँ पुग्दैछ?

    • २. अमेरिकामा रहेका नेपालीका लागि टिपिएस माग गदै होमल्याण्ड सेक्युरिटीमा कंग्रेसम्यानको पत्र

    • ३. नेपालका लागि अमेरिकी नयाँ कार्यवाहक राजदूतमा मेगन बोल्डिन

    • ४. एनआरएन नाइजेरिया र घानाबाट ७७ लाख बाढी पीडितलाई सहयोग हस्तान्तरण

    • ५. प्रधानमन्त्री शाह र परराष्ट्रमन्त्री खनाल राष्ट्रसंघको महासभामा सहभागी हुन अमेरिका जाने तय

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.