• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

यूक्रेन र इजराइलका लागि अर्बौको राहत प्याकेज अमेरिकी संसदबाट पारित

  •  
  • २०८१ बैशाख १०, सोमबार ०१:३८ प्रकाशित
    • अ-
    • अ
    • अ+

    अमेरिकाको हाउस अफ रिप्रेजेन्टेटिभ्समा यूक्रेनको सहयोगका लागि ६१ अर्ब डलरको राहत प्याकेजसम्बन्धी प्रस्ताव पारित भएको छ।

    बीबीसीका अनुसार यूक्रेनको मद्दतसँग सम्बन्धित उक्त प्रस्तावको पक्षमा ३११ मत खसे भने ११२ मत विपक्षमा खसे।

    पारित भएको उक्त प्रस्ताव अब अमेरिकी सीनेटमा लगिने छ। आगामी केही दिनमा सिनेटबाट पनि उक्त प्रस्ताव पारित हुने अपेक्षा गरिएको छ।

    सीनेटबाट पारित भएपछि अमेरिकी राष्ट्रपति जो बाइडनले हस्ताक्षर गर्दै त्यसलाई कानूनी मान्यता दिनेछन्।

    उक्त प्रस्तावमा इजराइललाई पनि झन्डै २६ बिलियन डलरको सैन्य सहयोग दिइएको छ।

    अमेरिकाको प्रतिनिधि सभाले युक्रेनलाई ६० अर्ब डलरभन्दा बढी सहायता दिने विधेयक शनिबार पास गर्‍यो। योसँगै रूससँगको युद्धमा हतियारको अभाव खेपिरहेको युक्रेनलाई राहत भएको छ।

    सदनको स्पष्ट बहुमत लामो समयदेखि युक्रेनलाई सहायता दिन तयार थियो। तैपनि रिपब्लिकन पार्टीका राष्ट्रपतीय उम्मेदवार डोनाल्ड ट्रम्पले सभामुख बनाएका माइक जोनसनले यो सहायता रोकिरहेका थिए।

    शनिबार भने अन्ततः जोनसनले आफ्नो पद नै दाउमा राखेर सो विधेयक सदनमा निर्णयार्थ प्रस्तुत गरे। बहुमत रिपब्लिकन सांसदले विपक्षमा भोट हाले पनि डेमोक्रयाट्सको समर्थनमा सो विधेयक पास भयो।

    डेमोक्रयाटिक पार्टीको बहुमत रहेको सिनेटबाट यो पास भएर राष्ट्रपति जो बाइडेनले हस्ताक्षर गरेपछि युक्रेनलाई अमेरिकी सहायता फेरि सुरु हुनेछ।

    विधेयक पास हुनेबित्तिकै युक्रेनी राष्ट्रपति भ्लोदोमिर जेलेन्सकीले दुवै दललाई र व्यक्तिगत रूपमा सभामुख माइक जोनसनलाई धन्यवाद दिए। उता रूसले भने यसले द्वन्द्वमा अझ धेरै विध्वंश हुने र थप मान्छे मारिने बताएको छ।

    द गार्डियनका अनुसार अमेरिकाले दिने ६०.७ अर्ब डलरमध्ये २३ अर्ब डलरबाट अमेरिकाले युक्रेनलाई हतियार दिएपछि कम भएको आफ्नो भण्डारमा फेरि हतियार थप्नेछ। त्यस्तै १४ अर्ब डलर बराबरको अत्याधुनिक हतियार अमेरिकी रक्षा मन्त्रालयले आफैं किनेर युक्रेनलाई दिनेछ। ११ अर्ब डलर जति युरोपमा अमेरिकी सेना र गुप्तचर परिचालन गर्न खर्च हुनेछ। लगभग ८ अर्ब डलर चाहिँ गैरसैनिक सहायतामा खर्च हुनेछ।

    Post Views: 102
    प्रकाशित मिति: २०८१ बैशाख १०, सोमबार ०१:३८
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    खाडीका २० लाख नेपाली प्रभावित  !
    यसकारण स्वतन्त्र पार्टीको दुई तिहाई आए पनि सविधान संशोधन असंभव !
    कार्की आयोगको प्रतिवेदनलाई काउन्टर दिने मानव अधिकार आयोगको प्रतिवेदन आउँदै !
    Advertisement
    ताजा अपडेट
    • १. खाडीका २० लाख नेपाली प्रभावित  !

    • २. यसकारण स्वतन्त्र पार्टीको दुई तिहाई आए पनि सविधान संशोधन असंभव !

    • ३. कार्की आयोगको प्रतिवेदनलाई काउन्टर दिने मानव अधिकार आयोगको प्रतिवेदन आउँदै !

    • ४. जाँचबुझ आयोगको प्रतिवेदन आईतबार प्रधानमन्त्रीलाई बुझाइने तयारी

    • ५. निर्वाचनमा करिब ६० प्रतिशत मत खस्यो

    चर्चित
    • १. भविश्यवाणी गरेको आरोपमा ज्योतिषी रुद्रनाथ अधिकारी गिरफ्तार

    • २. १५ जिल्लाको ६१ स्थानबाट सेनाको हेलिकप्टरले मतपेटिका संकलन गर्ने, दलका प्रतिनिधि अनिवार्य रहने 

    • ३. प्रतिनिधि सभा निर्वाचनको मतदान शुरु

    • ४. जेनजी परिषद् गठनः परिषदको कार्यक्षेत्र र अधिकार यस्तो छ ?

    • ५. यसकारण स्वतन्त्र पार्टीको दुई तिहाई आए पनि सविधान संशोधन असंभव !

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.