• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

रालेमा आठौ नेपाल डे भव्य रुपमा सम्पन्न

  •  
  • २०८१ बैशाख १०, सोमबार ०५:४४ प्रकाशित
    • अ-
    • अ
    • अ+

    कृष्णराज खनाल
    राले, नर्थ क्यारोलिनाको मोरिसभिलमा शनिवार आठौ नेपाल डे भव्य रुपमा सम्पन्न भएको छ । नेपाल र अमेरिकाको राष्ट्रिय गानपछि सुरु भएको कार्यक्रमा सहभागी हुन यस भेगका मानिसहरु उत्साहपूर्वक ओइरिएका थिए । राले वरपर बसोवास गर्ने नेपालीहरुको साझा संस्था नेपाल सेन्टर अफ नर्थ क्यारोलिना -एनसीएनसी) ले विगतको वर्षझै यस वर्ष पनि नेपाल डे मनाएको हो । नेपाल डे औपचारिक रुपमा प्रत्येक वर्ष अपि्रल महिनाको तेस्रो शनिवार मनाइने घोषणा भए बमोजिम यस वर्ष अपि्रल २० शनिवारका दिन नेपालीहरुको बाक्लो बसोवास रहेको स्थान मोरिसभिलमा सो कार्यक्रम भव्य रुपमा आयोजना भएको हो । कार्यक्रमको नर्थ क्यारोलिना तल्लो सदनकी सदस्य या लिउ, वेक काउन्टीका कमिस्नर, मोरिसभिल, केरी र एपेक्स टाउनका प्रतिनिधिहरुले संयुक्त रुपमा कार्यक्रमको उद्घाटन गरेका थिए । सो अवसरमा करिब एक हजार मानिसहरुको उपस्थिति रहेेको थियो ।

    कार्यक्रममा नर्थ क्यारोलिना सरकारका उच्च पदस्थ कर्मचारीहरु, मोरिसभिल, केरी, एपेक्स र राले क्षेत्र वरपरका टाउन पदाधिकारीहरु पनि मार्चपासमा सहभागी भई औपचारिक सभाबाट नेपाल डेको सफलताको कामना मात्र कामना मात्र गरेनन्, नेपाल र नेपालीको खुलेरै प्रशंसा पनि गरेका थिए । उनीहरुले नेपालीहरुले मोरिसभिल वरपर क्षेत्रको साास्कृतिक, समाजिक र आर्थिक उन्नतिमा ठूलो योगदान दिएको स्मरण गर्दै समुदायमा यसले ठूलो सकारात्मक सन्देश पुर्याएको बताएका थिए ।उनीहरुले नेपालीहरुले दोस्रो विश्वयुद्धमा पुर्याएको गर्विलो योगदानको पनि स्मरण गदर्ैै नेपाली कला र संस्कृतिको उन्नयन संरक्षणमा लागेकोमा खुसी पनि व्यक्त गरेका थिए । उनिहरुले नेपाली नया वर्षले नेपालीहरुमा खुसी र समृद्ध आओस् भन्ने कामना पनि गरेका थिए । कार्यक्रममा मन्तव्य दिनेहरुमा आयुग एण्ड निकोले, आर्नो जिगरम्यान,डन मियल, प्रोटेम सतिश गरिमेला, मारिया सेरभानिया र या लु सेरभानिया रहेका थिए ।

    उक्त अवसरमा अमेरिकाका लागि नेपाली राजदूत श्रीधर खत्रीको शुभकामना सन्देश पनि पढेर सुनाइएको थियो । शेर्पा लोक नृत्य सिलि स्वागत नृत्यबाट शुरु कार्यक्रममा नेपालको मौलिक संस्कृति झल्कने विभिन्न सस्कृतिक कार्यक्रमहरु प्रस्तुत भएका थिए । कार्यक्रमको अन्तमा गायक हेमन्त शर्मा र दाइभाई सांगितिक समुहले नेपाली गीतहरु प्रस्तुत गरेका थिए ।
    नेपाल डे का अवसरमा नेपाली खानाको अधिक परिकार, नेपाली पोशाक, धर्म दर्शन, साास्कृतिक र पुरातात्विक महत्वका स्थान र महत्व आदि झल्काउने जस्ता विविध स्टलहरु स्थापना गरिएको थियो । त्यसैगरी बालबालिकाका लागि वाउन्सी हाउस, स्लाइड आदि राखिएको थियो भने आम मानिसहरुका लागि सांस्कृतिक कार्यक्रम, डिजे र व्याण्ड समावेश गरिएको थियो । जसमा स्थानीय कलाकारहरु वसन्त खड्का, श्याम लामिछाने, ऐश्वर्या तिवारी, मुकेश अधिकारी, सञ्जीप खनालका अतिरिक्त नेपालबाट आउनुभएका गायक हेमन्त शर्माले पनि आफ्नो जोडदार प्रस्तुति दिएका थिए ।

    कार्यक्रममा यहां सञ्चालनमा रहेको नेपाली स्कुलका भाइबहिनीहरुले मै छोरी सुन्दरीदेखि डम्फुमा सेलो, आँखैमा राख्छु मेरो देश, घिन्तांग, वारी जमुना पारी जमुना, कौरा नृत्य, लेकका हामी केटाकेटी, गुराासै फुल्यो बनैमा, काले केटाले, माइती घर, कैले फूल बनी जस्ता गीत र नृत्यले माहोल तताएको थियो भने दाइभाइको लाइभ व्याण्डले दर्शकदीर्घालाई तानेको थियो ।
    सो अवसरमा राफल चिठ्ठा र रक्तदान कार्यक्रम पनि राखिएको थियो । मम, सेल रोटी र आइसक्रिमको स्टलमा मानिसहरु झुम्मिएका थिए । संस्थाकी महासचिव कल्पना भण्डारी र सदस्य निभिता शर्माले पहिलो चरणको कार्यक्रम सञ्चालन गरेकी थिइन भने दोस्रो सत्र भने गितिका पराजुली, अजय शर्मा, पि्रयांशु नेपाल र सम्यम लामिछानेले सञ्चालन गरेकी थिइन ।

    नेपाल परेड डे आयोजक समितिका अध्यक्ष विक्रम गौतमले कार्यक्रममा स्वागत मन्तव्य दिएका थिए भने युवाका तर्फबाट विशेष्ट थापाले मन्तव्य राखेका थिए । संस्थाका उपाध्यक्ष नारायण लुइटेलले संक्षिप्त प्रतिक्रिया दिदै आगामी वर्षमा युवा र बालबालिका केन्दि्रत कार्यक्रमलाई अझ अगाडि बढाउादै लगिने जानकारी दिएका छन । संस्थाका अध्यक्ष विकास शाक्यको अध्यक्षतामा सम्पन्न सो कार्यक्रमपछि शाक्यले आयोजक, सहभागीहरु, चन्दादाता, अतिथि, स्वयंसेवी र कार्यक्रम सफल पार्न योगदान पुर्याउने सबैलाई धन्यवाद ज्ञापन गरेका थिए । विदेशमा नेपाली संस्कृति, परम्परा र रीतिरिवाजको जगेर्ना र उत्थानका लागि सक्रिय रहेको एनसीएनसी गैर नाफामूलक संस्था हो । यसले स्थानीय रुपमा नेपालीहरुलाई विदेशमा चिनाउन ठूलो योगदान दिएको छ ।

    Post Views: 127
    प्रकाशित मिति: २०८१ बैशाख १०, सोमबार ०५:४४
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    “चिकेन नेक” दक्षिण एसियाको रणनीतिक सन्तुलन र भारतका लागि सदैव संवेदनशिल किन ?
    राजनीतिक दलहरूका नाममा आयोगको ६३ बुँदे निर्देशन
    एक करोड ९१ लाख मतपत्र छापियो, करिब १२ लाख बाँकी
    Advertisement
    ताजा अपडेट
    • १. “चिकेन नेक” दक्षिण एसियाको रणनीतिक सन्तुलन र भारतका लागि सदैव संवेदनशिल किन ?

    • २. राजनीतिक दलहरूका नाममा आयोगको ६३ बुँदे निर्देशन

    • ३. एक करोड ९१ लाख मतपत्र छापियो, करिब १२ लाख बाँकी

    • ४. ‘भ्वाइस अफ नेपाल’ सिजन ७ को उपाधि नीताकुमारी थापालाई

    • ५. नेपाली चुनावमा अमेरिकी सिनेटरको चासो, प्रजातान्त्रिक प्रक्रियाबाट शान्ति कायम गर्न आग्रह

    चर्चित
    • १. यूरोपेली मुलुक ग्रीसमा अमेरिकी नागरिकका लागि गोल्डन कार्ड प्रणाली लागु

    • २. अमेरिकामा टीपीएस खारेजलाई अदालतद्धारा सदर गरेपछि साँढे ७ हजार नेपाली प्रभावित

    • ३. काठमाडौं पुगे चीनका नयाँ राजदूत झाङ माओमिङ

    • ४. ‘भ्वाइस अफ नेपाल’ सिजन ७ को उपाधि नीताकुमारी थापालाई

    • ५. नेपाली चुनावमा अमेरिकी सिनेटरको चासो, प्रजातान्त्रिक प्रक्रियाबाट शान्ति कायम गर्न आग्रह

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.