• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

सहकारीको १६ करोड ठगीमा राप्रपाका संसाद बस्नेतविरुद्ध पक्राउ पुर्जी जारी

  •  
  • २०८१ बैशाख १९, बुधबार ०७:०७ प्रकाशित
    • अ-
    • अ
    • अ+

     

    सहकारी ठगीको श्रृखला राष्ट्रिय स्वतन्त्र पार्टीका सबैजसो नेताहरुको कहिं न कहिं संलग्नता देखिएको बेला अकौ राप्रपाका संसादको पनि संलग्नता भेटिएको छ । नवलपुरको छिपछिपे सहकारी ठगी प्रकरणमा राप्रपा सांसद गीता बस्नेतलाई पक्राउ पुर्जी जारी भएको छ । छिपछिपे सहकारीको रकम हिनामिना पार्ने काम गरेको भन्दै उजुरीका आधारमा प्रहरीले पक्राउ गर्न लागेको हो । राप्रपा सांसद बस्नेतसहित केही जनालाई पक्राउ पुर्जी जारी गरिएको प्रहरी स्रोतले जनाएको छ । संघीय संसद सचिवालयको अनुमति लिएर पक्राउ गर्नुपर्ने भएकाले प्रक्रियामा गएको प्रहरीको भनाइ छ ।

    राप्रपा सांसद बस्नेतको समेत संलग्नतामा नवलपुरसहित बुटवल र बर्दियामासमेत गरी सहकारीको रकम ठगी भएको प्रहरीले जनाएको छ । बस्नेतमाथि संगठित अपराधमा पनि अनुसन्धान भइरहेको छ । कावासोतीमा रहेको छिपछिपे सहकारीको १६ करोड ६९ लाख रकम हिनामिना गर्ने मुख्य योजनाकार रहेका योगेन्द्र पाण्डे र नगेन्द्रबहादुर रिमालसँगको अवैध कारोबार र संलग्नता देखिएपछि प्रहरीले पक्राउ गर्ने तयारी गरेको छ । सहकारी ठगी प्रकरण ७ जनालाई पक्राउ गरी अनुसन्धान अगाडि बढाएका छौं । अन्य अनुसन्धान पनि अगाडि बढिरहेको छ,’ नवलपुरका एसपी नरहरि रेग्मीले भने ।
    सञ्चालक योगेन्द्र पाण्डे, नगेन्द्रबहादुर रिमाल, विकास सापकोट, कृष्ण ज्ञवाली, सञ्जीवकुमार महतोलगायत पक्राउ परिसकेको एसपी रेग्मीले जानकारी दिए ।

    प्रहरी कार्यालय कावासोती र वित्तीय विश्लेषक तथा छानबिनकर्ता निर्मल गौतमले अनुसन्धान गरेको छानबिन प्रतिवेदनले सांसद बस्नेतको संरक्षणमा रकम हिनामिना गरेको तथ्य खुलेको थियो । राप्रपा सांसद बस्नेतलाई वैशाख १४ गते पक्राउका लागि अनुमति लिइएकोमा हालसम्म उनी फरार रहेकी छिन् ।
    सांसद बस्नेतले चितवनको सनसाइन सहकारीबाट २० करोड, बर्दियाको नमस्ते सहकारीबाट ७ करोड र नवलपुरको कावासोतीको छिपछिपे उपभोक्ता सहकारीबाट १ करोडभन्दा बढी उनका ज्वाई नगेन्द्रबहादुर रिमाल र उनीहरुका साथीमार्फत् रकम निकासी गरेको अनुसन्धानले देखाएको छ ।

    Post Views: 180
    प्रकाशित मिति: २०८१ बैशाख १९, बुधबार ०७:०७
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    मानव अधिकार आयोगको प्रतिवेदनलाई किन दिइन्छ अन्तर्राष्ट्रिय मान्यता ?
    सेनाले सिंहदरबार र राष्ट्रपति भवन जोगाउन सामान्य प्रयास समेत गरेन: मानवअधिकार आयोग प्रतिवेदन
    मानव अधिकार आयोगको निश्कर्षः अनुसन्धानको दायरामा रास्वपाका १७ सांसद को को हुन ?
    Advertisement
    ताजा अपडेट
    • १. मानव अधिकार आयोगको प्रतिवेदनलाई किन दिइन्छ अन्तर्राष्ट्रिय मान्यता ?

    • २. सेनाले सिंहदरबार र राष्ट्रपति भवन जोगाउन सामान्य प्रयास समेत गरेन: मानवअधिकार आयोग प्रतिवेदन

    • ३. मानव अधिकार आयोगको निश्कर्षः अनुसन्धानको दायरामा रास्वपाका १७ सांसद को को हुन ?

    • ४. अमेरिकी नागरिक विदेशी राजनीतिक दलसँग आबद्ध हुँदा लाग्ने ‘फारा’ कानुन के हो ?

    • ५. प्रधानमन्त्रिद्धारा युरोपेली संघ गैरआवासीय राजदूतसंग भेटघाट हुँदै, पार्टी सभापति लामीछानेको भारत भ्रमणबारे सरकार बेखबर ?

    चर्चित
    • १. नेपालस्थित अमेरिकी दूतावासमा कार्यरत अमेरिकी कुटनीतिज्ञ माईक हार्करद्धारा सगरमाथाको सफल आरोहण

    • २. अमेरिकामा ग्रीनकार्ड लिन चाहनेले आफ्नै देश फर्केर आवेदन दिनुपर्ने

    • ३. अमेरिका जान हिडेका हजारौ आप्रवासी किन मेक्सिकोमै रोकिए ?

    • ४. प्रधानमन्त्रिद्धारा युरोपेली संघ गैरआवासीय राजदूतसंग भेटघाट हुँदै, पार्टी सभापति लामीछानेको भारत भ्रमणबारे सरकार बेखबर ?

    • ५. १ अर्ब २० करोड मानिस मानसिक रोगीः अध्ययन

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.