• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

खुम्बुमा हिमताल फुट्यो, एक जना बेपत्ता, २० घर र विद्यालय पुरिए (भिडियोसहित)

  •  खबरमाला संवाददाता
  • २०८१ भाद्र १, शनिबार ०५:५३ प्रकाशित
    • अ-
    • अ
    • अ+

    जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाले सोलुखुम्बु जिल्लाको खुम्बु पासाङल्हामु गाउँपालिका–५ थामेमा बाढी आउनुको मुख्य कारण कुनै हिमताल बिस्फाेट भएको हुन सक्ने जनाएको छ । महाशाखाले दुधकोशी किनारका बासिन्दालाई सर्तकता अप्नाउन करिब डेढ लाख मोबाइलमा एसएमएस पठाइएको छ ।

    हिमताल फुटेपछि थामेको थामेखोला एक्कासि बाढी आएको घट्नाको प्रारम्भिक अध्ययन गर्दा थामे खोला जलाधारको माथिल्लो तटीय क्षेत्रमा साना ठूला गरी छवटा हिमताल, हिमपोखरी रहेको देखिन्छ । उक्त क्षेत्रको नजिक रहेको फोर्त्से केन्द्रमा विगत ७ दिनमा कुल ६५ मिली मिटर वर्षा मापन भएको छ । दैनिक औसत तापक्रममा क्रमिक वृद्धि भएका कारण सो बाढी आएको जनाइएको छ ।

    अहिले खुम्बु क्षेत्रमा पदयात्रा गर्ने सिजन नभएकाले थामे क्षेत्रमा मानिसहरुको चहलपहल पनि थिएन । जोखिममा रहेका ७ जनालाई भने नजिकै रहेको नेपाली सेनाको पोष्टको टोलीले उद्दार गरेको छ । एक जना भने सम्पर्कबिहीन छन् ।

    गाउँपालिकाका प्रवक्ता ल्हाक्पा छिरी शेर्पाका अनुसार बाढीले ७ वटा घर र ५ वटा होटल बगाएको छ । थामे आधारभूत विद्यालयको छात्राबास र एउटा क्लिनिकमा पनि पूर्ण क्षति पुगेको छ । थामेमा ५० भन्दा बढी घरहरु छन् । अधिकांश घरहरुमा बाढी पसेर धनमालको क्षति भएको छ ।

    बाढीले पुर्‍याएको क्षतिको एकिन विवरण आइसकेको छैन । तर एक अर्बभन्दा कम क्षति नभएको स्थानीय जनप्रतिनिधिहरुको अनुमान छ । video from Gorkhapatraonline

    Post Views: 435
    प्रकाशित मिति: २०८१ भाद्र १, शनिबार ०५:५३
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    द्वन्द्व र उत्पीडनका कारण ५४ लाख मानिसहरू शरणार्थी
    बेलायतका रक्षामन्त्री जोन हेलीले दिए राजीनामा
    पोर्चुगलमा मनाइयो ७३औं अन्तर्राष्ट्रिय सगरमाथा दिवस
    Advertisement
    ताजा अपडेट
    • १. द्वन्द्व र उत्पीडनका कारण ५४ लाख मानिसहरू शरणार्थी

    • २. बेलायतका रक्षामन्त्री जोन हेलीले दिए राजीनामा

    • ३. पोर्चुगलमा मनाइयो ७३औं अन्तर्राष्ट्रिय सगरमाथा दिवस

    • ४. मेटाको पहिलो एआई डाटा सेन्टर भारतमा खुल्ने

    • ५.  प्रिय भारतीय पर्यटक, संसार तपाईँको नृत्य गर्ने मञ्च होइन

    चर्चित
    • १. १३ राजदुत र स्थायी प्रतिनिधिका लागि झण्डै ३ हजार आवेदन

    • २. घले दम्पतीको दक्षिण एसियाकै पहिलो ‘लक्जरी कलेक्सन बाई म्यारिअट’ सन्चालनको अन्तिम चरणमा

    • ३. भारतमा शुरु भयो जेन्जी आन्दोलन, युवाहरुको सहभागीता कम

    • ४. विश्वकप फुटबलको २३औं संस्करण शुक्रबारदेखि शुरु

    • ५. बङ्गलादेशको एसियन युनिभर्सिटी फर वुमनको उपकुलपतिमा डा सङ्गीता रायमाझी

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.