• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

नेपालीद्धारा सन्चालित जेनेस सोलुसनको दशौं शाखा अफ्रिकामा शुरु

  •  
  • २०८१ कार्तिक ५, सोमबार ०७:१० प्रकाशित
    • अ-
    • अ
    • अ+

    बेलायतमा बसोबास गर्ने नेपाली मूलका एक गैरआवासिय नेपाली उद्यमीले नेतृत्व गरेको कम्पनीको शाखा एक अफ्रिकी मुलुकमा पनि विस्तार भएको छ । बेलायतमा मुख्यालय भएको सूचना प्रविधि सम्बन्धी सेवाप्रदायक परामर्शदाता कम्पनी जेनेस सलुशनले अफ्रिका महादेशको नाइजेरियामा आफ्नो कार्यालय खोलेको हो । दक्षिण पश्चिम इंग्ल्याण्डस्थित प्लिमथ शहरमा मुख्यालय रहेको जेनेस सलुशनका नेपाल, बंगलादेश, स्पेन, अमेरिका लगायत १० मुलुकमा कार्यालय छन्। उक्त कम्पनीले नाइजेरियामा आफ्नो दशौँ कार्यालय खोलेको हो।

    दक्षिण पश्चिम नाइजेरियास्थित लेगोस महानगरमा बुधबार आयोजित एक समारोहलाई सम्बोधन गर्दै नाइजेरियाका लागि बेलायतको व्यवसाय तथा व्यापार मन्त्रालयका राष्ट्रिय निर्देशक मार्क स्मिथसनले जेनेस सलुशनको अफ्रिका महादेशमा पहिलो कार्यालय खोल्नु खुशीको कुरा भएको बताएका छन । अफ्रिकाको सबैभन्दा ठूलो सूचना प्रविधि बजार मात्रै होइन, प्रविधि हबको रुपमा पनि उदाउँदै गरेको मुलुक नाइजेरियामा आफ्नो व्यवसाय विस्तार गर्न पाउँदा आफूहरु अत्यन्तै हर्षित भएको जेनेस सलुशनका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत अञ्जनी फुयाँलले बताएका छन ।

    ुसंसारकै क्लाउड सेवा प्रदायकहरुले उदाउँदा बजारहरुमा आफ्नो सेवा विस्तार गरिरहेको बेला हामीले पनि नाइजेरियामा आफ्नो प्रभावकारी उपस्थिति जनाउने निर्णय गरेका हौँ । नाइजेरिया सरकारले ल्याएको राष्ट्रिय डिजिटल अर्थतन्त्र नीतिले व्यापार व्यवसाय तथा लगानी भित्रयाउन सहज गरिदिएकाले पनि हामीले नाइजेरियामा सहकार्य र व्यवसाय वृद्धिको राम्रो सम्भावना देखेका छौुं, उनले भने। जेनेस सलुशनले नाइजेरियाका सरकारी तथा निजी कम्पनीहरुलाई डिजिटल रुपान्तरणका साथै क्लाउड सलुशन्स, साइबर सुरक्षा, डेटा परामर्श लगायतका सेवाहरु उपलब्ध गराउने बताइएको छ।

    एकजना नेपाली उद्यमीले नेतृत्व गरेको कम्पनी नाइजेरियामा स्थापना हुनु एउटा गौरवको कुरा हो। यसले नेपालीहरुको सीप र दक्षताका बारे बाँकी विश्वले थाहा पाउनुका साथै नेपाल सूचना प्रविधिको हबको रुपमा उदाउँदै छ भन्ने सन्देश पनि दिएको छु, नाइजेरियास्थित औद्योगिक प्रतिष्ठान डाङोटे ग्रुपका वरिष्ठ व्यवस्थापक तथा गैर आवासीय नेपाली संघका पूर्व कोषाध्यक्ष हिक्मत थापाले भने। थापाले जेनेस सलुशनको यो प्रगतिले नेपालका अन्य सूचनाप्रविधि उद्यमीहरुलाई पनि प्रोत्साहित गर्ने आशा व्यक्त गरे। यस अघि लन्डन, ढाका तथा नयाँ दिल्लीस्थित नेपाली दूतावासहरुले नेपाल सूचना प्रविधिको हबको रुपमा उदाउँदै गरेको जानकारी दिन आयोजना गरेका सेमिनारहरुमा जेनेस सलुशनले सहकार्य गरेको थियो।
    पछिल्ला दिनहरुमा जव गैरआवासिय नेपाली अभियान शुरु भयो त्यसपछि विश्वका विभिन्न मुलुकमा भएका नेपालीद्धारा सन्चालित यस्ता व्यापारिक कम्पनीहरुबीच एक अर्को महादेशमा विस्तार गर्न तथा विश्वका कुनै पनि देशहरुमा संभावना र चुनौति मुल्यांकन गर्दै शाखाहरु विस्तार गर्न सजिलो हुँदै आएको छ । गैरआवासिय नेपाली संघ अभियानको एउटा मुख्य विशेषता पनि त्यहि हो । जेनेस सोलुसन जस्ता अन्य थुप्रै कम्पनीहरु नेपालीद्धारा सन्चालनमा रहेका छन ।

     

    Post Views: 126
    प्रकाशित मिति: २०८१ कार्तिक ५, सोमबार ०७:१०
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बाढीपहिरोबाट भएको क्षतिमा ३ अर्ब ७८ लाखको बीमा दाबी
    अबैध आप्रबासन रोक्न युरोपको २९ देशमा डिजिटल सीमा व्यवस्थापन प्रणाली लागूः के हो डिजिटल सीमा व्यवस्थापन प्रणाली ?
    यसरी हुनसक्छ युवा व्यवस्थापन
    Advertisement
    ताजा अपडेट
    • १. बाढीपहिरोबाट भएको क्षतिमा ३ अर्ब ७८ लाखको बीमा दाबी

    • २. अबैध आप्रबासन रोक्न युरोपको २९ देशमा डिजिटल सीमा व्यवस्थापन प्रणाली लागूः के हो डिजिटल सीमा व्यवस्थापन प्रणाली ?

    • ३. यसरी हुनसक्छ युवा व्यवस्थापन

    • ४. क्यानडामा अन्तराष्ट्रिय विधार्थीमाथी कडाई, भारतीय विधार्थीको भिषामा उच्च गिरावट

    • ५. न्यूयोर्क मेयरमा माम्दानीको विजयपछि आप्रवासीलाई आईसको त्रास

    चर्चित
    • १. भोजपुर र सङ्खुवासभालाई जोड्ने अरूण नदीको लम्सुवाघाट पक्की पुल १५ वर्षसम्म किन बनेन ?

    • २. विदेशमा रहेका ७० लाख नेपाली मतदानबाट बन्चित गर्ने की मतदानको अधिकार दिने ?

    • ३. अमेरिकाको टेक्सासबाट चार दिनदेखि नेपाली विद्यार्थी वेपत्ता

    • ४. नेपाल फर्किन टिकट काटेका ११ राजदुतहरु सर्वोच्चको आदेशपछि रोकिए

    • ५. दैनिक एक हजार थान राहदानी उपलब्ध गराइने

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.