• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

राष्ट्रपति ट्रम्पको कडाईपछि ६९ हजार भारतीय विधार्थीको भविश्य अन्यौलमा

  •  
  • २०८१ फाल्गुन ३, शनिबार ०७:१७ प्रकाशित
    • अ-
    • अ
    • अ+

    अमेरिकामा रहेका भारतीय विद्यार्थीहरू र विभिन्न पेशामा रहेका वैकल्पिक व्यावहारिक प्रशिक्षण (ओपिटी) कार्यक्रममा सम्भावित प्रतिबन्धहरूबारे भविश्य खतरामा परेका छन । २०२२–२०२३ शैक्षिक वर्षमा करिब ६९ हजार भारतीय विद्यार्थीहरू ओपिटीमा सहभागी भएका थिए । यद्यपि, राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिअन्तर्गत यी कार्यक्रमहरूको भविष्य जोखिममा परेको हो । यो कार्यक्रम काम अनुभव प्राप्त गर्न र एच–१ वि भिसामा रूपान्तरण हुनका लागि महत्वपूर्ण विशेष मार्ग हो तर पछिल्ला राजनीतिक बहसहरूले यस कार्यक्रमलाई अमेरिकी श्रमिकहरूका लागि अन्यायपूर्ण भएको भन्दै विवाद उठेपछि हजारौं भारतीय विद्यार्थीहरूलाई आफ्नो रोजगारीका सम्भावनाहरू प्रति अन्यौलमा पारेको छ ।

    ट्रम्पको अपेक्षित जन्मसिद्ध नागरिकताको प्रतिबन्धले भारतीय एच १ वि भिसा भएकाहरुलाई कानुनी डरमा पारेको छ । भारतबाट मात्रै एच १वि भिसा क्षेत्रमा २०२२–२३ मा जारी भएका ७२% भन्दा बढी भारतीयहरू रहेका थिए ।

    ओपिटीले विद्यार्थीहरूलाई स्नातक हुनु अघि वा पछि अमेरिकामा काम गर्न अनुमति दिन्छ । यो १२ महिनाको काम अनुमति प्रदान गर्छ, जबकि केहि म्याथ र साईन्स विषयका विद्यार्थीहरूले थप २४ महिनाको विस्तार पाउन सक्छन्, जसले गर्दा कुल अवधि ३६ महिना पुग्छ । जनवरी २२, २०२५ मा अमेरिकी हाउस न्यायिक समितिको सुनुवाइमा, नीति अध्ययन निर्देशक जेसिका एम. भॉनले ओपीटी र सिपिटीलाई अमेरिकी कांग्रेसबाट अनुमोदन नभएको तथा नक्कली प्रमाणपत्रहरूमार्फत गलत तरिकाले काम गर्ने अनुमति प्रदान गर्ने आरोप लागेपछि उनले भनिन्, “यी कार्यक्रमहरू हटाइनु वा निकै कडा नियमन गरिनु पर्ने बताएकी थिइन ।

    उनका अनुसार, यी कार्यक्रमहरूले अमेरिकामा सबैभन्दा ठूलो अतिथि श्रमिक समूह सिर्जना गरेका छन्, जहाँ ५ लाख ४० हजार पूर्वविद्यार्थीहरू उचित नियमन बिना नै कार्यरत छन् । ठगी र सुरक्षा जोखिमहरूले पनि यस विवादलाई चर्काएको छ । सन् २०१६ मा, अमेरिकी सरकारले नक्कली तरिकाले सिपिटी प्रयोग गर्ने विद्यार्थीहरू पत्ता लगाउने अभियान चलाएको थियो ।

    तथ्यांक हेर्दा ओपिटीको प्रभाव ठूलो देखिन्छ । आर्थिक वर्ष २०२३ मा, ५ लाख ३९ हजार ३८२ विदेशी विद्यार्थीहरूले काम गरेका बताईन्छ । एफ १ वि भिसा जस्तो वार्षिक सीमा नभएको हुँदा, २ लाख ७६ हजा ४५२ विद्यार्थीहरू ओपिटीमा, १ लाख २२ हजार १०१ विद्यार्थीहरू एसटिई सिपिटी मा, र १ लाख ४० हजार ८२९ विद्यार्थीहरू सिपिटी अन्तर्गत काम गरिरहेका थिए ।

    प्रस्तावित परिवर्तनहरूले यी कार्यक्रमहरूलाई थप कडा बनाउन सक्छन् । भिसासम्बन्धी कागजात जारी गर्ने विद्यालयहरूको नियमनलाई कडा बनाउन थालेपछि उच्च ओभरस्टे दर भएका विद्यालयहरूको मान्यता खारेज गर्नुपर्ने प्रस्ताव अघि सारिएको छ । यो नियमले केवल अन्तर्राष्ट्रिय विद्यार्थीहरूको सख्या आगामी बर्षहरुमा घटाउने संभावना देखिन्छ । जवकी अमेरिकामा अन्तर्राष्ट्रिय विद्यार्थीहरू अमेरिकी अर्थतन्त्रमा अर्बौं डलरको योगदान गर्छन् भने ३ लाख भन्दा बढी रोजगारी निर्माण गर्ने गरिएको तथ्यांक छ ।

    Post Views: 185
    प्रकाशित मिति: २०८१ फाल्गुन ३, शनिबार ०७:१७
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    दक्षिण–पूर्व एसियाबाट ६१२ नेपाली उद्धार, कम्बोडियामा नेपाली अपराध मुद्दामा पक्राउ
    अवसर र चुनौतीबीच युरोपतर्फ बढ्दो नेपाली आप्रवासन
    टोरन्टोमा पहिचान सहितको ‘नेपाली हेरिटेज वीक’ घोषणा
    Advertisement
    ताजा अपडेट
    • १. ह्वाइट हाउस संवाददाताको रात्रिभोजमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो

    • २. दक्षिण–पूर्व एसियाबाट ६१२ नेपाली उद्धार, कम्बोडियामा नेपाली अपराध मुद्दामा पक्राउ

    • ३. अवसर र चुनौतीबीच युरोपतर्फ बढ्दो नेपाली आप्रवासन

    • ४. एनआरएन अधिकार संकुचित गर्ने प्रस्तावित विधेयकप्रति प्रवासी नेपालीको चिन्ता

    • ५. टोरन्टोमा पहिचान सहितको ‘नेपाली हेरिटेज वीक’ घोषणा

    चर्चित
    • १. टर्कीद्धारा नेपालमा दूतावास खोल्ने विषय भारतका लागि किन समस्या ?

    • २. क्यानडा विदेशी विद्यार्थीका लागि आकर्षक गन्तव्य बन्दैः पढाई पुरा गरेपछि सजिलै पिआर पाउने

    • ३. संयुक्त राष्ट्रसङ्घ महासचिवको दौडमा को को हुन प्रतिस्पर्धी चारजना ?

    • ४. एकपछि अर्को उच्चस्तरीय कुटनीतिक भ्रमणको केन्द्र बन्दै नेपाल

    • ५. नेपाल-अमेरिका सम्बन्धमा भूकम्पीय धक्का

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.