• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

अमेरिकामा रहेका नेपालीका लागि टिपिएस माग गदै होमल्याण्ड सेक्युरिटीमा कंग्रेसम्यानको पत्र

  •  खबरमाला संवाददाता
  • २०८३ भाद्र २७, शनिबार ०५:४१ प्रकाशित
    • अ-
    • अ
    • अ+

     

    नेपालमा आएको विनाशकारी बाढी तथा पहिरोपछि नेपाली नागरिकलाई अमेरिकामा नयाँ अस्थायी संरक्षित हैसियत टिपीएस प्रदान गर्न अमेरिकी प्रतिनिधिसभाका सदस्य थोमस आर सुजीले अमेरिकी होमल्याण्ड सेक्युरिटी विभागसँग आग्रह गरेका छन्। न्युयोर्कबाट प्रतिनिधित्व गर्ने डेमोक्र्याट सांसद सुजीले सेप्टेम्बर १० मा अमेरिकी होमल्याण्ड सेक्युरिटी सेक्रेटरी मार्कवेन मुलिनलाई पत्र पठाउँदै प्राकृतिक विपत्तिबाट प्रभावित नेपाली नागरिकलाई टिपिएस प्रदान गर्न आग्रह गरेका हुन्।

    सांसद सुजीको यो पहलले अमेरिकामा रहेका नेपाली समुदायका लागि नयाँ टिपिएसको माग गर्दै आएका न्युयोर्कस्थित अध्यागमन कानुन व्यवसायी केशव राज सेडाईको अभियानलाई समेत थप राजनीतिक तथा संसदीय समर्थन प्राप्त भएको छ। सुजीले होमल्याण्ड सेक्युरिटी सेक्रेटरीलाई पठाएको पत्रमा नेपालमा भएको प्राकृतिक विपत्तिमा १,४१२ भन्दा बढी मानिसको मृत्यु भएको र ५,६०० भन्दा बढी बेपत्ता रहेको उल्लेख गरेका छन्। बाढी तथा पहिरोका कारण हजारौं मानिस प्रभावित भएको तथा घर, अत्यावश्यक सेवा र महत्वपूर्ण पूर्वाधारमा गम्भीर क्षति पुगेको पनि उनले पत्रमा उल्लेख गरेका छन्। नेपालमा उत्पन्न मानवीय संकटका कारण प्रभावित क्षेत्रमा सामान्य जनजीवन तत्कालै पुनःस्थापित हुन कठिन रहेको भन्दै सांसद सुजीले अमेरिकामा रहेका नेपाली नागरिकलाई स्वदेश फर्कन बाध्य पार्दा उनीहरू थप जोखिममा पर्न सक्ने अवस्थातर्फ पनि ध्यानाकर्षण गराएका छन्। न्युयोर्कबाट प्रतिनिधित्व गर्ने सुजीले यो आग्रह गर्दै सेप्टेम्बर १० मा होमल्याण्ड सेक्युरिटी सेक्रेटरी मार्कवेन मुलिनलाई पत्र पठाएका हुन्।

    टिपिएस अमेरिकी सरकारले प्राकृतिक विपत्ति, सशस्त्र द्वन्द्व वा अन्य असाधारण तथा अस्थायी परिस्थितिका कारण तत्काल स्वदेश फर्कन सुरक्षित नभएका निश्चित देशका नागरिकलाई निश्चित अवधिका लागि अमेरिकामा बस्न र काम गर्न अनुमति दिने व्यवस्था हो। सांसद सुजीको पछिल्लो आग्रहले नेपालमा भएको प्राकृतिक विपत्तिलाई अमेरिकी अध्यागमन नीतिसँग जोडेर नेपाली समुदायका लागि मानवीय संरक्षणको माग गर्ने अभियानलाई संघीय तहमा थप बल दिएको छ।

    स्मरणीय रहोस यसअघि  ल अफिसेस अफ केशव राज सेडाई पी.सी. का अधिवक्ता सेडाईले नेपालमा आएको बाढीपछि अमेरिकामा रहेका नेपाली नागरिकका लागि आपत्कालीन अध्यागमन सुरक्षा, काम गर्ने अनुमति र यात्रा सहजीकरणको माग गर्दै राष्ट्रपति डोनाल्ड ट्रम्प र होमल्याण्ड सेक्युरिटी सेक्रेटरी मुलिनलाई अगस्ट २८ मा पत्र पठाएका थिए।

    उनले नेपालका लागि नयाँ टीपीएस घोषणा गर्न वा अमेरिकामा रहेका योग्य नेपाली नागरिकका लागि रोजगारी अनुमति प्रक्रिया छिटो अघि बढाउन माग गरेका थिए। साथै, अमेरिकामा कानुनी रूपमा रहेका नेपाली नागरिकमाथि अध्यागमन तथा भन्सार प्रवर्तन निकाय (आईसीई) का कारबाहीमा कम्तीमा छ महिनाको अस्थायी रोक लगाउन पनि उनले होमल्याण्ड सेक्युरिटीसँग आग्रह गरेका थिए।

    Post Views: 50
    प्रकाशित मिति: २०८३ भाद्र २७, शनिबार ०५:४१
    Advertisement
    संबन्धित शिर्षकहरु
    एनआरएन नाइजेरिया र घानाबाट ७७ लाख बाढी पीडितलाई सहयोग हस्तान्तरण
    राष्ट्रहरू किन असफल हुन्छन् Why Nations Fail ?
    भोटकोशी बाढी पीडितको नाममा दर्जनौं अभियानः कसले कति उठाए, पैसा कहाँ पुग्दैछ?
    Advertisement
    ताजा अपडेट
    • १. जलवायु परिवर्तनबारे राष्ट्र संघले औँल्याएको चेतावनी

    • २. अमेरिकामा रहेका नेपालीका लागि टिपिएस माग गदै होमल्याण्ड सेक्युरिटीमा कंग्रेसम्यानको पत्र

    • ३. एनआरएन नाइजेरिया र घानाबाट ७७ लाख बाढी पीडितलाई सहयोग हस्तान्तरण

    • ४. राष्ट्रहरू किन असफल हुन्छन् Why Nations Fail ?

    • ५. भोटकोशी बाढी पीडितको नाममा दर्जनौं अभियानः कसले कति उठाए, पैसा कहाँ पुग्दैछ?

    चर्चित
    • १. भोटकोशी बाढी पीडितको नाममा दर्जनौं अभियानः कसले कति उठाए, पैसा कहाँ पुग्दैछ?

    • २. नेपालका लागि अमेरिकी नयाँ कार्यवाहक राजदूतमा मेगन बोल्डिन

    • ३. प्रधानमन्त्री शाह र परराष्ट्रमन्त्री खनाल राष्ट्रसंघको महासभामा सहभागी हुन अमेरिका जाने तय

    • ४. पञ्जराँ : दानधर्म, करुणा र दीपंकर बुद्धको स्मरण गर्ने पर्व

    • ५. अमेरिकामा रहेका नेपालीका लागि टिपिएस माग गदै होमल्याण्ड सेक्युरिटीमा कंग्रेसम्यानको पत्र

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.