• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

रोकिएको अमेरिकी विदेशी सहायता रकम बाँड्न शुरु, एक महिना पनि दवाब थेग्न सकेनन ट्रम्पले !

  •  
  • २०८१ फाल्गुन १०, शनिबार ०५:०५ प्रकाशित
    • अ-
    • अ
    • अ+

    विश्वव्यापी रुपमा आलोचना र मानव जीवनमा हाहाकार नै भएको कुटनीतिक रिपोर्टपछि ट्रम्प प्रशासनले रोकिएको केहि ४५.३ अर्ब विदेशी सहायता जारी गरेको छ । जसको धेरैजसो हिस्सा सुरक्षा, लागू औषध नियन्त्रण र मानवीय सहायता कार्यक्रमहरूका लागि छुट्याइएको छ । अन्य सुचिमा सीमित मात्रामा मानवीय राहत समावेश गरिएको जनाइएको छ ।

    राष्ट्रपति डोनाल्ड ट्रम्पले जनवरी २० मा पदभार ग्रहण गरेपछि ९० दिने विदेशी सहायता रोक्ने आदेश दिएका थिए तर अदालत र सहयोगी राष्ट्रहरुबाट दवाव आएपछि एकमहिना पनि दवाब थेग्न सकेनन । भोकमरी तथा घातक रोगहरूसँग लड्ने कार्यक्रमदेखि विस्थापित मानिसहरूका लागि आश्रय प्रदान गर्ने कोषहरू समेत रोकिएको थियो ।

    सहायता रोकिएपछि अमेरिकी अधिकारीहरू र मानवीय संस्थाहरूले कार्यक्रमहरू सुचारू राख्न विश्वव्यापी दवाव परेको थियो । अमेरिकी विदेश मन्त्री मार्को रुबियोले जनवरीको अन्त्यतिर इजरायल र इजिप्टका लागि सैन्य सहायता तथा खाद्य सहायता सहित जीवनरक्षक मानवीय सहयोगका लागि अपवाद जारी गरेका थिए । तर, हालसम्म थोरै मात्र मानवीय सहायता अपवादहरू स्वीकृत गरिएको अधिकारीहरू र सहायता संस्थाहरूले बताएका छन् ।

    फेब्रुअरी १३ सम्ममा स्वीकृत २४३ अपवादहरूको सूची रोयटर्सले प्राप्त गरेको भन्दै समाचार छापेको छ । यसले ट्रम्प प्रशासनले कुन कार्यक्रमहरूलाई प्राथमिकता दिएको छ भन्ने देखाउँछ । रिहाइ भएको रकममध्ये ४४.१ अर्बभन्दा बढी अमेरिकी विदेश मन्त्रालयको राजनीतिक–सैन्य मामिला ब्युरोद्वारा संचालित कार्यक्रमहरूको लागि छुट्याइएको छ, जसले हतियार बिक्री तथा सैन्य सहायता सम्हाल्छ । अन्य अपवादहरू ट्रम्पको आप्रवासन नीतिसँग सम्बन्धित थिए, विशेष गरी अवैध लागूपदार्थ प्रवाह रोक्ने प्रयासहरूमा केन्द्रित रहेको छ । जसको तुलनामा मानवीय सहायता रकम कम छ ।

    राज्य विभागको अन्तर्राष्ट्रिय लागू औषध तथा कानुनी प्रवर्तन मामिला ब्युरोद्वारा संचालित कार्यक्रमहरूलाई २९३ मिलियन छुट्याइएको छ । यसमा आप्रवासी ट्र्याक गर्ने डाटाबेस, सम्भावित आतङ्ककारी पहिचान गर्ने प्रणाली, र बायोमेट्रिक जानकारी आदानप्रदान गर्ने कार्यक्रमहरू समावेश छन् ।

    ट्रम्प प्रशासनको प्राथमिकता सुरक्षा कार्यक्रमहरूमा रहेको देखिएको छ जसमा १०० मिलियनभन्दा कम रकम छुट्याइएको छ, जुन सहायता रोक्नु अघि वार्षिक ४० अर्बको हाराहारीमा थियो । अपवादमा गाजाका लागि ७८ मिलियनको गैर–खाद्य सहायता तथा इजरायल–हमास युद्धविराम सम्झौतासँग सम्बन्धित रेडक्रसलाई ५६ मिलियन सहयोग समावेश थियो । तर, सूडान, सिरिया, युक्रेन, म्यानमार, अफगानिस्तानजस्ता संकटग्रस्त क्षेत्रहरूलाई कुनै विशेष अपवाद दिइएको देखिएको छैन ।

    ताइवानका लागि ८७० मिलियन फिलिपिन्सको सुरक्षा बल आधुनिकीकरणका लागि ३३६ मिलियन, युक्रेनी राष्ट्रिय प्रहरी र सीमा सुरक्षाका लागि २१.५ मिलियन छुट्याइएको छ ।

    विदेश मसन्त्र रुबियोले भनेका छन् कि ट्रम्प प्रशासनले विदेशी सहायता कार्यक्रमहरूलाई पुनः मूल्याङ्कन गर्दै प्राथमिकताहरू मिलाएको हो । हैटी प्रहरी तथा अन्तर्राष्ट्रिय सुरक्षा फोर्सलाई ६४ मिलियन, आणविक हतियार नियन्त्रण कार्यक्रमहरूका लागि ३०.४ मिलियन, पाकिस्तानका लागि ३९७ मिलियन, जसले एफ–१६ लडाकू विमानको प्रयोग निगरानी गर्छ । ट्रम्प प्रशासनको विदेशी सहायता कटौतीको मुख्य उद्देश्य “अमेरिका फस्र्ट“ नीति अनुरूप प्राथमिकता मिलाउनु रहेको देखिन्छ ।

     

    Post Views: 184
    प्रकाशित मिति: २०८१ फाल्गुन १०, शनिबार ०५:०५
    Advertisement
    संबन्धित शिर्षकहरु
    कन्सल्टेन्सीले २५ लाख रुपैयाँ धरौटी बुझाउनुपर्ने नयाँ नियम, विधार्थी अलपत्र परे कन्सल्टेन्सी जिम्मेवार
    अमेरिकाको क्यालिफोनियामा आदिकवि भानुभक्तको पुर्ण कदको शालिक अनावरण
    आदिकवि भानुभक्तको २१३औं जन्मजयन्ती मनाइँदै
    Advertisement
    ताजा अपडेट
    • १. कन्सल्टेन्सीले २५ लाख रुपैयाँ धरौटी बुझाउनुपर्ने नयाँ नियम, विधार्थी अलपत्र परे कन्सल्टेन्सी जिम्मेवार

    • २. अमेरिकाको क्यालिफोनियामा आदिकवि भानुभक्तको पुर्ण कदको शालिक अनावरण

    • ३. आदिकवि भानुभक्तको २१३औं जन्मजयन्ती मनाइँदै

    • ४. ६० हजार अघि अफ्रिकाबाट बसाइँसराइको शुरुवात :आधुनिक मानव अफ्रिकाबाट निस्किएपछि कहाँ पुगे?

    • ५. मेटाले क्यानडा १० बिलियन डलरको नयाँ डाटा सेन्टर बनाउने

    चर्चित
    • १. अमेरिकाको क्यालिफोनियामा आदिकवि भानुभक्तको पुर्ण कदको शालिक अनावरण

    • २. ६० हजार अघि अफ्रिकाबाट बसाइँसराइको शुरुवात :आधुनिक मानव अफ्रिकाबाट निस्किएपछि कहाँ पुगे?

    • ३. बेल्जियमलाई २–१ ले पराजित गर्दै स्पेन सेमिफाइनलमा

    • ४. कन्सल्टेन्सीले २५ लाख रुपैयाँ धरौटी बुझाउनुपर्ने नयाँ नियम, विधार्थी अलपत्र परे कन्सल्टेन्सी जिम्मेवार

    • ५. आदिकवि भानुभक्तको २१३औं जन्मजयन्ती मनाइँदै

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.