• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

ओस्कार अवार्ड :अनोरा बन्यो उत्कृष्ट चलचित्र

  •  
  • २०८१ फाल्गुन २०, मंगलवार ०७:४६ प्रकाशित
    • अ-
    • अ
    • अ+

    विश्व चलचित्र उद्योगको सबैभन्दा प्रतिष्ठित ओस्कार अवार्ड जित्ने धोको हरेक चलचित्रकर्मीको हुन्छ । एकेडेमी अवार्डका रूपमा परिचित यो अवार्ड बर्सेनि अमेरिकाको ‘एकेडेमी अफ मोसन पिक्चर आट्र्स एन्ड साइन्सेजद्वारा प्रदान गरिन्छ । सन् १९२९ बाट सुरु भएको ओस्कार अवार्डको शृङ्खला सन् २०२५ सम्म आउँदा निरन्तर चलिरहेको छ ।

    विश्वभरका उत्कृष्ट चलचित्र, अभिनेता, अभिनेतृ निर्देशक, प्राविधिक पक्षलाई सम्मान गरिने यो अवार्ड सुरुवाती समयमा विजेताहरूको नाम कार्यक्रम हुनभन्दा तीन महिनाअघि नै घोषणा गरिन्थ्यो तर आजकल त्यो चलन हटिसकेको छ । अहिले कार्यक्रमको दिन मात्र विजेताहरूको नाम सार्वजनिक गरिन्छ । सन् १९५३ देखि टेलिभिजनमा प्रत्यक्ष प्रसारण गर्न थालिएको ओस्कार अवार्ड सन् १९६६ मा पहिलो पटक रङ्गिनमा देखाइएको थियो । इतिहासतर्फ फर्किंदा ‘गन विथ दी बिन्ड’ (१९३९) पहिलो रङ्गिन चलचित्र हो जसले ओस्कार अवार्ड जितेको थियो । त्यस्तै ‘टाइटनिक’ (१९९७), ‘बेन हुर’ (१९५९) र ‘दी लर्ड अफ दी रिङ्स : दी रिटर्न अफ दी किङ्ग्स’ (२०२३) चलचित्रले ओस्कारमा सबैभन्दा धेरै ११ वटा अवार्ड जितेर रेकर्ड कायम गरेका थिए ।

    ओस्कार अवार्डका लागि नेपालले पनि चलचित्रहरू पठाउँदै आएको छ । नेपालमा रहेको छनोट समितिले चलचित्र छान्ने गर्छ । सन् १९९९ मा समितिले पहिलो पटक ‘क्याराभान’ ओस्कारका लागि पठाएको थियो । ‘क्याराभान’ देखि गत वर्षको ‘शाम्भाला’ छिरिङरितार शेर्पाको ‘मुकुन्डो’, ज्ञानेन्द्र देउजाको ‘मुनामदन’, सुवास गजुरेलको ‘बसाइँ’, सुवर्ण थापाको ‘सुनगाभा’, यादवकुमार भट्टराईको ‘झोला’, निश्चल बस्नेतको ‘टलकजङ्ग भर्सेस टुल्के’, मीनबहादुर भामको ‘कालोपोथी’, दीपक रौनियारको ‘सेतो सूर्य’ पठाइएको थियो । त्यस्तै शिवम अधिकारीको ‘पञ्चायत’, विनोद पौडेलको ‘बुलबुल’, सुजित बिडारीको ‘ऐना झ्यालको पुतली’, विक्रम सापकोटाको ‘हल्कारा’ पनि सिफारिस भएका थिए । रामकृष्ण पोखरेलले बनाएको छोटो चलचित्र ‘साइलेन्ट इको’ उत्कृष्ट ३० मा छनोटमा भएको पनि थियो । यसबाहेक अन्य केही छोटा चलचित्र पनि पठाइएको थियो ।

    हरेक चलचित्रकर्मीको सपना साकार पार्ने थलो ओस्कारको ९७ औँ संस्कार सम्पन्न भएको छ । प्रेम र हास्य रस मिसिएको ‘अनोरा’ ले अन्य चलचित्रलाई पछि पार्दै उत्कृष्ट चलचित्रको अवार्ड हात पारेको छ । सोमबार बिहान अमेरिकाको लस–एन्जलसस्थित डल्बी थिएटरमा आयोजित कार्यक्रममा सिन बेकरको लेखन, निर्देशन र सम्पादन रहेको ‘अनोरा’ ले यस वर्ष सबैभन्दा धेरै अवार्ड जितेको छ ।

    उत्कृष्ट चलचित्र, उत्कृष्ट निर्देशन, उत्कृष्ट स्क्रिनप्ले, उत्कृष्ट सम्पादन, उत्कृष्ट अभिनेतृ गरी पाँच विधामा अवार्ड जितेको छ । न्युयोर्कको ब्रुकलिनकी एक यौनकर्मी अनोरा मिखेवा र रुसी धनाढ्यका छोरा भान्या जाखारोभबिचको प्रेम विवाहको कथालाई चलचित्रमा देखाइएको छ । त्यस्तै चलचित्र ‘दी ब्रुटलिस्ट’ ले तीन वटा अवार्ड जितेको छ ।

    Post Views: 220
    प्रकाशित मिति: २०८१ फाल्गुन २०, मंगलवार ०७:४६
    Advertisement
    संबन्धित शिर्षकहरु
    कन्सल्टेन्सीले २५ लाख रुपैयाँ धरौटी बुझाउनुपर्ने नयाँ नियम, विधार्थी अलपत्र परे कन्सल्टेन्सी जिम्मेवार
    अमेरिकाको क्यालिफोनियामा आदिकवि भानुभक्तको पुर्ण कदको शालिक अनावरण
    आदिकवि भानुभक्तको २१३औं जन्मजयन्ती मनाइँदै
    Advertisement
    ताजा अपडेट
    • १. कन्सल्टेन्सीले २५ लाख रुपैयाँ धरौटी बुझाउनुपर्ने नयाँ नियम, विधार्थी अलपत्र परे कन्सल्टेन्सी जिम्मेवार

    • २. अमेरिकाको क्यालिफोनियामा आदिकवि भानुभक्तको पुर्ण कदको शालिक अनावरण

    • ३. आदिकवि भानुभक्तको २१३औं जन्मजयन्ती मनाइँदै

    • ४. ६० हजार अघि अफ्रिकाबाट बसाइँसराइको शुरुवात :आधुनिक मानव अफ्रिकाबाट निस्किएपछि कहाँ पुगे?

    • ५. मेटाले क्यानडा १० बिलियन डलरको नयाँ डाटा सेन्टर बनाउने

    चर्चित
    • १. अमेरिकाको क्यालिफोनियामा आदिकवि भानुभक्तको पुर्ण कदको शालिक अनावरण

    • २. ६० हजार अघि अफ्रिकाबाट बसाइँसराइको शुरुवात :आधुनिक मानव अफ्रिकाबाट निस्किएपछि कहाँ पुगे?

    • ३. बेल्जियमलाई २–१ ले पराजित गर्दै स्पेन सेमिफाइनलमा

    • ४. कन्सल्टेन्सीले २५ लाख रुपैयाँ धरौटी बुझाउनुपर्ने नयाँ नियम, विधार्थी अलपत्र परे कन्सल्टेन्सी जिम्मेवार

    • ५. आदिकवि भानुभक्तको २१३औं जन्मजयन्ती मनाइँदै

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.