• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

युक्रेन रुस युद्ध रोक्नेबारे अमेरिकी राष्ट्रपति ट्रम्प र रुसी राष्ट्रपति पुटिनबीच छलफल हुँदै

  •  
  • २०८१ चैत्र ५, मंगलवार ०४:५९ प्रकाशित
    • अ-
    • अ
    • अ+

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेन युद्ध अन्त्य गर्ने विषयमा मंगलबार रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग कुरा गर्ने बताएका छन् । हामी युद्ध अन्त्य गर्न सक्छौं कि सक्दैनौं भनेर हेर्न चाहन्छौं,’ ट्रम्पले आइतबार साँझ पत्रकारहरूसँग भने, ‘सायद सक्छौं, सायद सक्दैनौं । तर मलाई लाग्छ कि हामीसँग धेरै राम्रो मौका छ ।’ रुसी राष्ट्रपति कार्यालय क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले पनि दुई नेताबीच मंगलबार कुराकानी हुने योजनाको पुस्टि गरेका छन् । तर उनले यसबारे विस्तृत विवरण नदिएका सीबीएस न्युजले जनाएको छ ।

    अमेरिका र युक्रेनका प्रतिनिधिहरूले साउदी अरबमा भेटेर ३० दिने युद्धविरामको प्रस्ताव घोषणा गरेको एक सातापछि दुई नेताबीच कुराकानी हुन लागेको हो । पुटिनले सिद्धान्ततः युद्धविरामको अवधारणा स्वीकार गरेको बताए पनि त्यसमा थप छलफल र केहि सर्तहरु आवश्यक भएको बताएका छन ।

    ‘विचार आफैंमा सही छ, र हामी निश्चित रूपमा यसलाई समर्थन गर्छौं,’ पुटिनले गत साता मस्कोमा एक पत्रकार सम्मेलनमा भनेका थिए, ‘तर त्यहाँ केही मुद्दाहरू छन्, जुन हामीले छलफल गर्न आवश्यक छ र मलाई लाग्छ कि हामीले हाम्रा अमेरिकी सहकर्मीहरू र साझेदारहरूसँग यसबारे छलफल गर्न आवश्यक छ ।‘

    ट्रम्पले पुटिनसँगको कुराकानीमा केही विशिष्ट सम्पत्तिहरूबारे छलफल हुने बताएका छन् । ‘हामी जग्गाको बारेमा कुरा गर्नेछौं । हामी पावर प्लान्टहरूबारे कुरा गर्नेछौं । त्यो एउटा ठूलो प्रश्न हो, ट्रम्पले भने, ‘तर मलाई लाग्छ कि हामीबीच पहिले नै धेरै छलफल भइसकेको छ ।’

    रुसले २४ फेब्रुअरी २०२२ मा पूर्ण(स्तरीय आक्रमण सुरू गरेपछि युक्रेनका दोनेत्स्क, लुहान्स्क, खेर्सन र जापोरिजा गरी चार क्षेत्र नियन्त्रणमा लिएको छ । रुसले नियन्त्रणमा लिएको जापोरिजामा युरोपको सबैभन्दा ठूलो आणविक प्लान्ट अवस्थित छ ।

    Post Views: 151
    प्रकाशित मिति: २०८१ चैत्र ५, मंगलवार ०४:५९
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कामु प्रधानन्यायाधीश सपना प्रधान मल्लको नेतृत्वमा पहिलो फुलकोर्ट
    कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्न सरकारले बनायो सुरक्षा संयन्त्रमाथि अध्ययन समिति
    २०६२ देखि सार्वजनिक पदमा रहेका उच्चपदस्थको सम्पत्ति छानबिन गर्न आयोग गठन
    Advertisement
    ताजा अपडेट
    • १. कामु प्रधानन्यायाधीश सपना प्रधान मल्लको नेतृत्वमा पहिलो फुलकोर्ट

    • २. कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्न सरकारले बनायो सुरक्षा संयन्त्रमाथि अध्ययन समिति

    • ३. २०६२ देखि सार्वजनिक पदमा रहेका उच्चपदस्थको सम्पत्ति छानबिन गर्न आयोग गठन

    • ४. हंगेरीका प्रधानमन्त्री भिक्टर ओर्बानले १६ वर्षपछि सत्ता गुमाए

    • ५. राजनीतिक दृष्टिले निकै उथलपुथल वर्ष २०८२: आशा नयाँ बर्षको !

    चर्चित
    • १. सर्वोच्च अदालतमा महत्वपुर्ण मुद्दाको प्रत्यक्ष प्रशारण र सुचनाप्रविधि मैत्रि बनाउने कामु प्रधानन्याधिष सपना मल्लको तयारी

    • २. प्रधानमन्त्री र १५ मन्त्री: कसको सम्पत्ति कति? सबैभन्दा धनी र गरिब को हुन ?

    • ३. राजनीतिक दृष्टिले निकै उथलपुथल वर्ष २०८२: आशा नयाँ बर्षको !

    • ४. हंगेरीका प्रधानमन्त्री भिक्टर ओर्बानले १६ वर्षपछि सत्ता गुमाए

    • ५. नेपालमा पोर्चुगिज दुतावास खोल्न हस्ताक्षर अभियान, बाणिज्यदुताबास खोल्ने संकेत !

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.