• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

७ महिनापछि अमेरिकामा नेपाली राजदुत रेग्मीले कार्यभार सम्हाले

  •  
  • २०८१ चैत्र ९, शनिबार ०४:३० प्रकाशित
    • अ-
    • अ
    • अ+

     

    अमेरिकाका लागि नेपाली राजदूत लोकदर्शन रेग्मीले आजबाट अमेरिकाको दुतावसमा कार्यभार सम्हालेका छन । तत्कालीन राजदूत श्रीधर खत्री फिर्ता भएपछि वासिङ्टन डिसीमा सात महिनादेखि नेपाली राजदूत खाली थियो । नेपालमा राजदुतको सपथ खाएको ३ महिनापछि राजदुत रेग्मी अमेरिकामा कार्यभार सम्हाल्न आएका हुन । लामो समय कार्यभार सम्हाल्न नगएको भन्दै राजदुत रेग्मीको कुटनीतिक बृतमा चर्चा भएको थियो । अमेरिकी सरकारले उनको नाममा स्वीकृति एग्रिमो पठाएपछि राष्ट्रपति पौडेलले २५ कात्तिकमा अमेरिकाका लागि राजदूत नियुक्त गरेका थिए । त्यसपछि पनि लामो समय कार्यभार सम्हाल्न नजाँदा विभिन्न प्रश्नहरु उठेका थिए । प्राय राजदुतहरु एग्रिमो आएपछि तत्काल कार्यभार सम्हाल्न जान्छन ।


    अघिल्लो सोमबार रेग्मी परराष्ट्र मन्त्रालयमा पुगेर आफु अमेरिका जान लागेको बताएका थिए । ‘रेग्मीसँग सिफारिस भएका, नियुक्त भएका र शपथग्रहण गरेका सबैजना राजदूत कार्यक्षेत्र पुगेर जिम्मेवारी सम्हालिसकेका छन् । पूर्वमुख्यसचिवसमेत रहेका रेग्मी एमाले कोटाबाट राजदूत नियुक्त भएका हुन् । यसअघि पनि उनी एमालेकै कोटामा बेलायतका लागि राजदूत भएका थिए । लामो समय कार्यक्षेत्रमा नगएको भन्दै परराष्ट्र मन्त्रालयले जानकारी माग्दा राजदुत रेग्मीले बताउन अटेर गरेको चर्चा परराष्ट्र मन्त्रालयमा छ ।

    अमेरिकाबाट राजदूत खत्री फिर्ता भएपछि परराष्ट्र मन्त्रालयका सहसचिवले कार्यवाहक राजदूत चलाउँदै आएका थिए । सहसचिव कुमारराज खरेल कार्यवाहक राजदूत रहेकामा उनको कार्यकाल सकिएपछि वासिङ्टन डिसीमा नियोग उपप्रमुखका रूपमा सरुवा भएका सहसचिव शरदराज आरण हाल कार्यवाहक राजदूत भएर सम्हालेका थिए । रेग्मीलाई सरकारले अमेरिकाको राजदूतका रूपमा १४ साउनमा सिफारिस गरेको थियो । उनको नाम सिफारिसलाई २७ भदौमा संसदीय सुनुवाइ समितिले अनुमोदन गरेको थियो । अमेरिकाका लागि राजदूत रेग्मीले १६ मंसिरमा राष्ट्रपति पौडेलबाट राजदूत पदको शपथग्रहण गरेका थिए ।

    Post Views: 208
    प्रकाशित मिति: २०८१ चैत्र ९, शनिबार ०४:३०
    Advertisement
    संबन्धित शिर्षकहरु
    भेनेजुयलामा ठुला ७.२ र ७.५ म्याग्निच्युडका दुई भुकम्प १० हजारभन्दा बढीको मृत्यू !
    ‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः जलविद्युतले समृद्धि ल्यायो, वातावरणीय चुनौती बढायो
    अमेरिकामा रहेका नेपालीलाई मातृभूमिमा लगानी गर्न आग्रह
    Advertisement
    ताजा अपडेट
    • १. भेनेजुयलामा ठुला ७.२ र ७.५ म्याग्निच्युडका दुई भुकम्प १० हजारभन्दा बढीको मृत्यू !

    • २. ‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः जलविद्युतले समृद्धि ल्यायो, वातावरणीय चुनौती बढायो

    • ३. अमेरिकामा रहेका नेपालीलाई मातृभूमिमा लगानी गर्न आग्रह

    • ४. चोरी गरी अमेरिका पुर्‍याइएका नेपालका दुई अमूल्य मूर्ति फिर्ता

    • ५. अमेरिकी सर्वोच्च अदालतको फैसला, ग्रीनकार्ड बाहकलाई चुनौति

    चर्चित
    • १. विश्व कूटनीतिमा महिला सहभागिता २२ प्रतिशत, राष्ट्रसंघ प्रतिनिधिमा ७ प्रतिशत !

    • २. संकटमा ११ सय पेन्सनधारी पुर्वकर्मचारी, पिआर छाड्नेकी पेन्सन ?

    • ३. अमेरिकी राजनीतिमा होमिएका अर्का नेपाली सतिस चापागाई

    • ४. लियोनल मेसीको नाममा विश्वकपमा सर्वाधिक गोलको कीर्तिमान

    • ५. भेनेजुयलामा ठुला ७.२ र ७.५ म्याग्निच्युडका दुई भुकम्प १० हजारभन्दा बढीको मृत्यू !

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.