• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

अदालतको आदेशपछि रास्वपा सभापति लामीछाने पक्राउ, आजै रूपन्देही लगिंदै

  •  
  • २०८१ चैत्र २३, शनिबार ०६:०१ प्रकाशित
    • अ-
    • अ
    • अ+

     

    राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पुर्व गहमन्त्रि रवि लामिछानेलाई प्रहरीले घरबाटै पक्राउ गरेको छ । संगठित रुपमा सहकारी ठगी गरेको आरोप खेपिरहेका रास्वपा सभापति रवि लामिछानेलाई उच्च अदालतको बुटवल इजलासले थुनामा पठाउन शुक्रबार आदेश दिएपछि पक्राउ परेका रवीलाई आज शिहानै मात्रै भैरहवा लगिने छ ।
    शुक्रबार साँझ निवासबाटै पक्राउ परेका लामिछानेलाई प्रहरीले विमान मार्फत भैरहवा लाने तयारी गरिरहेको छ एक प्रहरी अधिकारीले भने ।

    पक्राउपछि गएराती सभापति लामीछाने जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा राखिएको थियो । लगत्तै उनको निवास बूढानीलकण्ठमा प्रहरीको टोली पुगेको थियो ।

    यसअघि गत माघ १३ गते जिल्ला अदालत रूपन्देहीका न्यायाधीश प्रह्लाद कुमार योगीको इजलासले रविलाई एक करोड रूपैयाँ धरौटी लिएर छोड्न आदेश दिएको थियो।

    शुक्रबार उच्च अदालत बुटवल इजलासका न्यायाधीशद्वय रमेश ढकाल र स्वीकृति पराजुलीको संयुक्त इजलासले रविलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो। सहकारी संस्थामा रकम जम्मा गर्ने हजारौं सर्वसाधारण पीडित हुनु परिरहेको संवेदनशील परिस्थितिमा न्याय प्रणाली प्रतिको जनविश्वास जोगाइ राख्नुपर्ने भन्दै उच्चले यस्तो आदेश दिएको हो।

    बिहीबार प्रतिवादीतर्फ रविका वकिलको बहस नसकिएपछि मुद्दा शुक्रबारका लागि हेर्दाहेर्दैमा राखिएको थियो। रविको तर्फबाट वरिष्ठ अधिवक्ता सुरेन्द्र थापा, नारायण कँडेल र पशुपति भण्डारीले बहस गरेका थिए। त्यस्तै छविलाल जोशीको तर्फबाट वरिष्ठ अधिवक्ता शम्भु थापा, अपूर्व खतिवडा, मनोज चौधरीले बहस गरेका थिए। सरकारी वकिलका तर्फबाट सहन्यायाधिवक्ता सोमकान्ता भण्डारी, प्रकाश मरासिनी र वसन्त पोखरेलले बहस गरेका थिए।

    बिहीबार र शुक्रबारको बहसपछि न्यायाधीश ढकाल र पराजुलीको इजलासले गरेको आदेशमा राज्यको अर्थतन्त्रको एक खम्बाका रूपमा रहेको सहकारी क्षेत्रमा रहेको सुप्रिम सहकारी संस्थामा रहेको जनताको बचत रकम तत्काल प्राप्त प्रमाणहरूबाट रवि लामिछाने समेतको संगठित मिलेमतोमा गोर्खा मिडिया प्रालिमा गएको र गोर्खा मिडियाले कानुनी रूपमा सहकारीबाट ऋण लिन नपाउने जानकारी हुँदाहुँदै रविकै संलग्नतामा ऋण लगेको आधार बनाएको छ।

    ‘रवि लामिछाने गोर्खा मिडियाको सामान्य कर्मचारी मात्र नभई सञ्चालक र प्रबन्ध निर्देशक समेत रहेको, सहकारीबाट लगेको रकमको चेक काटेर गोर्खा मिडियामा खर्च गरेको तर सहकारीबाट के कसरी रकम आएको हो, आफूलाई जानकारी नभएको भन्दै अरूलाई दोष थुपार्ने गरी दिएको बयान पत्यार लाग्दो देखिएन,’ आदेशमा भनिएको छ।

    ‘सहकारी संस्थामा रकम जम्मा गर्ने हजारौं सर्वसाधारण पीडित हुनु परिरहेको संवेदनशील परिस्थितिमा न्याय प्रणाली प्रतिको जनविश्वास जोगाइरहन समेत प्रतिवादीलाई पुर्पक्षका लागि धरौटीमा छाड्नु उपयुक्त नरहेको यस इजलासको निष्कर्ष छ। यस अवस्थामा प्रतिवादीलाई धरौटीमा छाड्ने गरी २०८१ माघ १३ गते भएको जिल्ला अदालतको आदेश मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ६८ अनुकूल नदेखिँदा उक्त आदेशलाई यस इजलाशले बदर घोषणा गर्दछ।’

    ‘प्रतिवादीसँग धरौटी माग गर्ने गरी जिल्ला अदालत रूपन्देहीको आदेश बदर भएको हुँदा माथि उल्लेख भए बमोजिमका तत्काल प्राप्त प्रमाणहरू र पछि बुझ्दै जाँदा प्राप्त हुने प्रमाणहरूको परीक्षण र मूल्यांकन गर्दा मुद्दाको फैसला हुँदाका बखत ठहरिए बमोजिम हुने गरी यी प्रतिवादीको हकमा कार्यविधि संहिताको दफा ६७ को उपदफा १ को खण्ड ख आकर्षित हुने देखिएकाले यी प्रतिवादीलाई मुद्दाको पुर्पक्षका क्रममा थुनामा राखी मुद्दाको कारबाही गर्नुहोला,’ आदेशमा भनिएको छ।

    सोही मुद्दामा पुर्पक्षका लागि कारागार चलान भएका गोर्खा मिडिया नेटवर्क प्रालिका सञ्चालक एवं पूर्व डिआइजी छविलाल जोशीको हकमा भने जिल्ला अदालतको आदेश सदर गरेको छ। जिल्ला अदालत रूपन्देहीका न्यायाधीश वशिष्ठकुमार घिमिरेको इजलासले जोशीलाई गत माघ २८ गते पुर्पक्षका लागि थुनामा पठाएको थियो। जोशी अहिले पनि जिल्ला कारागार भैरहवामा छन्।

     

     

    Post Views: 193
    प्रकाशित मिति: २०८१ चैत्र २३, शनिबार ०६:०१
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    दक्षिण–पूर्व एसियाबाट ६१२ नेपाली उद्धार, कम्बोडियामा नेपाली अपराध मुद्दामा पक्राउ
    अवसर र चुनौतीबीच युरोपतर्फ बढ्दो नेपाली आप्रवासन
    टोरन्टोमा पहिचान सहितको ‘नेपाली हेरिटेज वीक’ घोषणा
    Advertisement
    ताजा अपडेट
    • १. दक्षिण–पूर्व एसियाबाट ६१२ नेपाली उद्धार, कम्बोडियामा नेपाली अपराध मुद्दामा पक्राउ

    • २. अवसर र चुनौतीबीच युरोपतर्फ बढ्दो नेपाली आप्रवासन

    • ३. एनआरएन अधिकार संकुचित गर्ने प्रस्तावित विधेयकप्रति प्रवासी नेपालीको चिन्ता

    • ४. टोरन्टोमा पहिचान सहितको ‘नेपाली हेरिटेज वीक’ घोषणा

    • ५. एकपछि अर्को उच्चस्तरीय कुटनीतिक भ्रमणको केन्द्र बन्दै नेपाल

    चर्चित
    • १. टर्कीद्धारा नेपालमा दूतावास खोल्ने विषय भारतका लागि किन समस्या ?

    • २. क्यानडा विदेशी विद्यार्थीका लागि आकर्षक गन्तव्य बन्दैः पढाई पुरा गरेपछि सजिलै पिआर पाउने

    • ३. संयुक्त राष्ट्रसङ्घ महासचिवको दौडमा को को हुन प्रतिस्पर्धी चारजना ?

    • ४. नेपाल-अमेरिका सम्बन्धमा भूकम्पीय धक्का

    • ५. बालेन सरकारको आशा लाग्दो सकारात्मक परिवर्तन

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.