• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

नेताले जितेको, जनता हारेको प्रजातन्त्र, अब प्रश्न गर्ने बेला आयो ?

  •  खबरमाला संवाददाता
  • २०८२ श्रावण ४, शनिबार ०९:४४ प्रकाशित
    • अ-
    • अ
    • अ+

    कल्याण श्रेष्ठ, पूर्वप्रधानन्यायाधीश

    facebook sharing button
    नेपालमा सुशासन कहिले थियो होला ? कुनै कालखण्ड सम्झिँदा पनि मेरो बिचारमा कहिल्यै राम्रो थिएन । इतिहासदेखि अहिलेसम्म कहिल्यै पनि सुशासन थिएन । यो समस्या हाम्रो निरन्तर छ । यसलाई उचित ढङ्गले सम्बोधन गर्नु पर्नेमा सम्वोधन नभएकै हो । यसमा कर्मचारीतन्त्र पनि उत्तिकै जिम्मेवार छ ।

    चुनावबाट नेता आउँछ भन्ने कुरा गलत हो । चुनावबाट प्रतिनिधि छानिने हो, नेतृत्व त्यसले दिन्छ भन्ने छैन । नेतृत्व भनेको छुट्टै गुण हो । त्यो छुट्टै गुण छुट्टै ढङ्गले विकसित गर्नु पर्छ । हामीले चुनावमा जितेपछि त्यसलाई नेता भन्नुपर्ने त्यो गलत भाष्य त्यहीँदेखि सिर्जना भएको छ । र चुनाव नगरी नेता हुन्न भन्ने अर्को भाष्य र सत्तामा नबसी नेता हुन्न त्यो पनि गलत भाष्य हो ।

    बाहिर पनि र भित्र पनि नेता हुन्छ । चुनावबाट पनि नेता हुन्छ चुनाव बेगर पनि नेता हुन सक्छ । नेतृत्व भनेको व्यक्तिगत गुण हो, निष्ठा हो, उसको भिजन हो, क्षमता हो । मेरो बिचारमा यो देशको ठूलो संकट (क्राइसिस) लिडरसिपको हो । तर, यो लिडरसिप भनेको राजनीतिक मात्र हैन । राजनीतिक लिडरसिप एक नम्बरमा त आउला तर घरमा पनि लिडरसिप क्राइसिस छ ।

    लिडरसिप भनेर हामी एउटा मान्छे खोज्छौँ, त्यही गलत हो । देशको एउटा मात्र पो राष्ट्रपति, प्रधानमन्त्री हुन्छ तर त्यही मात्र लिडरसिप हुनु पर्छ र ? लिडर त हामी जो पनि हुन सक्छौँ । त्यो आर्मीमा पनि हुन्छ, पुलिसमा पनि हुन्छ, न्यायालयमा हुन्छ । जहाँ पनि हुन्छ ।
    लिडरसिपलाई हामीले एकदमै संकीर्ण रूपमा व्याख्या गरेर बुझ्यौं । र, यही अनुचित भाष्यको पछि लागेर उसँग अनुचित र धेरै आशा राख्दा हाम्रो विफलताको मात्रा बढेर गयो । त्यसैले शासनमा शासनकै लिडर खोज्नुपर्‍यो । अलिकति अपरम्पारगत एप्रोज हामीले गर्नुपर्ने भयो । यहाँ पढ्ने चाहिँ नयाँ, सोच्ने चाहिँ पुरानो । सुविधाचाहिँ नयाँ, कामचाहिँ पुरानो भयो ।

    अहिले सुशासन भएको कुनै संस्था छ जस्तो लाग्दैन । नजानेको संस्थाको बोल्नु हुँदैन तर जहाँ ठोकिए पनि त्यहाँको क्राइसिस बुझिहालिन्छ ।

    नेपालमा युवाहरू बस्न नचाहनुको कारण के हो ? कुनै वडामा वा मालपोत वा उनीहरूको मार्कसिट नै निकाल्न कुनै सरकारी कार्यालयमा पठाइदियो भने तीन दिनबाटै अब त म यहाँ बस्दिनँ भन्न थाल्छन् । उनीहरुलाई त्यस्तो अवस्थामा ल्याउनुको कारण पनि हामी हौँ । सुशासन यस्तो हुन्छ भनेर देखाउन नसकेको त हामी नै हो नि ।

    मैले न्यायालयमा काम गरेर त्यहाँ देखाउन सकें कि सकिनँ ? आर्मीमा काम गर्नेले देखाउन सक्नु भयो कि भएन ? तुलनात्मक रूपमा राम्रो–नराम्रो त हरेक दिन हुन्छ, तुलना आफ्नो ठाउँमा छ तर हामी कुनै पनि क्षेत्रमा पूर्ण सुशासन छ है भनेर भन्न सक्ने अवस्थामा कोही पनि छैनौँ ।

    सुशासन भनेको सित्तैमा आउने कुरा हैन । शासन प्रणालीको कार्यान्वयनको अन्तिम नतिजाको रूपमा देखा पर्ने चिज हो सुशासन । मैले के देखेँ भने हाम्रा नियामक निकायहरु सबै भन्दा खत्तम । सबैजसो नियामकहरुमा केही न केही समस्या छ । त्यसले नै सुशासन बिग्रिएको हो । ती नियामकहरुले सही ढंगले काम गरेको भए सर्भिस प्रोभाइडरहरु कहीँ न कहीँ सही ठाउँमा हुन्थे ।

    जति लापरबाही गरे पनि हामी टिक्छौँ भन्ने छुट अब छैन । यही प्रवृत्ति निरन्तर जाने वाला छैन । त्यस कारण अहिले सुशासनको बारेमा राम्रै आवाज निकाल्नु पर्ने छ । एक कान, दुई कान मैदान गर्दै संवाद गर्नुपर्छ ।

    अदालत त हामी सबैको हो नि । रुल अफ ल भनेको अदालत मात्रै हैन, कानुनको शासनको अभाव सिन्ड्रोम (रुल अफ ल डिफिसेन्सी सिन्ड्रोम) भन्छु म । यो शासन अभाव सिन्ड्रोम (गभर्नेन्स डिफिसेन्सी सिन्ड्रोम) अथवा नेतृत्व कमी सिन्ड्रोम (लिडरसिप डिफिसेन्सी सिन्ड्रोम ) यो चाहिँ व्यापक छ सबै समाजमा । यो नै हाम्रो अविकासको कारण हो ।

    हाम्रो समस्या त कस्तो भयो भने ऐन किन्ने, नीति किन्ने, नियुक्ति किन्ने, निर्णय किन्ने, कार्यान्वयन किन्ने र मान्छे बेच्ने, धर्म बेच्ने । हामी खरिद नहुने र बिक्री नहुने केमा हो ? राष्ट्रिय चरित्र यस्तो पतन उत्मुख भएर गएको छ ।

    हाम्रोमा राम्रो चरित्र त पढाइ पनि हुँदैन अहिले । धनी चरित्र हुन्छ । कुरा गर्न इलेक्ट्रोनिक चरित्र हुन्छ । तर चरित्र राम्रो हुनुपर्छ भन्ने त शिक्षा पनि भएन । यो हाम्रो शिक्षाले पेट पाल्ने बुद्धि त दियो तर मन पाल्ने, बुद्धि पाल्ने, इमान पाल्ने, नैतिकता पाल्ने बुद्धि दिएन ।

    यो शिक्षाको पाठ्यक्रम नै भएन । लोकसेवाले जाँच दिएर पठाउँछ, त्यो राम्रो कर्मचारी हो तर लोकसेवा पो पास भएको हो त । त्यो त मूर्ख–मूर्खबीच प्रतिस्पर्धी भए । मूर्ख–मूर्खले जाँच दिँदा एउटा मूर्ख त प्रतिष्ठित हुन्छ नि । चुनावमा पनि मूर्ख–मूर्ख लड्दा एउटाले जित्छ नि । तर, हाम्रोमा कति उम्मेदवार चुनाव लड्छन् ? कति दीक्षितहरु लोकसेवामा जाँच दिन जान्छन् ?

    किन अनाकर्षण छ देशमा ? बसूँ जस्तो किन छैन ? भिसा नदिएर मात्र बसेको हो, नत्र त म किन बस्थेँ र भन्ने अवस्थामा हामी किन छौँ ? यो सानो समस्या हैन । यसका सामाजिक–मनोवैज्ञानिक सबै कारणहरू छन् । यो सबैको जड भनेको सुशासन नहुनु नै हो ।

    सुशासनको पनि यहाँ हरेक अड्डामा कुरा गरेर भन्नु पर्छ । मान्छे नै पिच्छे अर्को भन्नु पर्छ । तर हामीले औंला ठड्याउने कोसिस गरेनौँ । हामीले आज्ञाकारितामा फाइदा देख्यौँ । प्रश्न उठाउनेमा जोखिम देख्यौँ । हामीले आज्ञाकारी प्रजातन्त्र चलाइराख्यौँ । म त यो नेताले जितेको र जनताले हारेको प्रजातन्त्र हो भन्छु ।

    तलदेखि त जनताले जितेर गएको भन्छ, भोट हालेर गएको । जनताले भोट हालेको ५ वर्षसम्म कहाँ भेट्छन् नेतालाई ? आफूले भोट हालेको नेताले भेट्ने ठाउँ कहाँ छ ? आफ्नो पार्टीमा आउँदो होला, अरू पार्टीका मान्छे कहाँ जाने ? जनताले नेतालाई भन्ने कहाँ ? यस्तो दुरी बनाएको त प्रतिनिधित्व प्रणालीले हो । यो त नमुना मात्र हो, सबै क्षेत्रमा यस्तै छ ।

    किन निराशा छर्ने भन्ने होला, थोरै त आशा जगाउनु पर्छ । तर, झुटो बोलेर किन आशा छर्नु ? त्यसैले हामी प्रश्न गर्ने ठाउँ छ भने प्रश्न गर्नु पर्छ । प्रश्न गर्नेहरूको जमात खडा गरौँ । एउटा श्रृङ्खला निर्माण गरौँ । अहिले हामी यो विषम परिस्थितिमा पुगिसक्यौँ । डिलसम्म पुगिसकेपछि त तान्नु परेन र ? त्यही तान्ने बिन्दुमा हामी छौँ ।

    न्यायपालिकाको कुरामा मैले प्रधानन्यायाधीश हुँदादेखि नै भनेको, राजनीतिकरणको तिमीले ठाउँ राखेर राजनीति गर्ने संविधान लेख्ने अनि राजनीति गर्‍यौ भनेर अदालतलाई दोष दिने ? अदालतले नियुक्ति गर्छ र न्यायाधीश ? नियुक्ति गर्ने त अग्र प्रणाली छ नि त्यहाँ । नियुक्ति गर्ने अग्र प्रणालीले जिम्मा नलिने, संविधान लेख्नेले जिम्मा नलिने, फैसला गर्नेले जिम्मा लिन्छ ? वा फैसलाको हार्ने वा जित्नेले जिम्मा लिन्छ ? प्रणालीमा रुचि खै ? प्रणालीगत कमजोरीहरू औँल्याउने वा प्रणालीगत सुधार गर्ने कुरामा जिम्मा कसले लियो ? त्यस कारण हामीले समष्टिमा सबै समस्यालाई हेर्नु पर्ने छ ।

    समाधानहरू सम्भव छ । सुशासन असम्भव हैन । हरेक संस्थाले आ–आफ्नो जिम्मा लिनुपर्छ । स्वास्थ्य मन्त्रालयले स्वास्थ्यको जिम्मा लिने हो । अर्थले अर्थको लिने हो । हरेक मन्त्रालयको आदर्श सचिव को हो ? परराष्ट्र मन्त्रालयको आदर्श परराष्ट्र सचिव को ? स्वास्थ्य मन्त्रालयको आदर्श स्वास्थ्य सचिव को हो ? हरेक संस्थाको आ–आफ्नो मोडल त हुन सक्नु पर्‍यो नि । मेरो पालामा मैले गरेको थिएँ भनेर गर्वका साथ भन्न सक्ने बहादुर को नि ? त्यस्तो नेतृत्व हामीले नजन्माएको किन ?

    सुशासन बिगार्दा फाइदा हुन्छ, मान्दा घाटा हुन्छ । सके जागिर जाला । तर, जति नै नोक्सान परे पनि जोखिम लिने बेला भयो । अब मान्छेलाई जोखिम लिन प्रश्न गर्न पाउने बेला भयो । मान्छेलाई शिक्षित गराउनु पर्ने बेला आयो ।

    (सुशासनबारे आइएसएसआरले आयोजना गरेको छलफलमा पूर्वप्रधानन्यायाधीश श्रेष्ठद्वारा व्यक्त विचारको सम्पादित अंश)

    Post Views: 161
    प्रकाशित मिति: २०८२ श्रावण ४, शनिबार ०९:४४
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कामु प्रधानन्यायाधीश सपना प्रधान मल्लको नेतृत्वमा पहिलो फुलकोर्ट
    कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्न सरकारले बनायो सुरक्षा संयन्त्रमाथि अध्ययन समिति
    २०६२ देखि सार्वजनिक पदमा रहेका उच्चपदस्थको सम्पत्ति छानबिन गर्न आयोग गठन
    Advertisement
    ताजा अपडेट
    • १. कामु प्रधानन्यायाधीश सपना प्रधान मल्लको नेतृत्वमा पहिलो फुलकोर्ट

    • २. कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्न सरकारले बनायो सुरक्षा संयन्त्रमाथि अध्ययन समिति

    • ३. २०६२ देखि सार्वजनिक पदमा रहेका उच्चपदस्थको सम्पत्ति छानबिन गर्न आयोग गठन

    • ४. हंगेरीका प्रधानमन्त्री भिक्टर ओर्बानले १६ वर्षपछि सत्ता गुमाए

    • ५. राजनीतिक दृष्टिले निकै उथलपुथल वर्ष २०८२: आशा नयाँ बर्षको !

    चर्चित
    • १. सर्वोच्च अदालतमा महत्वपुर्ण मुद्दाको प्रत्यक्ष प्रशारण र सुचनाप्रविधि मैत्रि बनाउने कामु प्रधानन्याधिष सपना मल्लको तयारी

    • २. प्रधानमन्त्री र १५ मन्त्री: कसको सम्पत्ति कति? सबैभन्दा धनी र गरिब को हुन ?

    • ३. राजनीतिक दृष्टिले निकै उथलपुथल वर्ष २०८२: आशा नयाँ बर्षको !

    • ४. हंगेरीका प्रधानमन्त्री भिक्टर ओर्बानले १६ वर्षपछि सत्ता गुमाए

    • ५. नेपालमा पोर्चुगिज दुतावास खोल्न हस्ताक्षर अभियान, बाणिज्यदुताबास खोल्ने संकेत !

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.