जलवायु परिवर्तनका कारण, सन् २०१९ देखि २०२३ बीचका ८४% एटलान्टिक हरिकेन (सामुद्रिक आँधीहरू) द्वारा उत्पन्न अधिकतम हावाको गति औसतमा प्रति घण्टा १८ माइलले तीव्र भएका थिए । एक अध्ययन अनुसार विश्वव्यापी तापमान वृद्धिका कारण समुद्री सतहको तापक्रम बढ्दा तीव्र भएका यी सामुद्रिक आँधीहरूमध्ये ३० वटा अध्ययनमा स्फोटक रूपमा तीव्र भएर एक श्रेणी बढी शक्तिशाली बनेका थिए—मानव–जनित जलवायु परिवर्तनको प्रभाव नहुने वातावरणमा जस्तो अपेक्षा गरिएको थियो त्यसको तुलनामा । “२०२४ मा आएको प्रत्येक हरिकेन १०० वर्ष अगाडि हुने अवस्थाभन्दा बढी शक्तिशाली रहेको अध्ययनको निष्कर्ष छ ।

जलवायु परिवर्तनले २०२४ का सबै एटलान्टिक हरिकेनहरूको हावाको गति बढाएको छ । अध्ययनमा समुद्री सतहको तापक्रमको प्रभाव मापन गर्ने वैज्ञानिक पद्धति प्रयोग गरी ट्रपिकल साइकलोन (उष्णकटिबन्धीय आँधी) को तीव्रतामा त्यसको योगदान मूल्याङ्कन गरिएको हो । अध्ययनले तीनवटा आँधीहरू—लोरेन्जो (२०१९), इयान (२०२२), र ली (२०२३)—लाई जलवायु परिवर्तनका कारण श्रेणी ५ का हरिकेनमा परिणत भएको पत्ता लगाएको छ । त्यस्तै, २०२४ को मौसममा गरिएको विश्लेषण अनुसार थप दुई आँधीहरू—बेरिल र मिल्टन—पनि जलवायु परिवर्तनको प्रभाव नभएको भए श्रेणी ५ मा पुग्ने सम्भावना कम हुने थियो ।
२०२४ को एटलान्टिक बेसिन हरिकेन सिजनसम्बन्धी एक सहायक रिपोर्ट अनुसार, हालसम्म आएका ११ वटै हरिकेनहरूको अधिकतम हावाको गति प्रति घण्टा ९ देखि २८ माइल बढेको थियो—समुद्र सतहको बढ्दो तापक्रमका कारण, जुन जलवायु परिवर्तनसँग प्रत्यक्ष सम्बन्धित छ ।
“२०२४ मा आएको प्रत्येक हरिकेन १०० वर्षअगाडिको तुलनामा धेरै शक्तिशाली थियो,“ जलवायु वैज्ञानिक तथा अध्ययनका प्रमुख लेखक डा. ड्यानियल गिलफोर्ड ले भनेका छन । “अभूतपूर्व रूपमा तातिएको समुद्रको कारण, मानवजनित कार्बन प्रदूषणले हाम्रो समुदायमा हरिकेनजन्य विपत्तिहरूलाई झनै खराब बनाइरहेको छ ।“
विशेष गरी, हरिकेन मिल्टनले ३६ घण्टा भित्रप्रति घण्टा १२० माइलले तीव्रता बढाएको थियो—जसको कारण थियो त्यस्ता समुद्री सतहका तापक्रम जुन जलवायु परिवर्तनका कारण ४००–८०० गुणा बढी सम्भावित भएका थिए । विश्लेषण अनुसार ती तापमानहरू सामान्यभन्दा तीन डिग्री फारेनहाइट बढी थिए, जुन कार्बन प्रदूषणको प्रभाव नभएको भए सम्भव हुने थिएन ।
यद्यपि अध्ययन एटलान्टिक बेसिनका आँधीहरूमा केन्द्रित थियो, तर यसबाट विकास गरिएको तीव्र विश्लेषण फ्रेमवर्क विश्वभरका ट्रपिकल साइकलोनहरूको अध्ययनमा प्रयोग गर्न सकिनेछ । “हरिकेनहरूमा जलवायु परिवर्तनको प्रभावलाई मापन गर्ने र स्पष्ट रूपमा सञ्चार गर्ने आवश्यकता अत्यन्तै छ सह–निर्देशक डा. राल्फ टोउमीले भनेका छन । यस उत्कृष्ट अध्ययनमा, गिलफोर्ड, गिगुइरे, र पर्शिङले एक प्रभावशाली नयाँ ढाँचा प्रस्तुत गरेका छन् । यसले हरिकेनको अधिकतम सम्भावित तीव्रताको परिक्षित अवधारणालाई प्रयोग गर्दै समुद्री सतहको तापक्रममा जलवायु परिवर्तनको छापलाई समायोजन गरेको छ । यो मौलिक र गहिरो कार्यले अब हामीलाई हरिकेनको तीव्रता र जलवायु परिवर्तनबीचको सम्बन्ध छिटो मूल्याङ्कन गर्ने मार्ग प्रदान गर्दछ ।





