• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

नेपालका प्रधानमन्त्रि बालेन्द्र शाह टाइम म्यागजिनको विश्वका १०० प्रभावशाली व्यक्तिको सूचीमा

  •  खबरमाला संवाददाता
  • २०८३ बैशाख ३, बिहीबार ०७:२९ प्रकाशित
    • अ-
    • अ
    • अ+

    नेपालका प्रधानमन्त्री बालेन्द्र शाह  अमेरिकाको  प्रतिष्ठित टाइम म्यागेजिनको १०० प्रभावशाली व्यक्तिको सूचीमा परेका छन् । सन् २0२६ को यो सूचीमा अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प,देखि चीनका राष्ट्रपति सी चीनफिङसम्म पनि परेका छन् । नेताहरूको सूचीमा विश्वभरका  २५ जना परेका छन् । ३५ वर्षीय शाह फागुन २१ मा सम्पन्न निर्वाचनको विजयपछि नेपालको प्रधानमन्त्री बन्न सफल भएका थिए।

    प्रधानमन्त्री बालेन प्रभावशाली नेताको सूचीको  १४ औं नम्बरमा छन्।

    उक्त समूहमा पोप लियो पहिलो नम्बरमा छन्। दोस्रो नम्बरमा मेक्सिकोकी प्रधानमन्त्री क्लाउडिया शेइनबउम छिन्। अमेरिकी विदेशमन्त्री मार्को रूबिओ तेस्रो र राष्ट्रपति डोनाल्ड ट्रम्प चौथो नम्बरमा छन्।

    पाँचौंमा क्यानडाका प्रधानमन्त्री मार्क कार्नी, छैटौंमा न्युयोर्कका मेयर जोहरन ममदानी, सातौंमा चिनियाँ राष्ट्रपति सी चिनफिङ, आठौंमा जापानकी प्रधानमन्त्री सनइ तकाइची, नवौंमा इसराइलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहू, दसौंमा नामिबियाकी राष्ट्रपति नेतुम्बो नन्दी नदैतवाह, एघारौंमा मध्यपूर्वका लागि अमेरिकी दूत स्टिभ विटकोफ, बाह्रौंमा क्यालिफोर्नियाका गभर्नर ग्याभिन न्यूसम, तेह्रौंमा स्पेसएक्सकी प्रमुख ग्वाइन शटवेल र चौधौंमा प्रधानमन्त्री बालेन शाह छन्।

    टाइमले बालेनलाई हिप–हप कलाकारबाट उदाएका राजनीतिक नेतृत्वका रूपमा चित्रण गरेको छ। भ्रष्टाचार र पुरानो राजनीतिक संरचनाप्रति असन्तुष्ट युवा पुस्ताको आन्दोलनले उनलाई सत्तामा पुर्‍याएको भनेर पनि उल्लेख गरिएको छ। बालेनको उदयलाई युवा विद्रोहका रूपमा हेरिएको र यसले क्षेत्रीय सत्ता संरचनामै तरंग ल्याएको पत्रिकाले उल्लेख गरेको छ।

    उनको ऐतिहासिक जित विशेषगरी युवापुस्ताको व्यापक समर्थन र अघिल्लो वर्ष भएको जनआन्दोलनको प्रभावले सम्भव भएको टाइमले विश्लेषण गरेको छ । टाइमका एडिटर-एट-लार्ज चार्ली क्याम्पबेल ले लेखेको प्रोफाइलमा शाहको उदयलाई युवाहरूको राजनीतिक परिवर्तनको लहरका रूपमा चित्रण गरिएको छ। परम्परागत र वंशवादी राजनीतिप्रति असन्तुष्ट जनताको समर्थनले उनलाई राष्ट्रिय नेतृत्वमा पुर्‍याएको उल्लेख गरिएको छ।

    राजनीतिमा आउनुअघि हिप–हप कलाकारका रूपमा परिचित शाहले काठमाडौ महानगरपालिकाको मेयर हुँदा फोहोर व्यवस्थापन, शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधार ल्याउन उल्लेखनीय पहल गरेका थिए। उनको यही कार्यशैलीले उनलाई राष्ट्रियस्तरमा लोकप्रिय बनाएको उल्लेख छ । शाह आफ्नो कडा र स्पष्ट अभिव्यक्तिका कारण पनि चर्चित छन्। उनले भ्रष्टाचारविरुद्ध खुलेर आवाज उठाउँदै आएका छन्। संगीत पृष्ठभूमिका कारण पनि शाह युवामाझ विशेष प्रभाव राख्छन् भनिएको छ ।

    Post Views: 6
    प्रकाशित मिति: २०८३ बैशाख ३, बिहीबार ०७:२९
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अमेरिकामा अन्तराष्ट्रिय विधार्थीको भिषा अस्वीकृत दरमा उच्च बृद्धि
    स्पेनमा रहेका ५ लाख अबैध आप्रवासीलाई कानुनी मान्यता दिने घोषणा, ५ हजार नेपाली लाभान्वित हुने
    इजरायल सहित ४ देशमा खुल्यो पुन: श्रम स्वीकृति
    Advertisement
    ताजा अपडेट
    • १. अमेरिकामा अन्तराष्ट्रिय विधार्थीको भिषा अस्वीकृत दरमा उच्च बृद्धि

    • २. स्पेनमा रहेका ५ लाख अबैध आप्रवासीलाई कानुनी मान्यता दिने घोषणा, ५ हजार नेपाली लाभान्वित हुने

    • ३. इजरायल सहित ४ देशमा खुल्यो पुन: श्रम स्वीकृति

    • ४. नेपालका प्रधानमन्त्रि बालेन्द्र शाह टाइम म्यागजिनको विश्वका १०० प्रभावशाली व्यक्तिको सूचीमा

    • ५. कामु प्रधानन्यायाधीश सपना प्रधान मल्लको नेतृत्वमा पहिलो फुलकोर्ट

    चर्चित
    • १. सर्वोच्च अदालतमा महत्वपुर्ण मुद्दाको प्रत्यक्ष प्रशारण र सुचनाप्रविधि मैत्रि बनाउने कामु प्रधानन्याधिष सपना मल्लको तयारी

    • २. प्रधानमन्त्री र १५ मन्त्री: कसको सम्पत्ति कति? सबैभन्दा धनी र गरिब को हुन ?

    • ३. स्पेनमा रहेका ५ लाख अबैध आप्रवासीलाई कानुनी मान्यता दिने घोषणा, ५ हजार नेपाली लाभान्वित हुने

    • ४. राजनीतिक दृष्टिले निकै उथलपुथल वर्ष २०८२: आशा नयाँ बर्षको !

    • ५. हंगेरीका प्रधानमन्त्री भिक्टर ओर्बानले १६ वर्षपछि सत्ता गुमाए

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.