• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

पोर्चुगलको समुद्रमा हराएका धादिडका अर्का व्यक्ति भेटिए

  •  
  • २०८१ बैशाख ७, शुक्रबार ०७:१८ प्रकाशित
    • अ-
    • अ
    • अ+

    सामुद्रिक खाना शङ्खजन्य जीव (सेलफिस) खोज्ने क्रममा करिब दुई साताअघिदेखि पोर्चुगलमा समुद्रमा बेपत्ता भएका नेपाली युवाको शव भेटिएको छ।

    धादिङको नेत्रावती डबजोङ गाउँपालिका– ५ कटुञ्जेका ३८ वर्षीय टेकबहादुर तामाङको शव समुद्री किनारमा भेटिएको हो।

    तामाङको शव केही दिनअघि राजधानी लिस्बनको तेरेइरो डो पासोस्थित फेरि टर्मिनलनजिकैको समुद्री किनारमा भेटिएको स्थानीय प्रहरीलाई उद्धृत गर्दै मोन्तिजो नेपाली समाज पोर्चुगलका अध्यक्ष एवं नेपाली पत्रकार प्रबल भट्टराईले जानकारी दिए। शव भेटिए पनि उनको पहिचान बुधबार मात्र खुलेको थियो। बेपत्ता उनको खोजी भइरहेको थियो।

    गत अप्रिल ६ मा मोन्तिजोस्थित समुद्रमा सामुद्रिक खाना (सी फुड) खोज्ने क्रममा टेकबहादुर बेपत्ता भएका थिए भने उनीसँगै समुद्रमा गएका धादिङ नेत्रावती डबजोङ गाउँपालिका– ५ कटुञ्जेका ३० वर्षीय धनबहादुर तामाङको समुद्रमा डुबेर मृत्यु भएको थियो।

     

    परिवारको आग्रहमा दुवैजनाको शव नेपाल पठाउन लागिएको र यसका लागि कागजीलगायतका आवश्यक प्रक्रियाको तयारी भइरहेको गैरआवासीय नेपाली संघ पोर्चुगलकी वरिष्ठ उपाध्यक्ष एवं विपत् व्यवस्थापन उपसमितिकी संयोजक दीपा काफ्लेले जानकारी दिइन्।

    वैदेशिक रोजगारीको सिलसिलामा चार महिनाअघि क्रोएसिया आएका टेकबहादुर एक महिनाअघि मात्रै पोर्चुगल आएका थिए भने धनबहादुर फ्रान्स हुँदै गत वर्ष पोर्चुगल आएका थिए।  नाताले काका–भतिज पर्ने दुवैजना लिस्बन नजिकै पर्ने मोन्तिजोमा सँगै बस्दै आएका थिए। अहिले यी दुवैको शव लिस्बनस्थित साओ जोसे अस्पतलामा राखिएको छ। रासस

    Post Views: 158
    प्रकाशित मिति: २०८१ बैशाख ७, शुक्रबार ०७:१८
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अमेरिकी सहायक विदेशमन्त्री समीर पल कपुर काठमाडौंमा
    अमेरिकाको लुजियाना गोलीकाण्डमा ८ जना बालबालिकाको मृत्यू
    प्रवासी नेपालीलाई नागरिकताको निरन्तरता दिदा हानी हुँदैनः गर्भनर डा पौडेल
    Advertisement
    ताजा अपडेट
    • १. अमेरिकी सहायक विदेशमन्त्री समीर पल कपुर काठमाडौंमा

    • २. नेपाल-अमेरिका सम्बन्धमा भूकम्पीय धक्का

    • ३. अमेरिकाको लुजियाना गोलीकाण्डमा ८ जना बालबालिकाको मृत्यू

    • ४. प्रवासी नेपालीलाई नागरिकताको निरन्तरता दिदा हानी हुँदैनः गर्भनर डा पौडेल

    • ५. बालेन सरकारको आशा लाग्दो सकारात्मक परिवर्तन

    चर्चित
    • १. अमेरिकी सहायक विदेशमन्त्रि कपुर सोमबारबाट नेपाल भ्रमणमा

    • २. कसरी अमेरिकामा “खराबमध्येका अति खराब” सुचिमा परे यी सात नेपालीहरु ?

    • ३. स्पेनमा रहेका ५ लाख अबैध आप्रवासीलाई कानुनी मान्यता दिने घोषणा, ५ हजार नेपाली लाभान्वित हुने

    • ४. अमेरिकामा अन्तराष्ट्रिय विधार्थीको भिषा अस्वीकृत दरमा उच्च बृद्धि

    • ५. नेपालका प्रधानमन्त्रि बालेन्द्र शाह टाइम म्यागजिनको विश्वका १०० प्रभावशाली व्यक्तिको सूचीमा

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.