• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

पोल्यान्डमा ‘नेपाल फेस्टिबल–२०२६’ सञ्चालन हुँदै

  •  खबरमाला संवाददाता
  • २०८३ असार २६, शुक्रबार ०८:३४ प्रकाशित
    • अ-
    • अ
    • अ+

    युरोपेली मुलुक पोल्यान्डमा पहिलोपटक ‘नेपाल फेस्टिबल–२०२६’ आयोजना हुने भएको छ। आगामी जुलाई ११ मा पोल्यान्डको पोजनान सहरमा हुने महोत्सवमार्फत नेपाली संस्कृति, परम्परा तथा पर्यटन प्रवर्द्धन गर्ने लक्ष्य राखिएको आयोजकले जनाएको छ।

    हामी नेपाली ग्लोबल–पोल्यान्ड शाखाको आयोजनामा पोजनानस्थित इम्पेरियल क्यासलमा हुने महोत्सव शनिबार बिहान ११ः३० बजेदेखि सुरु हुनेछ।

    आयोजकका अनुसार महोत्सव जर्मनीका लागि नेपाली कार्यवाहक राजदूत तथा पोल्यान्डसमेत हेर्ने सागरप्रसाद फुयाँलको प्रमुख आतिथ्यमा सम्पन्न हुनेछ। कार्यक्रममा पोल्यान्ड सरकारको संस्कृति विभाग, नेपाल चेम्बर अफ कमर्सलगायत विभिन्न सरकारी तथा गैरसरकारी संस्थाका प्रतिनिधिहरूलाई पनि आमन्त्रण गरिएको छ।

    कार्यक्रममा पोल्यान्डमा रहेका नेपाली समुदायलाई नेपाली राष्ट्रिय झण्डासहित सहभागी भई महोत्सवलाई भव्य बनाउन आयोजकले आग्रह गरेको छ।

    आयोजक संस्था हामी नेपाली ग्लोबल–पोल्यान्डका अध्यक्ष शान्ति श्रेष्ठका अनुसार महोत्सव दुई चरणमा सञ्चालन हुनेछ।

    हामी नेपाली ग्लोबल–पोल्यान्ड शाखा पोल्यान्ड सरकारमा विधिवत् दर्ता भएका नेपाली संस्थामध्ये एक हो। सन् २०२१ मा पोल्यान्डको केआरएस (KRS)मा दर्ता भएको यस संस्थाले त्यहाँ रहेका नेपाली समुदायबीच सामाजिक, सांस्कृतिक तथा सामुदायिक गतिविधि सञ्चालन गर्दै आएको छ।

    Post Views: 99
    प्रकाशित मिति: २०८३ असार २६, शुक्रबार ०८:३४
    Advertisement
    संबन्धित शिर्षकहरु
    लोकतन्त्रको मूल्याङ्कन शक्तिशाली व्यक्तिले पाउने सुविधाबाट नभई शक्तिविहीन नागरिकले प्राप्त गर्ने न्यायबाट हुन्छः न्यायधिष मल्ल
    ख्याति प्राप्त हिमाल आरोही निर्मल पुर्जा: हिमालबाट कीर्तिमान, हिमालमै बिलाए
    हङकङकी दीपमाला बनिन् नयाँ मिस नेपाल
    Advertisement
    ताजा अपडेट
    • १. लोकतन्त्रको मूल्याङ्कन शक्तिशाली व्यक्तिले पाउने सुविधाबाट नभई शक्तिविहीन नागरिकले प्राप्त गर्ने न्यायबाट हुन्छः न्यायधिष मल्ल

    • २. ख्याति प्राप्त हिमाल आरोही निर्मल पुर्जा: हिमालबाट कीर्तिमान, हिमालमै बिलाए

    • ३. हङकङकी दीपमाला बनिन् नयाँ मिस नेपाल

    • ४. एकैदिन ६० हजार अबैध आप्रवासी छिरेपछि स्पेनमा मानवीय र सुरक्षा संकट !

    • ५. निर्मलपुर्जासहित १० जना पर्वतारोहण टोली पाकिस्तानको ब्रड पिकमा बेपत्ता

    चर्चित
    • १. डा. चन्द्र गिरीको नयाँ साहित्यिक कृति ‘डङ्कीः सपनाको कालबाटो’

    • २. सिड्नीमा युवा उद्यमीहरूको विश्व सम्मेलन सम्पन्न

    • ३. विश्वकप फुटबल हेर्न क्यानडामा पुगेका नेपालीसहित १० देशका सयौद्धारा शरणार्थी बन्न निवेदन !

    • ४. अमेरिकामा बीपी स्मृति दिवस तथा वृक्षरोपण सम्पन्न

    • ५. आज शुक्ल पूर्णिमा अर्थात् गुरुपूर्णिमा

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.