• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

ट्रम्पले जितेलगत्तै टेक्सासमा अबैध आप्रवासन रोक्न व्यापक कडाई शुरु

  •  
  • २०८१ कार्तिक २६, सोमबार ०३:४९ प्रकाशित
    • अ-
    • अ
    • अ+

    अबैध आप्रवासनको मुख्य प्रथान विन्दु मानिएको टेक्सासले राष्ट्रपति निर्वाचनमा डोनाल्ड ट्रम्पले जितेपछि अबैध आप्रवासनलाई थप कडाई गर्न थालेको छ । टेक्सास राज्यका गर्भनर ग्रेग अवर्टको कार्यालयले जारी गरेको विज्ञप्ति अनुसार सम्भावित अबैध आप्रवासन रोक्ने प्रयासहरुलाई थप कडाई गरेको जनाएको हो । गभर्नर ग्रेग एबोट, टेक्सास डिपार्टमेन्ट अफ पब्लिक सेफ्टी र टेक्सास नेशनल गार्डले सीमा सुरक्षित गर्न सँगै काम गर्न जारी राखेको जनाउँदै टेक्सासमा लागूपदार्थ, हतियार र मानिसहरूको तस्करी रोक्न र प्रवेश पोर्टहरू बीचको अन्तरदेशीय आपराधिक गतिविधिलाई रोक्न, पत्ता लगाउन र निषेध गर्न अदेश दिएको जनाएको छ ।

    अबैध आप्रवासन रोक्न भन्दै अपरेशन लोन स्टारको सुरुवात भएदेखि, एजेन्सीहरुको प्रयासले ५ लाख २५ हजार ८ सय भन्दा बढी अवैध आप्रवासी र ४८ हजार ५ सय भन्दा बढी आपराधिक गिरफ्तारीहरू, ४१ हजार ८ सय भन्दा बढी जघन्य आरोपहरू पक्राउ गरेको जनाएको छ । त्यहि अवधिमा सुरक्षाकर्मीले ५ सय ५२ मिलियन घातक फेन्टानिल जफत गरेको गर्भनरको कार्यलयबाट जारी विज्ञप्तिमा जनाएको छ ।

    टेक्सासमा आएका र समातिएका अबैध आप्रवासीहरुलाई अन्य राज्यहरुमा पठाएको तथ्यांक पनि सार्वजनिक गरेको छ । टेक्सासले अबैध आप्रवासनलाई रोक्न सबै पहल जारी राख्ने जनाएको छ । टेक्सासले केहि अबैध आप्रवासीलाई अमेरिकाका विभिन्न सेन्चुरी सिटीहरुमा पठाउने गरेको छ । जसमा टेक्सासले मात्रै वासिङ्टन डीसीमा १२ हजार ५०० भन्दा बढी, न्यूयोर्क शहरमा ४५ हजार ९०० भन्दा बढी, शिकागोमा ३६ हजार ९०० भन्दा बढी, फिलाडेल्फियामा ३ हजार ४०० भन्दा बढी , डेनभरमा १९ हजार र लस एन्जलसमा १५ हजार भन्दा बढी आप्रवासीहरू पठाएको तथ्यांक पनि सार्वजनिक गरेको छ । सबै भन्दा बढी न्यूयोर्कमा पठाएका त्यस्ता आप्रवासीहरुले लुटपाट गर्ने हत्या हिंसामा संलग्न हुने गतिवधि बढाउँदै लगेको समाचार आएका छन । स्मरणीय रहोस टेक्सासका गर्भनर कट्टर आप्रवासन विरोधी मानिन्छ ।

    राष्ट्रपति ट्रम्पले पनि आफ्नो पहिलो दिनबाटै आप्रवासी कसरी डिर्पोटेहन गर्ने भन्दै तयारी रहेको बताउँदै आएका छन । त्यसैगरी ट्रम्पले राष्ट्रपति जितेपछि दिन सक्ने आदेशहरु कसरी कार्यन्वयन गर्ने भन्दै सुरक्षा निकाय त्यसको तयारी गरिरहेको बताइएको छ । ठुलो सख्यामा अबैध आप्रवासी फिर्ता पठाउन ठुलो संख्यामा सुरक्षाकर्मीका आवश्यकता गर्ने भएकोले त्यहि अनुसार तयारी शुरु भएको जनाइएको छ ।

    अमेरिकी राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पले देशभित्र सैन्य बल तैनाथ गर्न र ठूलो संख्यामा गैरराजनीतिक कर्मचारीहरूलाई बर्खास्त गर्ने आदेश दिएको खण्डमा कस्तो प्रतिक्रिया दिने भन्नेमा अमेरिकी रक्षा मन्त्रालय पेन्टागनका अधिकारीहरू छलफलमा जुटेका छन् । ट्रम्पले अमेरिकाभित्र कानुन कार्यान्वयन र गैरकानुनी आप्रवासीलाई डिपोर्ट गर्न सेना प्रयोग गर्ने बताउँदै आएका छन् । त्यसका साथै भ्रष्टहरूलाई अमेरिकी राष्ट्रिय सुरक्षा निकायबाट निस्कासन गर्ने बताएका छन् ।

    अघिल्लो कार्यकालमा ट्रम्पको जर्नेल मार्क मिलिसहित उनका कतिपय वरिष्ठ सैन्य नेतृत्वसँगको सम्बन्ध तनावपूर्ण बनेको थियो । ज्वइन्ट चिफ अफ स्टाफका अध्यक्ष रहेका बेला मिलिले ट्रम्पको आणविक हतियार प्रयोग गर्ने क्षमतालाई सीमित गर्न कदम चालेका थिए । त्यसको प्रतिक्रियामा ट्रम्पले बारम्बार अमेरिकी सैनिक जर्नेलहरू ‘कमजोर र प्रभावविहीन’ भएको बताउने गरेका छन् ।

    राष्ट्रपतिमा ट्रम्प निर्वाचित भएसँगै पेन्टागनका अधिकारीहरूले विभिन्न परिदृष्यहरूको सामना गरिरहेको छ । ‘हामी सबै तयारी गर्दैछौं र सबैभन्दा खराब अवस्थाका लागि पनि योजना बनाइरहेका छौं । तर वास्तविकता यो हो कि हामीलाई अब के हुँदै छ भन्ने थाहा छैन,’ एक रक्षा अधिकारीले सीएनएनसँग भनेका छन् । ट्रम्पको जितसँगै पेन्टागनभित्र पनि प्रश्न खडा भएको छ । यदि राष्ट्रपतिले गैरकानुनी आदेश जारी गरे भने के गर्ने भन्नेमा रक्षा अधिकारीहरूमा अन्योल छाएको सीएनएनले जनाएको छ । ‘सैनिकहरू कानुनद्वारा अवैध आदेशहरूको अवज्ञा गर्न बाध्य छन्,’ अर्का रक्षा अधिकारीले भने, ‘तर प्रश्न यो छ कि त्यसपछि के हुन्छ के हामी वरिष्ठ सैन्य अधिकारीहरूको राजीनामा देख्छौं

    यस्तो अवस्थामा ट्रम्पले पेन्टागनको नेतृत्व कसलाई दिन्छन् भन्ने पनि महत्वपूर्ण छ । यद्यपि ट्रम्प र उनको टोलीले अघिल्लो कार्यकालमा सेनासँग रहेको ‘शत्रुतापूर्ण’ अन्त्यका लागि प्रयास गर्नेमा अधिकारीहरूले आशा गरेका एक अधिकारीले बताएका छन् ।

    Post Views: 210
    प्रकाशित मिति: २०८१ कार्तिक २६, सोमबार ०३:४९
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दुत गोर आज नेपाल जाँदै
    हार्वर्ड र एमआईटीमा ‘द नेपाल डिस्कोर्स’ को पहिलो सम्मेलन सम्पन्न
    एमसिए नेपालले सुरू गर्‍यो धानखोला–लमही सडक खण्ड स्तरोन्नतिको काम
    Advertisement
    ताजा अपडेट
    • १. अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दुत गोर आज नेपाल जाँदै

    • २. हार्वर्ड र एमआईटीमा ‘द नेपाल डिस्कोर्स’ को पहिलो सम्मेलन सम्पन्न

    • ३. एमसिए नेपालले सुरू गर्‍यो धानखोला–लमही सडक खण्ड स्तरोन्नतिको काम

    • ४. संसारमा नभएको दुर्लभ प्रक्रिया “प्रतिस्पर्धा”बाट राजदूत चयन गर्ने अभ्यास किन ?

    • ५. मध्यपुर्वको ३ देशमा मात्रै अबैध नेपालीको संख्या ३ लाख ७१ भन्दा बढी

    चर्चित
    • १. राहदानी ऐन संशोधन मस्यौदा तयारः अब पाँच प्रकारका राहादानी जारी हुने !

    • २. अमेरिकामा कस्ता आप्रवासीको नागरिकता खारेज हुन्छ ? ३ सय नागरिकता खारेजीको तयारीपछि त्रासमा आप्रवासी !

    • ३. सम्पत्ति जाँचबुझ आयोगले प्रभावशाली व्यक्तिहरूको विदेशमा रहेका वा पुर्याइएका सम्पति छानवीन गर्ने !

    • ४. अमेरिकाद्धारा नेपाललाई छ वटा हेलिकप्टर अनुदान दिने प्रस्तावमा नेपालद्धारा एउटा ठुलो विमान दिन माग !

    • ५. एकपछि अर्को उच्चस्तरीय कुटनीतिक भ्रमणको केन्द्र बन्दै नेपाल

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.