• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

प्रत्येक महिना एकसय नेपाली डिर्पोट भएर नेपाल फिर्ता, देश निकालामा परेका १३ सय नेपाली अमेरिकामा !

  •  
  • २०८१ पुष ३, बुधबार ०९:५५ प्रकाशित
    • अ-
    • अ
    • अ+

    नेपाली आप्रवासनका क्रममा विश्वका १ सय १४ देशमा रहेको विभिन्न तथ्यांकहरुले भनिरहँदा जति धेरै प्रवासमा छन, उत्तिकै संख्यामा समस्याहरु बढेर गएका छन । एक तथ्यांकले देखाए अनुसार प्रत्येक दिन ४ जना नेपाली विभिन्न देशबाट डिर्पोर्ट भएर नेपाल फर्किएका रहेका छन । अध्यागमन विभागको तथ्याङ्कअनुसार औसतमा प्रत्येक दिन तीन जनाभन्दा धेरै र हरेक महिना एक सय जनाको हाराहारीमा नेपालीहरू विभिन्न देशबाट निष्काशित भएर नेपाल फर्किरहेका छन् । यो वर्ष नोभेम्बर २२ सम्मको तथ्याङ्कअनुसार डिपोर्ट भएर स्वदेश फर्काइएका नेपाली नागरिकको संख्या एक हजार १ सय ६२ जना पुगेको छ । यो वर्ष सबैभन्दा धेरै नेपाली यूएईबाट निष्काशनमा परेका छन् । त्यसपछि क्रमशः मलेशिया र कतारबाट निष्काशित हुने नेपालीको सख््या बढी रहेको बताइएको छ ।

    त्यसै गरी विगत चार वर्षको अवधिमा अमेरिकाबाट एक सय १४ नेपाली नागरिकहरू निष्काशनमा परेर नेपाल फिर्ता भएका छन् । अध्यागमन विभागका अनुसार सन् २०२४ मा अहिलेसम्म ३३ जनालाई अमेरिकाले त्यसरी नेपाल फर्काएको छ । तीमध्ये आठ जना एकै खेपमा नेपाल आएका पुगेको प्रहरी जनाएको छ । अमेरिकाबाट गत वर्ष २४ जना, सन् २०२२ मा २२ र २०२१ मा ३५ नेपाली निष्काशनमा परेका थिए । अमेरिकाले देशनिकालाको आदेश गरे पछि पनि झण्डै साँढे १४ लाख आप्रवासीहरु अमेरिकामा नै रहेको एक तथ्यांकले जनाएको छ । ती मध्ये १३ सय ६५ जना नेपालीहरु रहेको अमेरिकी इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्ट आइसलले सार्वजनिक गरेको छ । ती व्यक्तिहरु हिराशतमा राखेको छैन तर उनिहरु आगामी ट्रम्प प्रशासन आइसकेपछि देशनिकालाको मुख्य प्राथमिकतामा रहेकाहरु हुन् । ट्रम्पले भनेका छन कि सबै भन्दा पहिले उनिहरु देशबाट निकालिने छन । एक्जुकेटिभ अफिस फर इमिग्रेशन रिभ्युको तथ्यांक अनुसार अहिलेसम्ममा नेपालीहरु ३ हजार ४ सय ४९ जनालाई देशनिकालाको आदेश दिइएको छ ।

    विश्वका विभिन्न मुलुकबाट देशनिकालामा परेर फर्किने नेपालीहरूमा वैदेशिक रोजगारी र अध्ययनमा गएका युवादेखि प्रदेशका बहालवाला मन्त्रीसम्म मुछिएका छन । केही साताअघि कोशी प्रदेशका कानुनमन्त्री लीलावल्लभ अधिकारीलाई जापानले विमानस्थलबाटै नेपाल फिर्ता पठाइदिएको थियो ।अध्यागमन विभागका निर्देशक टीकाराम ढकालका अनुसार यूएईबाट २ सय ७० जना, मलेशियाबाट ८८ जना र कतारबाट ६४ जना देशनिकालामा परेर नेपाल फिर्ता भएको विविसि संग बताएका छन ।

    विगत पाँच वर्षको तथ्याङ्कअनुसार सन् २०२३ मा सर्वाधिक सङ्ख्यामा नेपाली नागरिकहरू निष्काशित भएर फर्किएका थिए । २०२३ मा सो वर्ष एक हजार ४ सय ४३ जना डिपोर्ट भएर नेपाल फर्काइएका थिए । त्यसअघि सन् २०२२ मा एक हजार १ सय ६७ जना र २०२१ मा ८ सय ८० जना डिपोर्ट भएर नेपाल फर्काइएका थिए । प्रहरीको मानव बेचबिखन तथा अनुसन्धान ब्यूरोका प्रवक्ता भावेश रिमालका अनुसार अमेरिकाबाट डिपोर्ट भएर आउनेमध्ये अधिकांश गैरकानुनी बाटो मेक्सिकोबाट अमेरिका प्रवेश गर्नेहरू रहेका छन ।

     

    Post Views: 195
    प्रकाशित मिति: २०८१ पुष ३, बुधबार ०९:५५
    Advertisement
    संबन्धित शिर्षकहरु
    कन्सल्टेन्सीले २५ लाख रुपैयाँ धरौटी बुझाउनुपर्ने नयाँ नियम, विधार्थी अलपत्र परे कन्सल्टेन्सी जिम्मेवार
    अमेरिकाको क्यालिफोनियामा आदिकवि भानुभक्तको पुर्ण कदको शालिक अनावरण
    आदिकवि भानुभक्तको २१३औं जन्मजयन्ती मनाइँदै
    Advertisement
    ताजा अपडेट
    • १. कन्सल्टेन्सीले २५ लाख रुपैयाँ धरौटी बुझाउनुपर्ने नयाँ नियम, विधार्थी अलपत्र परे कन्सल्टेन्सी जिम्मेवार

    • २. अमेरिकाको क्यालिफोनियामा आदिकवि भानुभक्तको पुर्ण कदको शालिक अनावरण

    • ३. आदिकवि भानुभक्तको २१३औं जन्मजयन्ती मनाइँदै

    • ४. ६० हजार अघि अफ्रिकाबाट बसाइँसराइको शुरुवात :आधुनिक मानव अफ्रिकाबाट निस्किएपछि कहाँ पुगे?

    • ५. मेटाले क्यानडा १० बिलियन डलरको नयाँ डाटा सेन्टर बनाउने

    चर्चित
    • १. अमेरिकाको क्यालिफोनियामा आदिकवि भानुभक्तको पुर्ण कदको शालिक अनावरण

    • २. ६० हजार अघि अफ्रिकाबाट बसाइँसराइको शुरुवात :आधुनिक मानव अफ्रिकाबाट निस्किएपछि कहाँ पुगे?

    • ३. बेल्जियमलाई २–१ ले पराजित गर्दै स्पेन सेमिफाइनलमा

    • ४. आदिकवि भानुभक्तको २१३औं जन्मजयन्ती मनाइँदै

    • ५. नेपालमा किन बढ्दै छन् आत्मदाहा ? दैनिक १८ जनाले आत्महत्या गर्ने गरेको तथ्य !

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.