• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

सामान्य गल्तीमा आप्रवासी डिर्पोट गर्ने कानुन अमेरिकी संसदबाट पारित

  •  
  • २०८१ पुष २४, बुधबार १०:०४ प्रकाशित
    • अ-
    • अ
    • अ+

    यसैपनि अबैध आप्रवासीका लागि अबको दिन कठिन थियो त्यसमा पनि आप्रवासीले गर्ने सानो तिनो गल्तीको कारण डिर्पोट हुनसक्ने कानुन अमेरिकी संसदबाट पास भएको छ । एक जना गैरकानुनी आप्रवासीले अमेरिकी नागरिकको हत्या गरेको विषयमा अमेरिकी संसदमा पुगेको यो विधेयक रिपव्लिकन र डेमोक्र्याट सांसदहरुको बहुमतद्धारा पास भएको हो । राष्ट्रपति डोनाल्ड ट्रम्पको आगमन हुँदै गर्दा त्रासमा रहेका आप्रवासीका लागि यो कानुन निकै अनुदार हो । अमेरिकी संसदबाट यो बील पारित भएपछि अहिंसात्मक अपराधको सानातिना अभियोग लगाइएका कागजातविहीन आप्रवासीहरूलाई देश निकाला गर्ने बाटो खुलेको छ ।

    यो बीलमा मुख्य रुपमा दोषी ठहर भएका नभई अभियोग मात्र लगाइएका कागजातविहीनलाई समेत देशनिकाला गर्नसक्ने प्रावधान उल्लेख छ । यो बिलमा खासगरी चोरी, डकैती, लुटपाट वा गैरहिंसात्मकको आरोप लागेका कागजातविहीन आप्रवासीहरूलाई हिरासतमा राख्ने प्रष्ट प्रावधान छ ।

    अझै महत्वपुर्ण कुरा त यो आप्रवासीप्रति अनुदार बिल पारित गर्न ४८ जना डेमोक्र्याट सांसदहरुले पनि रिपब्लिकनहरूलाई साथ दिएर बिलको पक्षमा २ सय ६४ र विपक्षमा १५९ मत खसेको थियो । यो बिल शुक्रबार रिपब्लिकन–नियन्त्रित सिनेटमा जान्छ जहाँ ५३ जना रिपव्लिकन सिनेटरहरुको बहुमत छ । सिनेटमा विधेयक अघि बढाउन ६० मत आवश्यक पर्नेछ । यसका लागि रिपब्लिकनहरूले आठ डेमोक्र्याट सिनेटरहरूको समर्थन जुटाउनुपर्नेछ । पेन्सिल्भेनियाका सिनेटर जोन फेटरम्यानले यो विधेयकका सह–प्रायोजकका रूपमा समर्थन जनाइसकेका छन् ।

    गैरकानूनी रूपमा अमेरिका प्रवेश गरेको कुनै कागजातविहिन आप्रवासीले अमेरिकामा राज्य वा त्यहाँका बासिन्दाहरूलाई हानि पु¥याउने अपराध गरेमा राज्यका महान्यायाधिवक्ताहरूले मुद्दा हाल्ने अधिकारको व्यवस्थासमेत बिलमा छ ।, जहाँ यसलाई आगामी दिनहरूमा विचार गरिने अपेक्षा गरिएको छ ।

    कसरी आयो यो आप्रवासीप्रति अनुदार बील ?

    “लेकेन राइली एक्ट“ गत वर्ष जर्जिया विश्वविद्यालयकी २२ वर्षीय नर्सिङ विद्यार्थी, लेकेन राइलीको हत्या भएपछिको घटनासँग सम्बन्धित छ । यो बिल २२ वर्षीया नर्सिङ विद्यार्थी ल्याकेन रिलेको नाममा राखिएको छ, जो गत वर्ष जर्जियामा कागजातविहीन आप्रवासीद्वारा मारिएका थिए । बिलले रिलेको हत्याको लागि नोभेम्बरमा आजीवन कारावासको सजाय पाएका भेनेजुएलाका जोसे एन्टोनियो इबारा जस्ता मानिसहरूलाई लक्षित गर्ने लक्ष्य राखेको छ ।

    उनलाई एक अवैध आप्रवासीले हत्या गरेको थियो । “लेकेन राइलीको हत्या एक असहनीय र भयावह अपराध मानिएपछि उसैको नाममा कानुन बन्ने छ । विधेयकले अमेरिकाको बिग्रिएको आप्रवासन प्रणालीलाई सुधार गर्न र यस प्रकारका अपराधहरू रोक्न अर्थपूर्ण कदम हुने सासदहरुले बताएका छन । लेकेन राइलीको हत्याको आरोपमा भेनेजुएलाका जोसे इबारालाई नोभेम्बरमा दोषी ठहर गरिएको थियो । उनलाई आजीवन कारावास सजाय सुनाइएको छ । अमेरिकी प्रतिनिधिसभाले मंगलबार “लेकेन राइली एक्ट“ स्वीकृत गरेको छ, जसले नयाँ कंग्रेसको पहिलो विधेयक पारित गरेको हो । यो विधेयक डोनाल्ड ट्रम्प र उनका रिपब्लिकनहरूले नोभेम्बरको चुनावमा आप्रवासनको विषयलाई प्राथमिकता दिँदै गरेको अभियानको निरन्तरता हो । अहिले आइसले साना स्तरका अपराध गर्नेहरु कागजातविहीनहरूलाई पक्राउ गर्न र निर्वासन गर्न असमर्थ रहेकाले अपराधीहरू झन् बढी रहेको भन्दै यसबाट समुदायहरू असुरक्षित बन्दै गएको जर्जियाका रिपब्लिकन सांसद माइक कोलिन्सले बताएका छन् ।

    Post Views: 151
    प्रकाशित मिति: २०८१ पुष २४, बुधबार १०:०४
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    क्यानडा विदेशी विद्यार्थीका लागि आकर्षक गन्तव्य बन्दैः पढाई पुरा गरेपछि सजिलै पिआर पाउने
    भारतको अर्थतन्त्र खस्किएर बेलायतभन्दा पछाडि छैटौँ स्थानमा पुग्यो : आइएमएफ
    प्रवासमा एक हप्तामा दुई नेपालीको हृदयविदारक निधनः जसले नेपाली प्रवासीलाई झस्काईरहने छ !
    Advertisement
    ताजा अपडेट
    • १. क्यानडा विदेशी विद्यार्थीका लागि आकर्षक गन्तव्य बन्दैः पढाई पुरा गरेपछि सजिलै पिआर पाउने

    • २. भारतको अर्थतन्त्र खस्किएर बेलायतभन्दा पछाडि छैटौँ स्थानमा पुग्यो : आइएमएफ

    • ३. प्रवासमा एक हप्तामा दुई नेपालीको हृदयविदारक निधनः जसले नेपाली प्रवासीलाई झस्काईरहने छ !

    • ४. स्पेनमा पाँच लाख अबैध आप्रवासीलाई वैधता दिने !

    • ५. मानव अधिकार आयोगले भदौ २३ र २४ को आन्दोलनको प्रतिवेदन १६ बैशाखमा सरकारलाई बुझाउँदै

    चर्चित
    • १. अमेरिकी सहायक विदेशमन्त्रि कपुर सोमबारबाट नेपाल भ्रमणमा

    • २. कसरी अमेरिकामा “खराबमध्येका अति खराब” सुचिमा परे यी सात नेपालीहरु ?

    • ३. टर्कीद्धारा नेपालमा दूतावास खोल्ने विषय भारतका लागि किन समस्या ?

    • ४. संयुक्त राष्ट्रसङ्घ महासचिवको दौडमा को को हुन प्रतिस्पर्धी चारजना ?

    • ५. नेपाल-अमेरिका सम्बन्धमा भूकम्पीय धक्का

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.