एक वर्षसम्म ट्रम्प प्रशासनले विश्वव्यापी स्वास्थ्य र मानवीय सहायता कटौती गरे पनि फेरी अमेरिकी सरकारको बजेटमा फेरि विदेशी सहायता खर्च समावेश गरिएको छ। यसको मतलव अब अमेरिकाले विगतमा रोकेको विदेशी सहायता सूचारु गर्ने गरी बजेट बनाएको छ । यसबाट विश्वभर रोकिएका मानवियता सहायता शुरु हुनेछ । गत मंगलबार साँझ राष्ट्रपति ट्रम्पले सेप्टेम्बर ३० सम्म सरकारका अधिकांश कार्यक्रमहरू सञ्चालन गर्न आवश्यक खर्च विधेयकमा हस्ताक्षर गरेका छन ।
उक्त विधेयकमा कंग्रेसले सन् २०२६ का लागि विदेशी सहायतामा ५० अर्ब डलर विनियोजन गरेको छ । जुन सन् २०२५ को तुलनामा १६ प्रतिशत कम हो। तर, प्रशासनले प्रस्तावित बजेटमा विदेशी सहायताका लागि खर्च गर्न चाहेको संकेत गरेको रकमभन्दा यो अझै धेरै हो।

विदेशी सहायता प्याकेजमा इजिप्ट, इजरायल र ताइवानलाई दिइने सैन्य सहायता जस्ता विभिन्न विषयहरू समावेश छन्। साथै, लोकतन्त्र समर्थन गर्ने पहलहरू, छात्रवृत्ति कार्यक्रमहरू, अमेरिकी दूतावास सञ्चालन, तथा विश्वभरका स्वास्थ्य र मानवीय कार्यक्रमहरूका लागि पनि रकम समेटिएको छ।
सेनेटको विनियोजन समितिकी अध्यक्ष, मेन राज्यकी रिपब्लिकन सिनेटर सुसान कोलिन्सले एक विज्ञप्तिमा यो विधेयकले अमेरिकी जनताको प्राथमिकता अघि बढाएको बताइन्। “यो वित्तीय रूपमा जिम्मेवार प्याकेजले अमेरिकी विदेशी सहायता पुनर्संरेखित गर्छ र विश्वमञ्चमा अमेरिकालाई अझ सुरक्षित र बलियो बनाउँछ,” उनले भनिन्। सहायता क्षेत्रमा काम गर्ने संस्थाहरूले पनि, अघिल्ला वर्षहरूको तुलनामा मानवीय सहायताको रकम घटाइएको टिप्पणी गर्दै, यस प्याकेजलाई स्वागत गरेका छन्।
सन् २०२५ मा ट्रम्प प्रशासनले अमेरिकाको धेरैजसो विदेशी सहायता प्रणालीहरू रोकेका थिए । यसमा ६४ वर्ष पुरानो संयुक्त राज्य अन्तर्राष्ट्रिय विकास एजेन्सी यूएसएआईडि बन्द गर्नु र कंग्रेसले सन् २०२५ का लागि छुट्याएको अर्बौँ डलर विदेशी सहायता फिर्ता पठाउनु पनि समावेश थियो। ती कदमहरू रिपब्लिकन नेतृत्वको कंग्रेसबाट धेरै हदसम्म स्वीकृत भएका थिए। राष्ट्रपति ट्रम्प र प्रशासनका अन्य वरिष्ठ अधिकारीहरूले उक्त एजेन्सीमा अत्यधिक फजुल खर्च र ठगी भएको तथा यो अति वामपन्थीहरूको अखडा भएको आरोप लगाएका थिए।
काट्जका अनुसार गत वर्षको बजेट कटौतीले विश्वभरि स्वास्थ्य र मानवीय सहायतामा पारेको प्रभावबारे कंग्रेसका दुवै पक्षमा चिन्ता थियो। धेरै मानिसहरूले स्वास्थ्य क्लिनिक, औषधि र खाद्य सामग्रीमा पहुँच गुमाएका थिए । साथै, अमेरिकी सहायता घट्दा विश्वमञ्चमा अमेरिकाको ‘सफ्ट पावर’ प्रभाव कमजोर हुने र चीनजस्ता प्रतिस्पर्धी राष्ट्रहरूले त्यो खाली स्थान भर्ने डर पनि रहेको उनले बताए। केही रिपब्लिकन नेताहरूले पनि विदेशी सहायता कोषका उद्देश्य स्पष्ट पार्दै ती चिन्तालाई स्वीकार गरेका छन्।
“हामी आफ्ना शत्रुहरूलाई सामना गर्छौँ र आफ्ना मित्रहरूसँग उभिन्छौँ। हामी लोकतन्त्र र मानवअधिकारका प्रयासलाई बलियो बनाउँछौँ। लक्षित सुरक्षा र आर्थिक लगानीले अमेरिकीहरूलाई सुरक्षित राख्छ र विश्वमा हाम्रो अग्रता कायम राख्छ,” विधेयक सार्वजनिक हुँदा ओक्लाहोमाका रिपब्लिकन प्रतिनिधि टम कोलले विज्ञप्तिमा लेखेका थिए। “विश्वव्यापी संलग्नताका सन्दर्भमा अमेरिकामा केही ‘पछुतो’ देखिन्छ, अर्थात् राष्ट्रपति ट्रम्पका नीतिहरूले अमेरिकाको सफ्ट पावर फिर्ता तानिएको अनुभूति गराएको छ,” काट्ज भन्छन्।
तर विदेशी सहायता समुदायका केही व्यक्तिहरू कंग्रेस प्रशासनको नयाँ विदेशी सहायता मोडेलसँग अझ बढी मेल खाने अपेक्षा गरिरहेका थिए। विदेश मन्त्रालयको नयाँ ‘अमेरिका फर्स्ट ग्लोबल हेल्थ स्ट्राटेजी’ व्यक्तिगत देशहरूसँग प्रत्यक्ष सम्झौता गर्ने, तिनका स्वास्थ्य प्रणालीमा लगानी गर्ने, ती सरकारहरूलाई पनि लागतमा साझेदारी गराउने, साथै अमेरिकी व्यवसायका लागि अवसर सिर्जना गर्ने कुरामा केन्द्रित छ।
ट्रम्प प्रशासन अघिल्लो सहायता मोडेलअन्तर्गत विश्वव्यापी स्वास्थ्यसम्बन्धी कामका लागि अधिकांश विदेशी सहायता रकम पाउने सहायता समूह र गैरसरकारी संस्थाहरूप्रति आलोचनात्मक रहँदै आएको छ। प्रिमोराकका अनुसार ती संस्थाहरूले वास्तविक समस्यामा भन्दा प्रशासनिक खर्चमा धेरै पैसा खर्च गर्छन्। यसको सट्टा, प्रशासनको नयाँ रणनीतिले न्यून आय भएका देशहरूलाई आत्मनिर्भर बन्न प्रोत्साहन गर्ने लक्ष्य राखेको छ।





