• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

मेक्सिको सिमाबाट अमेरिका प्रबेश गर्नेको संख्यामा ५० बर्ष यताकै कम, कति डिर्पोट भए ?

"ट्रम्पको एकबर्षे कार्यकाल  "
  •  खबरमाला संवाददाता
  • २०८२ माघ २२, बुधबार ०६:०७ प्रकाशित
    • अ-
    • अ
    • अ+

    अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्पको एक बर्षे शासनकालमा मेक्सिको हुँदै अमेरिका प्रवेश गर्ने आप्रवासीहरूको संख्यामा ५० बर्ष यताकै ठुलो गिरावट आएको एक अध्ययनले देखाएको छ । पछिल्ला ५० वर्षमा सबैभन्दा कम मानिसहरु एक बर्षमा मेक्सिको सिमाबाट अमेरिका प्रबेश गरेको तथ्यांक प्यू रिसर्च सेन्टरले जनाएको छ । संघीय सरकारको तथ्यांकको आधारमा प्यू रिसर्च सेन्टरले गरेको विश्लेषणअनुसार अमेरिकी–मेक्सिको सीमामा सीमा गस्तीले सन् २०२५ को जनवरी २०बाट आर्थिक वर्षमा २ लाख ३७ हजार ५३८ आप्रवासी अमेरिका प्रबेश गरेको उल्लेख छ । तीमध्ये कति पक्राउ , जेल वा डिर्पोट परे त्यो भने उल्लेख छैन ।

    गत बर्ष अर्थात जो बाईडनको कार्यकालमा यो संख्या सन् २०२४ को आर्थिक वर्षमा भएका १५ लाखभन्दा बढी, सन् २०२३ मा २० लाखभन्दा बढी तथा सन् २०२२ मा रेकर्ड कायम भएको २२ लाखभन्दा बढी अबैध आप्रवासी अमेरिका प्रबेश गरेको उल्लेख छ । त्यो सख्याको आधारमा ट्रम्पले सत्ता सम्हालेपछि यो ५० बर्ष यताकै कम हो । सीमा गस्तीका ऐतिहासिक तथ्यांकअनुसार, सन् १९७० यता कुनै पनि आर्थिक वर्षको तुलनामा सन २०२५ मा अमेरिका प्रवेश गर्ने सख्या न्यून रहेको अध्धयनले दावी गरेको छ ।

    आप्रवासी प्रबेशको यो सख्या तीव्र गिरावट आउनुमा राष्ट्रपति ट्रम्प प्रशासनकालमा अमेरिका र मेक्सिकोमा गरिएका नीतिगत परिवर्तन पछि भएका हुन । सन् २०२४ अप्रिलमा तत्कालीन अमेरिकी राष्ट्रपति जो बाइडेन र मेक्सिकी राष्ट्रपति आन्द्रेस म्यानुएल लोपेज ओब्रादोरले आप्रवासन नियन्त्रण कडा बनाउने सहमति घोषणा गरेका थिए। मेक्सिकोले लागू गरेको कडाइले अमेरिकातर्फ जाने आप्रवासीको प्रवाह घटाउन महत्वपूर्ण भूमिका खेलेको पनि उल्लेख छ। सन् २०२४ जुन र फेरि सेप्टेम्बरमा, बाइडेन प्रशासनले अमेरिकामा शरण माग्ने आप्रवासीहरूका लागि नयाँ प्रतिबन्धहरू लागू गरेको थियो। त्यसबेला पनि अबैध आप्रवासी अमेरिका आउन कम हुँदै गएकोथियो । जब ट्रम्पले सत्ता सम्हाले पनि त्यसको सख्यामा भारी गिरावट आएको उल्लेख छ ।

    सन् २०२५ जनवरीमा पुनः पदभार ग्रहण गरेलगत्तै राष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिणपश्चिमी सीमामा राष्ट्रिय आपतकाल घोषणा गर्दै सीमा सुरक्षामा सहयोग गर्न अमेरिकी सेनालाई निर्देशन दिएका थिए। साथै, आप्रवासीहरूलाई शरणका लागि आवेदन दिन अनुमति दिने बाइडेनकालीन मोबाइल एप पनि प्रशासनले बन्द गरेको थियो ।
    ट्रम्प प्रशासनले अमेरिका प्रवेश गरी सकेकालाई पक्राउ गरी देश निकाल गर्ने र प्रबेश नै गर्न नदिनको लागि व्यापक कानुन परिवर्तन मात्रै गरेन, व्यापक धरपकड पनि गरेको थियो । जुन अहिले पनि जारी छ । यस्ता धरपकडको कारण राष्ट्रपति ट्रम्प प्रशासनले सयौ मुद्दाहरु खेप्नु परेको उल्लेख छ । कतिपय मुद्दाहरुमा ट्रम्प प्रशासनलाई अबरोधहरु उत्पन्न भएको पनि अध्ययनहरुले उल्लेख गरेको छ ।

    अमेरिकाबाट राष्ट्रपति ट्रम्पको एक बर्षे कायकालमा अमेरिकी सरकारी तथ्यांक अनुसार अमेरिकी गृह सुरक्षा विभागको विवरणअनुसार, सन् २०२५ जनवरी २० देखि हालसम्म करिब ६ लाख ५ हजार मानिसलाई निष्कासन गरिएको बताइएको छ। यद्यपि, यस संख्यामा सीमामा वा विमानस्थलमै फर्काइएका व्यक्तिहरू पनि समावेश हुन सक्ने भएकाले विस्तृत विवरण सार्वजनिक रूपमा स्पष्ट छैन।

    स्वतन्त्र अनुसन्धान संस्थाहरुले ट्रम्पको पदभार ग्रहणपछि करिब ३ लाख ५० हजार वास्तविक निष्कासन भएको अनुमान गरेको छ। यस अध्ययनले मुख्यतः कानून कार्यान्वयन निकायहरूद्वारा हटाइएका व्यक्तिहरूलाई केन्द्रमा राखेको छ। एक अर्को विश्लेषणअनुसार, सन् २०२५ को अन्त्यसम्म ट्रम्प प्रशासनले करिब ६ लाख अवैध आप्रवासीहरूलाई निष्कासन गर्ने मार्गमा रहेको देखिन्छ। केही प्रतिवेदनहरू द न्यूयोर्क टाइम्सले अमेरिकाको आन्तरिक भाग र सीमाबाट गरिएका निष्कासनहरूलाई एकसाथ गणना गर्दै सन् २०२५ जनवरी २० देखि २०२६ जनवरी २० सम्म करिब ५ लाख ४० हजार कुल निष्कासन भएको अनुमान गरेको उल्लेख छ ।

    स्मरणीय रहोस अमेरिका र मेक्सिको सिमानाको लम्बाई १७ सय ३४ माईल लामो रहेको छ । जहाँबाट दैनिक हजारौ मानिस अमेरिका जाने गरिएको बताईन्छ । जसमा ७ सय ४१ माई लामो पर्खाल निर्माण भई सकेको छ ।

     

    Post Views: 129
    प्रकाशित मिति: २०८२ माघ २२, बुधबार ०६:०७
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    “चिकेन नेक” दक्षिण एसियाको रणनीतिक सन्तुलन र भारतका लागि सदैव संवेदनशिल किन ?
    राजनीतिक दलहरूका नाममा आयोगको ६३ बुँदे निर्देशन
    एक करोड ९१ लाख मतपत्र छापियो, करिब १२ लाख बाँकी
    Advertisement
    ताजा अपडेट
    • १. “चिकेन नेक” दक्षिण एसियाको रणनीतिक सन्तुलन र भारतका लागि सदैव संवेदनशिल किन ?

    • २. राजनीतिक दलहरूका नाममा आयोगको ६३ बुँदे निर्देशन

    • ३. एक करोड ९१ लाख मतपत्र छापियो, करिब १२ लाख बाँकी

    • ४. ‘भ्वाइस अफ नेपाल’ सिजन ७ को उपाधि नीताकुमारी थापालाई

    • ५. नेपाली चुनावमा अमेरिकी सिनेटरको चासो, प्रजातान्त्रिक प्रक्रियाबाट शान्ति कायम गर्न आग्रह

    चर्चित
    • १. यूरोपेली मुलुक ग्रीसमा अमेरिकी नागरिकका लागि गोल्डन कार्ड प्रणाली लागु

    • २. अमेरिकामा टीपीएस खारेजलाई अदालतद्धारा सदर गरेपछि साँढे ७ हजार नेपाली प्रभावित

    • ३. काठमाडौं पुगे चीनका नयाँ राजदूत झाङ माओमिङ

    • ४. ‘भ्वाइस अफ नेपाल’ सिजन ७ को उपाधि नीताकुमारी थापालाई

    • ५. नेपाली चुनावमा अमेरिकी सिनेटरको चासो, प्रजातान्त्रिक प्रक्रियाबाट शान्ति कायम गर्न आग्रह

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.