• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

अबैध आप्रवासी हिरासतमा राख्न ट्रम्प प्रशासनलाई अदालतको स्वीकृति !

"अमेरिकामा आप्रवासन नीतिमा कडाईको संकेत "
  •  खबरमाला संवाददाता
  • २०८२ माघ २७, सोमबार ०५:२३ प्रकाशित
    • अ-
    • अ
    • अ+

     

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लिएको कडाई नीतिबाट शिथिल बनेको अमेरिकी आप्रवासीका लागि भर्खरै पाँचौ सर्किट अदालतको आदेशले गरेको आदेशबाट सो नीतिमा थप कडाईको संकेत देखिन्छ । गत शुक्रबार राति एक संघीय अपील अदालतले ट्रम्प प्रशासनको नीतिलाई समर्थन गर्दै अवैध आप्रवासी डिपोर्टका लागि लक्षित गरिएका अधिकांश व्यक्तिहरूलाई जमानतको अवसर नदिई हिरासतमा राख्न सकिने व्यवस्था लागू गर्न वैधानिक ढोका खोलिएको हो । चाहे उनीहरूको कुनै आपराधिक रेकर्ड नहोस् र उनीहरू दशकौँदेखि देशमा बसोबास गर्दै आएका किन नहोस् यसबाट अबैध रहेका आप्रवासीलाई हिरासत राख्न सकिने बताइएको छ । पाँचौ सर्किट अपील अदालतका तीन न्यायाधीशको प्यानलले प्रशासनको व्याख्यालाई सही ठहर गरेको छ। यो व्याख्या पछिल्ला ३० वर्षदेखि प्रत्येक प्रशासनले लिँदै आएको अडानको उल्टो भनिएको छ । यसले निर्वासनका लागि लक्षित व्यक्तिहरूलाई हिरासतमा राख्ने संघीय सरकारको अधिकारबारे नयाँ अर्थ लगाएको उल्लेख गरिएको छ ।

    इमिग्रेशन एन्ड कस्टम्स इन्फोर्समेन्टले जुलाई महिनामा कानुनबारे नयाँ व्याख्या अपनाएपछि पक्राउ र हिरासतका घटनाहरू तीव्र रूपमा बढेका छन् । उचित कानुनी प्रक्रिया बिना आफूहरूलाई गैरकानुनी रूपमा थुनिएको दाबी गर्दै बन्दीहरूबाट अदालतहरुमा मुद्दाहरूको बाढी आएको उल्ल्ेख गरिएको छ ।
    यस निर्णयमा ट्रम्पद्वारा नियुक्त न्यायाधीश काइल डन्कनले जोन्सलाई साथ दिएको बताइएको छ । तर बाइडेनद्वारा नियुक्त न्यायाधीश डाना डगलसले असहमतिको मत व्यक्त गर्दै, प्यानलको दृष्टिकोणले जमानत बिना संयुक्त राज्य अमेरिकामा बसोबास गरिरहेका करिब २० लाख आप्रवासीलाई हिरासतमा राख्नुपर्ने अवस्था सिर्जना गर्ने चेतावनी दिएको बताइएको छ । “जसमध्ये केही अमेरिकी नागरिकका पति र पत्नी, आमा, बुवा र हजुरबा–हजुरआमा पनि रहेका छन छन्।

    पोलिटिको डट कम अनलाईन समाचारमा उल्लेख गरिएका अनुसार प्रशासनको दृष्टिकोणलाई अस्वीकार गर्ने ३६० भन्दा बढी जिल्ला अदालतहरूमा रोनाल्ड रेगनदेखि यताका प्रत्येक राष्ट्रपतिद्वारा नियुक्त न्यायाधीशहरू समावेश छन् जसमा ट्रम्पद्वारा नियुक्त ४० भन्दा बढी न्यायाधीशहरू पनि पर्छन्। प्रशासनको पक्षमा उभिएका २७ जिल्ला अदालत न्यायाधीशमध्ये १९ जना भने ट्रम्पद्वारा नियुक्त गरिएकाहरु रहेको उल्लेख छ ।

     

    Post Views: 48
    प्रकाशित मिति: २०८२ माघ २७, सोमबार ०५:२३
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    चुनाव बिथोलिने डरले जाँचबुझ आयोगको म्याद फागुन २४ (२५ दिन) सम्मलाई थपियो
    ४४ जिल्लाका १०० निर्वाचन क्षेत्रको मतपत्र छपाइ सकियो
    फागुन २१ मा चुनाव हुँदा १५ उच्च हिमाली जिल्लाका बहुसंख्यक नागरिक मतदानबाट बन्चित हुने
    Advertisement
    ताजा अपडेट
    • १. चुनाव बिथोलिने डरले जाँचबुझ आयोगको म्याद फागुन २४ (२५ दिन) सम्मलाई थपियो

    • २. ४४ जिल्लाका १०० निर्वाचन क्षेत्रको मतपत्र छपाइ सकियो

    • ३. फागुन २१ मा चुनाव हुँदा १५ उच्च हिमाली जिल्लाका बहुसंख्यक नागरिक मतदानबाट बन्चित हुने

    • ४. स्पेनमा रहेका ५ लाख आप्रवासीलाई लाभ हुने कानुन: १० हजार नेपाली लाभान्वित हुने !

    • ५. जापानमा प्रधानमन्त्री ताकाइचीको पार्टीलाई भारी बहुमत

    चर्चित
    • १. विश्व शान्तिको लागि २७ सय किमि पैदल यात्रा गरी लुम्बिनी पुगेका ३० बौद्ध भिक्षुहरु ध्यानमा

    • २. मेक्सिको सिमाबाट अमेरिका प्रबेश गर्नेको संख्यामा ५० बर्ष यताकै कम, कति डिर्पोट भए ?

    • ३. चुनावको मुखैमा जेन जी आन्दोलन छानवीन समिति र मानव अधिकार आयोगको प्रतिवदेन आउँदै !

    • ४. टेक्सास निवासी बाल जोशी जसले ‘विश्व म्याराथन च्यालेञ्ज’ पुरा गरेर गिनिज बुकमा नाम लेखाए

    • ५. स्पेनमा रहेका ५ लाख आप्रवासीलाई लाभ हुने कानुन: १० हजार नेपाली लाभान्वित हुने !

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.