• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

जेन्जी आन्दोलनको बेला नख्खु जेलबाट भागेका कैदीद्धारा बालेन शाहको घरमा चोरी

  •  खबरमाला संवाददाता
  • २०८२ माघ २७, सोमबार ०६:३६ प्रकाशित
    • अ-
    • अ
    • अ+

     

    राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह बालेनको डेरामा चोरी गर्ने घटनामा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार पक्राउ पर्नेहरूमा काठमाडौं–१६ बालाजुका ४२ वर्षीय विष्णुबहादुर राजवाहक, सिन्धुपाल्चोक लिसंखुपाखर–६ का ४६ वर्षीय खिमबहादुर खड्का र डोटी दिपायल सिलगढी नगरपालिका–६ का ४५ वर्षीय सञ्जय श्रेष्ठ रहेका छन्। उनीहरूले चप्पल कारखानास्थित सितादेवी गुरुङको घरमा रहेको बालेनको डेरा कोठामा चोरी गरेका थिए।

    प्रहरीका अनुसार यस समूहका मुख्य योजनाकार विष्णुबहादुर राजवाहक हुन्। उनलाई २३ माघमा बाँसबारीबाट पक्राउ गरिएको हो। राजवाहक यसअघि पनि विभिन्न अपराधमा संलग्न रहँदै आएका व्यक्ति हुन्। उनीविरुद्ध २०७२ सालमा साधारण अपराध र चोरीसम्बन्धी मुद्दा चलेको थियो। चोरीकै कसुरमा तीन वर्ष छ महिना कैद भुक्तान गरिरहेका राजवाहक २४ भदौमा जेन–जी आन्दोलनका क्रममा नख्खु कारागारबाट फरार भएका थिए। फरार भएपछि उनले कम्तीमा पाँच वटा चोरीमा संलग्न रहेको खुलेको प्रहरीले जनाएको छ।

    राजवाहकले बालेनको डेरामा चोरी गरेको स्वीकार गरिसकेको प्रहरीले जनाएको छ। उनी काठमाडौं महानगरपालिका–२६ स्थित क्लासिक एण्ड लज इन गेस्ट हाउसको कोठा नम्बर ४०२ मा बस्दै आएका थिए। सोही कोठाबाट प्रहरीले वर्ल्डलिंक लेखिएको राउटर, दुई थान सीसी क्यामेरा, एक्रोन गोल्ड लेखिएको निलो बिँड भएको पिलास, सलाई रेन्ची, रेती, स्क्रु र कालो ज्याकेट बरामद गरेको छ।

    दोस्रो अभियुक्त खिमबहादुर खड्कालाई २४ माघमा जडिबुटीबाट पक्राउ गरिएको हो। उनी बैंकिङ कसुरका फरार अभियुक्तसमेत रहेको खुलेको छ। कक्षा ८ सम्म अध्ययन गरेका खड्का बालुवा डिपो सञ्चालन गर्दै आएका थिए। प्रहरीले राजवाहकले चोरी गरेका सामानहरू खड्कामार्फत बिक्री गर्ने गरेको जनाएको छ। उनीहरूबीच करिब आठ वर्षअघिदेखि घर निर्माणसम्बन्धी कामका क्रममा चिनजान भएको पाइएको छ। खड्काको भक्तपुर ठिमी नगरपालिका–दुवाकोटस्थित घरबाट चाँदीका थाली, कचौरा, रिङ, नटबोल्ट तथा सुनजस्तै देखिने लक्ष्मीको मूर्ति, झुम्का, चन्द्रमा र सिक्रीजस्ता सामग्री बरामद गरिएको छ।

    तेस्रो अभियुक्त सञ्जय श्रेष्ठलाई पनि २४ माघमै बालाजुबाट पक्राउ गरिएको हो। श्रेष्ठविरुद्ध २०६४ सालमा जबरजस्ती करणीको कसुरमा मुद्दा चलेको थियो। कक्षा १० सम्म अध्ययन गरेका श्रेष्ठ खेतीपाती गर्ने व्यक्ति हुन्। प्रहरीका अनुसार रामेछाप कारागारमा रहँदा श्रेष्ठ र राजवाहकबीच चिनजान भएको थियो। श्रेष्ठले चोरी गरिएका दुई ल्यापटप डिकमा राखी राजवाहकलाई आठ हजार रुपैयाँ दिएको खुलेको छ। धादिङ धुनीबेशी नगरपालिका–७ लप्सेस्थित उनको कोठाबाट झोला, डेलको ल्यापटप, म्याकबुक प्रो, चार्जर र डीभीआर बरामद गरिएको छ। प्रहरीले घटनासम्बन्धी थप अनुसन्धान जारी राखेको र पक्राउ परेकाहरूलाई आवश्यक कानुनी कारबाहीका लागि प्रक्रिया अगाडि बढाइएको जनाएको छ।

    Post Views: 54
    प्रकाशित मिति: २०८२ माघ २७, सोमबार ०६:३६
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    चुनाव बिथोलिने डरले जाँचबुझ आयोगको म्याद फागुन २४ (२५ दिन) सम्मलाई थपियो
    ४४ जिल्लाका १०० निर्वाचन क्षेत्रको मतपत्र छपाइ सकियो
    फागुन २१ मा चुनाव हुँदा १५ उच्च हिमाली जिल्लाका बहुसंख्यक नागरिक मतदानबाट बन्चित हुने
    Advertisement
    ताजा अपडेट
    • १. चुनाव बिथोलिने डरले जाँचबुझ आयोगको म्याद फागुन २४ (२५ दिन) सम्मलाई थपियो

    • २. ४४ जिल्लाका १०० निर्वाचन क्षेत्रको मतपत्र छपाइ सकियो

    • ३. फागुन २१ मा चुनाव हुँदा १५ उच्च हिमाली जिल्लाका बहुसंख्यक नागरिक मतदानबाट बन्चित हुने

    • ४. स्पेनमा रहेका ५ लाख आप्रवासीलाई लाभ हुने कानुन: १० हजार नेपाली लाभान्वित हुने !

    • ५. जापानमा प्रधानमन्त्री ताकाइचीको पार्टीलाई भारी बहुमत

    चर्चित
    • १. विश्व शान्तिको लागि २७ सय किमि पैदल यात्रा गरी लुम्बिनी पुगेका ३० बौद्ध भिक्षुहरु ध्यानमा

    • २. मेक्सिको सिमाबाट अमेरिका प्रबेश गर्नेको संख्यामा ५० बर्ष यताकै कम, कति डिर्पोट भए ?

    • ३. चुनावको मुखैमा जेन जी आन्दोलन छानवीन समिति र मानव अधिकार आयोगको प्रतिवदेन आउँदै !

    • ४. टेक्सास निवासी बाल जोशी जसले ‘विश्व म्याराथन च्यालेञ्ज’ पुरा गरेर गिनिज बुकमा नाम लेखाए

    • ५. स्पेनमा रहेका ५ लाख आप्रवासीलाई लाभ हुने कानुन: १० हजार नेपाली लाभान्वित हुने !

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.