आइतबार भएको जापानको तल्लो सदनको निर्वाचनबाट प्रधानमन्त्री सानाए ताकाइचीको लिबरल डेमोक्रेटिक पार्टी(एलडिपी) ले ऐतिहासिक विजय हासिल गरेको छ।

यसअघि १९८ सिट भएको एलडिपीले यो निर्वाचनमा ३१६ सिट जितेको हो। ४६५ सिटको तल्लो सदनमा दुई तिहाईको लागि ३१० सिट आवश्यक पर्छ। तर एलडिपी एक्लैले ३१६ सिट जितेको हो। एनडिपीसँग गठबन्धन गरेको जापान इनोभेसन पार्टीले ३६ सिट जितेको छ।
तकाइचीको लिबरल डेमोक्र्याटिक पार्टी, एलडीपीले जापानी प्रतिनिधिसभाका ४६५ मध्ये ३५२ सिट जित्ने देखिएको सरकारी प्रसारक एनएचकेले जनाएको छ। चुनावी नजिता औपचारिक रूपमा घोषणा हुन बाँकी छ।
बहुमतका लागि आवश्यक पर्ने ३१६ सिट एलडीपी एक्लैले जित्ने देखिएको छ। त्यो सङ्ख्या प्रतिनिधिसभाको ६८ प्रतिशत अर्थात् दुईतिहाइ हो।
यो जापानको इतिहासमै युद्धपछि सन् १९४७ मा संसद्को अहिलेको संरचना बनेयताकै सबैभन्दा फराकिलो चुनावी जित हो।
योसँगै ताकाचीको सत्तारुढ गठबन्धनले ३५२ सिट जितेको छ। विपक्षी गठबन्धनको सिटमा भने भारी गिरावट आएको छ।





