सरकारले निर्वाचन तोक्ने बेला नेपाली भुभागको विषयामा संवेदनशिल नहुँदा तोकिएको फागुन २१ गते निर्वाचन हुने हो भने नेपालको उच्च हिामली क्षेत्रका बासिन्दा मतदान गर्ने अधिकाबार बन्चित हुने भएका छन । माथिल्लो डोल्पालगायत उच्च हिमाली क्षेत्रका धेरै मतदाताहरू आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा भोट हाल्नबाट वञ्चित हुन भन्दै हिमाली क्षेत्रका स्थानीय प्रतिनिधिले सचेत गराएका छन । उनीहरूका अनुसार अहिले उच्च हिमाली भेगका गाउँ बस्तीहरूमा पशु वस्तुको रेखदेखका लागि आवश्यक मानिसहरू मात्रै छन्। जाडो मौसम सुरु हुनु अघि नै जाडो छल्न र व्यापार–व्यवसायका लागि न्यानो ठाउँतिर झरेका झन्डै आधाजसो मतदाता आफ्नो मताधिकारबाट वञ्चित हुन सक्ने जनप्रतिनिधिहरूको दाबी छ।

माघ र फागुन महिनाभरि ती हिमाली क्षेत्रमा गाउँ आउने र जाने बाटोहरू हिउँले ढाकिने भएकोले अब उनीहरू हिउँ बिलाएपछि मात्रै चैत्रतिरबाट गाउँ फर्किन थाल्ने भएकाले यो समय निर्वाचन असंभव देखिएको हो । प्रधानमन्त्रि शुशिला कार्कीले पनि चुनाव दुई चरणमा गर्ने मनसाय व्यक्त गरे पनि राजनीतिक दलहरुले एकै पटक गर्न दवाव दिएका छन । जेन्जी आन्दोलनको बलमा बनेको गैरजेन्जी सरकारले आफ्नो देशको भूगोल र मौसम कस्तो छ भनेर ख्यालै नगरी सरकारले चुनाव तोक्दा उच्च हिमाली क्षेत्रका धेरै मतदाता आफ्नो मताधिकारबाट वञ्चित हुने अवस्था सृजना भएको हो ।
जाडो छल्न गाउँ छाडेका कर्णालीका हुम्लाको नाम्खा, मुगुको मुगूमकार्मारोङ, डोल्पाको शे(फोक्सुन्डो, छार्काताङसोङ र डोल्पोबुद्ध गाउँपालिकाका आधा मतदाता धेरैजसो जुम्ला, कालिकोट, सुर्खेत, नेपालगन्ज, पोखरा, काठमाण्डू र कतिपय कालापार भारतमा रहेको स्थानीय जनप्रतिनिधि जानकारी गराउँदा गराउँदै पनि वर्तमान सरकारले अनदेखा गरी रहेको आरोप छ ।
प्रहरीले दिएको तथ्याङ्क अनुसार उच्च हिमाली क्षेत्रमा रहेका हुम्ला २९२९, मुगुका १११३, डोल्पा १०५२, रुकुम पश्चिमका १०० र जुम्लाका १९६६ जना मतदाता जाडो छल्न गाउँ छाडेका छन्। कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार कर्णालीका हुम्ला, मुगु, डोल्पा, जुम्ला र रुकुम पश्चिम जिल्लाका उच्च हिमाली क्षेत्रका १८ हजार ८ सय २३ मतदाता हिउँबाट प्रभावित हुने देखिएको छ र त्यसमा ७ हजार एक सय ६० जना अहिले गाउँ बाहिर छन्। त्यस्तै बाजुरा, दार्चुला, बझाङ, मनाङ, मुस्ताङ, दोलखा, रसुवा, ताप्लेजुङ र सोलुखुम्बु धादिंड गरी करिब १५ जिल्लाका उच्च हिमाली भेगका मतदाता पनि फागुन २१ गते हुने चुनावमा आफ्नो मताधिकारबाट वञ्चित हुन सक्ने अवस्था देखिएको स्थानीय अधिकारीहरू बताउँछन्। उता सुदूरपश्चिम प्रदेशका दार्चुला, बाजुरा र बझाङका उच्च हिमाली क्षेत्रका मानिसहरू पनि जाडो छल्न गाउँ छाडेर तलतिर झरेका पाइन्छन्। यतिखेर चुनावी प्रचारप्रसार समे गर्न नसकिनेगरी हिमपात भई रहेका छन भने गाउँहरु खाली छन यस्तो अवस्थामा उम्मेदवारहरु मतमाग्न कहाँ जाने जस्तो अवस्था पनि श्रृजना भएको छ ।
सुदूरपश्चिमका प्रहरी प्रवक्ता एसएसपी पदमबहादुर विष्टले दार्चुलाका छाङरूङ र टिन्करका मानिस एकै ठाउँमा आएर बसेको हुनाले उनीहरूका लागि सदरमुकाममा नै मतदानको व्यवस्था मिलाइएको तर विभिन्न जिल्लामा छरिएर बसेको हुनाले बाजुरा र बझाङका मतदातालाई भने त्यो सम्भव नभएको बताए । सबैलाई मतदानमा सहभागी गराउन कि चुनाव चैत वैशाखतिर सार्नु सकेको खण्डमा मात्रै संभव हुने छ । डोल्पाका प्रमुख जिल्ला अधिकारी जुनु हमालले पनि माथिल्लो डोल्पाका स्थानीय जनप्रतिनिधि र कर्मचारीले दिएको जानकारी अनुसार भन्दै अहिले करिब ३० प्रतिशत मतदाता गाउँ बाहिर रहेको बताइन्।
चुनाव भए पनि मतदान केन्द्रमा कर्मचारी र निर्वाचन सामग्री पुर्याउन भने ठुलो चुनौती छ। यस्तै मनाङ र मुस्ताङका सहायक प्रमुख जिल्ला अधिकारीहरूका अनुसार दुवै जिल्लाका करिब ७० प्रतिशत मानिसहरू जाडो छल्न काठमाण्डू, पोखरालगायतका ठाउँमा झरेका छन्। फागुन २१ गतेको चुनावमा उनीहरू गाउँ फर्किने नफर्किने कुनै टुङ्गो नभएको मनाङका सहायक प्रमुख जिल्ला अधिकारी कमलप्रसाद पौडेलले विविसिलाई बताएका छन।
छ सय मतदाता रहेको मुगु जिल्लाको मुगूमकार्मारोङ गाउँपालिका २ मुगूमगाउँ पनि अहिले खाली छ भने वडा नम्बर १, ३, ४, ५र ६ का आधा मानिस पनि गाउँमा नभएको मुगूम कार्मारोङ गाउँपालिका अध्यक्ष छिरिङ क्याप्रे लामाले बताए। उनका अनुसार कार्तिक(मंसिरमा जाडो छल्न जुम्ला, कालिकोट, सदरमुकाम गमगढी, सुर्खेत र काठमाण्डू झरेका उनीहरू अब चैत्र(वैशाख महिनामा मात्र गाउँ फर्किन्छन्। माघ र फागुन महिनामा हिँड्ने बाटोहरू नै हिउँले पूरै जाम भएकोले चुनावमा खटिने कर्मचारी र चुनावका सामग्रीहरू पनि हेलिकप्टरबाट मतदान केन्द्रमा पुर्याउन पर्ने हुन सक्छ। उच्च हिमाली क्षेत्रका जनप्रतिनिधि भने आफ्नो क्षेत्रको समस्या सरकारलाई दर्शाए पनि अहिलेसम्म केही प्रतिक्रिया नआएको गुनासो गरी रहेका छन ।
हिमाली जिल्ला जुम्लामा पनि झन्डै ३० प्रतिशत मानिसहरू जिल्ला बाहिर रहेको जिल्ला प्रशासन कार्यालय जुम्लाले जनाएको छ। मंसिरदेखि चैत महिनासम्म हिउँ पर्ने यो जिल्लामा मानिसहरू जाडो छल्न तथा विभिन्न व्यापार व्यवसायको लागि तराइमा झरेको जुम्ला जिल्लाका प्रमुख जिल्ला अधिकारी दीपक पौडेलले बताएका छन । उनले भने, यहाँका मानिसहरूको घर नेपालगन्ज र सुर्खेतमा पनि भएको हुनाले हिउँदमा त्यहाँ जाने र वर्षामा खेतीपाती गर्नको लागि गाउँमा आउने भएकाले पनि अहिले गाउँमा धेरै जसो मानिसहरू भेटिन्नन्।
आगामी फागुन २१ गते हुने निर्वाचनको मतदान केन्द्र अवलोकनको क्रममा जुम्लाका बस्तीहरूमा पुग्दा त्यहाँ कतिपय घरहरू नै बन्द गरेर मानिसहरू तराई तिर झरेको हुनाले जिल्लाभरिको कुल जनसङ्ख्याको ३० प्रतिशत जति मानिसहरू जिल्ला बाहिर नै रहेको अनुमान रहेको उनले बताए । १ नगरपालिका र ७ वटा गाउँपालिका रहेको जुम्ला जिल्लामा १ सय १० वटा मतदान केन्द्र तोकिएको हुनाले १५ वटा मतदान केन्द्रमा अहिले पनि हिउँ जमिरहेको हुनाले आगामी फागुन १५ गतेभन्दा पछाडि हिउँ परेको खण्डमा ती मतदान केन्द्रमा निर्वाचन गर्न कठिन हुन सक्ने विषयमा गृह मन्त्रालयलाई जानकारी गराइसकेको प्रमुख जिल्ला अधिकारी पौडेलले बताए । ७१ हजार मतदाताको सङ्ख्या भए पनि आधाजसो मानिसहरू अहिले जिल्ला बाहिर रहेको जिल्ला प्रशासन कार्यालय जुम्लाले जनाएको छ ।
जिल्लाबाहिर रहेका मतदाताहरूलाई जिल्लामा बोलाउनको लागि उम्मेदवारहरूले समन्वय गरिरहेको हुनाले जम्मा मतदाता सङ्ख्याको ६० देखि ६५ प्रतिशत मतदाताहरू जिल्लामा आउन सक्ने आकलन गरिएको प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी दिए । निर्वाचन नागरिक अधिकारको प्रयोग गर्ने उच्चतम अधिकार हो । यस्तो अवस्थामा चुनावै भए पनि त्यति ठुलो सख्यामा मानिसहरुले मतदान गर्न नपाउने हो भने त्यस्ता निर्वाचनको बैधता माथी प्रश्न उठ्न सक्ने दवावमा सरकार रहेको देखिन्छ । अझै पनि केहि समय रहेकोले सरकारले निर्वाचन दुई महिना सारेर भए पनि सबै नागरिकको मतअधिकारको सुव्यवस्था गर्न जरुरी छ । यो समाचार बिबिसि र अन्य नेपाली समाचारहरुबाट लिइएको श्रोतमा आधारित छ ।





