• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

विश्वभरका यूएसआईडी कर्मचारी अमेरिका फिर्ता, सबै कार्यक्रम बन्द !

  •  
  • २०८१ माघ २३, बुधबार २०:५६ प्रकाशित
    • अ-
    • अ
    • अ+

    ट्रम्प प्रशासनले अमेरिकी सकारको खर्च कटौति गर्ने नाममा मंगलबारबाट अमेरिकी अन्तर्राष्ट्रिय विकास एजेन्सी यूएसआईडीका लगभग सबै कर्मचारीलाई विश्वभरबाट फिर्ता बोलाएको छ । यसको मतलव अब यूएसआईडीको सबै काम बन्द गरिनेछ । जसले अमेरिकाको सुरक्षा सुदृढ गर्न, भोकमरी विरुद्ध लड्न, शिक्षा वित्तीयन गर्न र महामारी अन्त्य गर्न गरिएको छ दशक लामो मिसनलाई लगभग समाप्त गर्नेछ ।
    प्रशासनले यूएसआईडीका कर्मचारीहरूलाई इमेल र अनलाइन सूचनामार्फत जानकारी गराउँदै सबैलाई फिता बोलाएको हो । यो निर्णय राष्ट्रपति डोनाल्ड ट्रम्पको पहिलो कार्यकालका राजनीतिक नियुक्ति भएका व्यक्तिहरू र अर्बपति एलन मस्कका सरकार–दक्षता टोलीद्वारा गरिएको छ, जसले विदेशमा हुने अधिकांश खर्चलाई अनावश्यक ठानेका छन ।

    आदेश शुक्रबार मध्यरात अघि लागू हुनेछ, जसअनुसार विदेशस्थित एजेन्सीका प्रत्यक्ष नियुक्त कर्मचारीहरू—जो यस घोषणाको अपेक्षामा घरबार बाँध्न हतारिएका थिए—यदि अनिवार्य भनेर तोकिएनन् भने ३० दिनभित्र फर्किनुपर्नेछ । आवश्यक नभएका ठानिएका ठेक्का कर्मचारीहरूलाई पनि कामबाट हटाइने सूचनामा उल्लेख छ ।
    रिपब्लिकन राष्ट्रपति ट्रम्पले विदेशी सहायता रोक्ने व्यापक प्रतिबन्ध लगाएपछि हजारौं यूएसआईडी कर्मचारीहरू पहिले नै जागिरबाट निकालिएका थिए र संसारभरका कार्यक्रमहरू बन्द गरिएको थियो । डेमोक्र्याट सांसदहरूको विरोधका बावजुद नयाँ प्रशासन र एलन मस्कको बजेट कटौती गर्ने सरकारी दक्षता विभागले संघीय सरकार सानो बनाउने प्रयासस्वरूप यूएसआईडीलाई विशेष निशाना बनाएको छ ।

    उनीहरूले खर्च रोक्ने आदेश दिएका छन्, जसले अमेरिकी अनुदानमा सञ्चालित सहायता तथा विकास कार्यहरू ठप्प पारेको छ । वरिष्ठ नेतृत्व र कर्मचारीहरूलाई निलम्बन र बर्खास्ती मार्फत हटाइएको छ भने सोमबार, वाशिंगटनस्थित मुख्यालय कर्मचारीहरूको कम्प्यूटर सर्भिस पहुँचबाहिर राखिएको छ । यस बन्द कार्यक्रमबाट नेपालमा पनि बार्षिक अर्बौ डलरको कार्यक्रम बन्द भएका छन ।

    Post Views: 160
    प्रकाशित मिति: २०८१ माघ २३, बुधबार २०:५६
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    क्यानडा विदेशी विद्यार्थीका लागि आकर्षक गन्तव्य बन्दैः पढाई पुरा गरेपछि सजिलै पिआर पाउने
    भारतको अर्थतन्त्र खस्किएर बेलायतभन्दा पछाडि छैटौँ स्थानमा पुग्यो : आइएमएफ
    प्रवासमा एक हप्तामा दुई नेपालीको हृदयविदारक निधनः जसले नेपाली प्रवासीलाई झस्काईरहने छ !
    Advertisement
    ताजा अपडेट
    • १. क्यानडा विदेशी विद्यार्थीका लागि आकर्षक गन्तव्य बन्दैः पढाई पुरा गरेपछि सजिलै पिआर पाउने

    • २. भारतको अर्थतन्त्र खस्किएर बेलायतभन्दा पछाडि छैटौँ स्थानमा पुग्यो : आइएमएफ

    • ३. प्रवासमा एक हप्तामा दुई नेपालीको हृदयविदारक निधनः जसले नेपाली प्रवासीलाई झस्काईरहने छ !

    • ४. स्पेनमा पाँच लाख अबैध आप्रवासीलाई वैधता दिने !

    • ५. मानव अधिकार आयोगले भदौ २३ र २४ को आन्दोलनको प्रतिवेदन १६ बैशाखमा सरकारलाई बुझाउँदै

    चर्चित
    • १. अमेरिकी सहायक विदेशमन्त्रि कपुर सोमबारबाट नेपाल भ्रमणमा

    • २. कसरी अमेरिकामा “खराबमध्येका अति खराब” सुचिमा परे यी सात नेपालीहरु ?

    • ३. टर्कीद्धारा नेपालमा दूतावास खोल्ने विषय भारतका लागि किन समस्या ?

    • ४. संयुक्त राष्ट्रसङ्घ महासचिवको दौडमा को को हुन प्रतिस्पर्धी चारजना ?

    • ५. नेपाल-अमेरिका सम्बन्धमा भूकम्पीय धक्का

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.