• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

अमेरिकामा नेपाली विधार्थी ग्यास स्टेसनबाटै पक्राउ र डिर्पोटको घटनापछि करिब २० हजार विधार्थी कामविहिन !

  •  
  • २०८१ माघ २५, शुक्रबार ०५:४६ प्रकाशित
    • अ-
    • अ
    • अ+

     

    अमेरिकाको अष्ट्रिनस्थित ह्यूमन टिलरसन विश्वविधालयबाट एक जना नेपालीलाई ग्यास स्टेशनमा काम गर्दा गर्दै पक्राउपछि डिर्पोट गरिएको खबरले नेपाली समाज त्रसित बनेको छ । खास गरी नेपाली विधार्थीहरु जति पनि अमेरिकी विश्वविधालयहरुमा अध्धयन गरी रहेका छन उनिहरु प्रायजसो सबै रेष्टुरेन्ट, होटल, ग्यास स्टेसनमा काम गर्ने गर्दछन । जव अष्ट्रिनको खबर अमेरिकाभरी फैलियो र संगै नेपालमा पनि आफन्तहरुबीच पुग्यो तव विधार्थीहरु कामबाट फर्केका छन । धेरै जसोलाई कामबाट विदा दिइएको छ भने थोरै जसो आफै काममा जान छोडेका छन । कलेजबाहेक बाहिर काम गर्न नपाउने व्यवस्थाका कारण जे जति विधार्थी अबैध रुपमा काम गरी रहेका थिए उनिहरु आफ्नो दैनिकि चलाउन समस्या देखिने अवस्था आएको छ । घटनासंगै अन्तराष्ट्रिय विधार्थी अध्ययन गरी रहेका कलेजहरुले विधार्थीलाई कलेज भित्र बाहेकको काममा नजान र आफनो स्टाटस जोगाउन आन्तरिक ईमेलहरु जारी गरेका छन ।

    त्यति मात्रै होईन की अमेरिकी सरकारले गैरकानुनी कामदारलाई काममा लगाएको थाहा पाएमा कम्पनी वा मालिकलाई ५ हजार भन्दा बढी जरिवाना गराउने कानुुनी व्यवस्था पनि छ । विगत सरकारका पालामा त्यति सक्रिय नभएको यो कानुन ट्रम्प प्रशासनले लागु गरेको छ । पहिलो दोश्रो र तेश्रो पटक पनि गैरकानुनी कामदार काममा लगाएको थाहा पाएमा जरिवाना रकम दोब्बरका दरले गर्ने गरिएको छ । त्यसैले यतिखेर विधार्थीहरुमा देखिएको डर र कम्पनी वा मालिकहरुमा देखिएको त्रासका कारण करिब २० हजार भन्दा बढी नेपाली विधार्थीहरु प्रत्यक्ष बेरोजगार बन्ने अवस्था देखिएको छ ।

    राष्ट्रपति डोनाल्ड ट्रम्पले गैरकानुनी आप्रवासीलाई निष्काशन गर्ने योजना कार्यान्वयनमा ल्याएसँगै त्यसको प्रत्यक्ष प्रभाव नेपाली विद्यार्थीमा पनि परेको हो । गैरकानुनी आप्रवासीको खोजी गर्ने क्रममा प्रहरीले दैनिक हजारौं व्यवसायिक फर्महरूमा छापा मारिरहेको छ । यसैक्रममा कानुनी रूपमै बसोबास गरिरहेका र कामदार अनुमति पत्र वर्क पर्मिट भएका बाहेकले व्यवसायिक फर्महरूमा काम गरिरहेको भेटिएमा प्रहरीले चेतावनी दिने, पक्राउ गर्ने र केहीलाई निष्काशन गर्दै आइरहेको छ । यसैको प्रभावमा नेपाली विद्यार्थी परेका हुन् । उनीहरूलाई काम गरिरहेको भेटेमा प्रहरीले पक्राउ गर्न थाले पछि नेपाली समुदायमा त्रास फैलिएको छ । विधाथीहरु काममा आउन नपाउँदा र कडाई गरी रहँदा हजारौ रेष्टुरेन्ट, होटल र ग्यास स्टेसन व्यवसायहरु प्रभावित भएका छन ।

    अबैध आप्रवासी पक्राउ गर्न खटिएका कर्मचारी र प्रहरीले शुरुमा सादा पोशाकमा जाने अवस्था हेर्ने र पछि आशंकाको भरमा छापा मार्ने पक्राउ गर्ने र सैनिक विमानबाट तिव्र डिर्पोट गर्ने गर्दै आएको छ । त्यसैले असंठित वा गैरकानुनी काम गर्नेहरु शहरी क्षेत्रबाट विस्थापित भएका छन । जसले गर्दा होटल रेष्टुरेन्ट र ग्यासस्टेसनहरुमा व्यापारमा कमी आउन थालेको बताईन्छ । यो अवस्था कति लामो जाला भनेर कुर्नुबाहेक कुनै नयाँ उपाय छैन ।

     

    Post Views: 174
    प्रकाशित मिति: २०८१ माघ २५, शुक्रबार ०५:४६
    Advertisement
    संबन्धित शिर्षकहरु
    कन्सल्टेन्सीले २५ लाख रुपैयाँ धरौटी बुझाउनुपर्ने नयाँ नियम, विधार्थी अलपत्र परे कन्सल्टेन्सी जिम्मेवार
    अमेरिकाको क्यालिफोनियामा आदिकवि भानुभक्तको पुर्ण कदको शालिक अनावरण
    आदिकवि भानुभक्तको २१३औं जन्मजयन्ती मनाइँदै
    Advertisement
    ताजा अपडेट
    • १. कन्सल्टेन्सीले २५ लाख रुपैयाँ धरौटी बुझाउनुपर्ने नयाँ नियम, विधार्थी अलपत्र परे कन्सल्टेन्सी जिम्मेवार

    • २. अमेरिकाको क्यालिफोनियामा आदिकवि भानुभक्तको पुर्ण कदको शालिक अनावरण

    • ३. आदिकवि भानुभक्तको २१३औं जन्मजयन्ती मनाइँदै

    • ४. ६० हजार अघि अफ्रिकाबाट बसाइँसराइको शुरुवात :आधुनिक मानव अफ्रिकाबाट निस्किएपछि कहाँ पुगे?

    • ५. मेटाले क्यानडा १० बिलियन डलरको नयाँ डाटा सेन्टर बनाउने

    चर्चित
    • १. अमेरिकाको क्यालिफोनियामा आदिकवि भानुभक्तको पुर्ण कदको शालिक अनावरण

    • २. ६० हजार अघि अफ्रिकाबाट बसाइँसराइको शुरुवात :आधुनिक मानव अफ्रिकाबाट निस्किएपछि कहाँ पुगे?

    • ३. बेल्जियमलाई २–१ ले पराजित गर्दै स्पेन सेमिफाइनलमा

    • ४. कन्सल्टेन्सीले २५ लाख रुपैयाँ धरौटी बुझाउनुपर्ने नयाँ नियम, विधार्थी अलपत्र परे कन्सल्टेन्सी जिम्मेवार

    • ५. आदिकवि भानुभक्तको २१३औं जन्मजयन्ती मनाइँदै

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.