• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

अमेरिका ८ नेपाली वर्क परमिट भएर पनि पक्राउ, दुई बर्षयता मेक्सिको सिमा हुँदै अमेरिका आएकाहरु पक्राउको सुचिमा

  •  
  • २०८१ फाल्गुन २२, बिहीबार ०७:४७ प्रकाशित
    • अ-
    • अ
    • अ+

    अमेरिका आएको दुई बर्ष नपुगेको ८ जना नेपाली पक्राउ परेको समाचार छ । कानुन व्यवसायीका अनुसार ३ जना टेक्सास र ५ जना लुजियानाबाट पक्राउ परेको बताइएको छ । गोपनियताका कारण नाम खुलाउन नमिल्ने कानुन व्यवसायीद्धयले उल्लेख गरेका छन । ती मध्ये पक्राउ परेका दुई जना एक बर्ष अघि मात्रै आएको र वर्क परमिट पनि नभएकाहरु भएको बताइएको छ । पक्राउ परेकाहरुसंग एसाईलम फाईल गरेर वर्क परमिट रहेको भए पनि पक्राउ परेका छन । उनिहरु राष्ट्रपति ट्रम्प प्रशासनको अमेरिकाको आएको सन् २०२३ जनवरी र २०२५ को जनवरीसम्म मेक्सिको सिमाबाट अमेरिका आएकाहरु पनि तार्गेटमा रहेका छन । यो बीचमा अमेरिका आएकाहरु छापा मार्ने र सुराकीका आधारमा पक्राउ गरिहेको बताईन्छ । पक्राउ परेकाहरु डिर्पोट हुन्छन वा हिरासतमा राखेर मुद्दा लड्न पाउने हो अहिलेसम्म खुल्न सकेको छैन जसका कारण कानुन व्यवसायीहरु यस्ता केसमा सक्रिय सहभागी हुन पाएका छनैन ।

    अमेरिकामा इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्ट अफिसरहरूले कागजपत्रविहीनहरूलाई अध्यागमन न्यायाधिससमक्ष पेश नगरिकनै अमेरिकाको कुनै पनि स्थानबाट पक्राउ गरेर देशनिकाला गर्न सक्ने नीति पुनः लागू गरेपछि यसरी पक्राउ गर्न थालिएको हो । यो नीति अनुसार अब अमेरिका आएको दुई वर्ष नपुगेका कागजपत्रविहीनहरूलाई अमेरिकाको जुनसुकै स्थानबाट पनि पक्राउ गरेर तीव्र गतिमा देशनिकाला गर्न सकिनेछ । जस अन्र्तगत अहिले व्यापक पक्राउ र डिर्पोर्ट गरिएका छन । यति हुँदा पनि ट्रम्प प्रशासनले टार्गेट अनुसार पक्राउ र डिपोर्ट गर्न नसकेको बताइ रहेको छ । यहि बेला असाईलम गरेकाहरुलाई थप काजजात चाहिएको वा फिन्गर प्रीन्ट गर्न भन्दै बोलाएर समेत पक्राउ गरिएको घटनाहरु सार्वजनिक भएका छन ।

    यस्तो अवस्थामा न्यायिक पुनरावलोकन समेत आवश्यक नपर्ने भएको हो । यो नीति अघिल्लो ट्रम्प प्रशासनले सन् २०१९ को जुलाई २३ मा लागू गरेको थियो तर पछि सन् २०२२ को मार्च २१ मा बाइडेन प्रशासनले उक्त नीति खारेज गरेर अध्यागमन अधिकारीहरूले सीमा क्षेत्रको एकसय माइलभित्र पक्राउ परेका र अमेरिका प्रवेश गरेको दुई साता नपुगेका कागजपत्रविहीनहरूलाई मात्र तीव्र गतिको देशनिकाला प्रक्रियामा राख्न सकिने नीति लागू गरेको थियो ।

    नयाँ नीतिपछि अमेरिकी अध्यागमनले दशौं हजार आप्रवासीहरूलाई अदालती सुनुवाईबिना नै देशनिकाला गर्न सक्ने भएपछि आप्रवासीहरूमा त्रास फैलिएको छ । यो नीतिका कारण अमेरिकाको जुनसुकै स्थानमा परिवारसहित बसेका, काम गरिरहेका कागजपत्रविहीनहरू पनि जोखिममा परेका छन् । पक्राउ परेका धेरै जसो अपराधिक गतिविधिमा संलग्न रहेको बताईन्छ  ।

    । हिजो मात्रै अमेरिकाबाट डिपोर्ट भएर बुधबार काठमाडौं आइपुगेका ८ जना नेपाली ‘डंकी रुट’ अवैध बाटो बाट त्यहाँ पुगेको खुलेको छ । अमेरिकाले चार्टर्ड विमान मार्फत काठमाडौं फर्काएका ८ नेपालीसँग प्रहरीको मानव बेचबिखन तथा अनुसन्धान ब्यूरोले गरेको जाँचका क्रममा उनीहरु अवैध बाटोबाट त्यहाँ पुगेको खुलेको हो । ब्यूरोका एक अधिकृतका अनुसार, अमेरिकाबाट फर्काइएकामध्ये एक जना डोटी जिल्लाका हुन् भने अरु दाङ र रुकुमका छन् । उनका अनुसार, अमेरिका जानलाई उनीहरुले ५० देखि ९० लाख रुपैयाँसम्म बुझाएको प्रारम्भिक सोधपुछमा खुलेको छ ।

    ‘उनीहरु ५र६ महिनाअघि मात्र अमेरिका पुगेका रहेछन्, त्यहाँ पुगेको केही समयमै पक्राउ परेर मुद्दा चलाइएको रहेछ’, ती अधिकृतले थपे, ‘कतिपयलाई धरौटी त कतिलाई यत्तिकै छाडेर फर्काइदिएको रहेछ ।’

    Post Views: 166
    प्रकाशित मिति: २०८१ फाल्गुन २२, बिहीबार ०७:४७
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बीबीसीले १८ सयदेखि २ हजार रोजगारी कटौती गर्दै
    अमेरिका-इरानबीच अप्रिल २१ अघि नै सहमति जुटाउने प्रयास
    कसरी अमेरिकामा “खराबमध्येका अति खराब” सुचिमा परे यी सात नेपालीहरु ?
    Advertisement
    ताजा अपडेट
    • १. बीबीसीले १८ सयदेखि २ हजार रोजगारी कटौती गर्दै

    • २. अमेरिका-इरानबीच अप्रिल २१ अघि नै सहमति जुटाउने प्रयास

    • ३. कसरी अमेरिकामा “खराबमध्येका अति खराब” सुचिमा परे यी सात नेपालीहरु ?

    • ४. अमेरिकामा अन्तराष्ट्रिय विधार्थीको भिषा अस्वीकृत दरमा उच्च बृद्धि

    • ५. स्पेनमा रहेका ५ लाख अबैध आप्रवासीलाई कानुनी मान्यता दिने घोषणा, ५ हजार नेपाली लाभान्वित हुने

    चर्चित
    • १. सर्वोच्च अदालतमा महत्वपुर्ण मुद्दाको प्रत्यक्ष प्रशारण र सुचनाप्रविधि मैत्रि बनाउने कामु प्रधानन्याधिष सपना मल्लको तयारी

    • २. स्पेनमा रहेका ५ लाख अबैध आप्रवासीलाई कानुनी मान्यता दिने घोषणा, ५ हजार नेपाली लाभान्वित हुने

    • ३. प्रधानमन्त्री र १५ मन्त्री: कसको सम्पत्ति कति? सबैभन्दा धनी र गरिब को हुन ?

    • ४. कसरी अमेरिकामा “खराबमध्येका अति खराब” सुचिमा परे यी सात नेपालीहरु ?

    • ५. अमेरिकामा अन्तराष्ट्रिय विधार्थीको भिषा अस्वीकृत दरमा उच्च बृद्धि

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.