• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

रुसी सेनामा मारिएको पुष्टिभए क्षतिपुर्ति पाईने ! कति मारिए एकिन संख्या छैन, २ सय नेपाल फर्किए

  •  
  • २०८१ चैत्र १४, बिहीबार ०७:२० प्रकाशित
    • अ-
    • अ
    • अ+

    रुसी सेनामा भर्ना भएर फर्किएका केहि नेपालीले दिएको अपुष्ट तथ्यांकमा हजारौ नेपाली मारिएको बताए थिए । अझै पनि सरका वा रुसी पक्षले कति रुसी सेनामा भर्ती भए र कति नेपालीको मृत्यु भयो र कति घाइते भएका छन् भन्ने एकिन विवरण प्राप्त भएका छैनन । नेपाल सरकारको रेकर्डमा ४८ जना मात्रै नेपालीको मृत्यु भएको विवरण छ । तर त्योभन्दा पनि धेरै संख्यामा नेपालीको मृत्यु भएको विविभन्न सन्चार माध्यमहरुमा प्रकासित तथ्यहरु हेर्दा देखिन्छ ।

    रुस–युक्रेन युद्ध सुरु भएपछि रुसले आफ्नो सेनामा भर्ती लिने क्रमसंगै नेपालीहरु लुकिछिपी रुस पुगेर सेनामा भर्ती भएको समाचारहरु आए । उनिहरुका आफन्तले त्यो समाचारहरु पुष्टि गरेका थिए । रुस र नेपालबीच सैन्य भर्ती सम्बन्धी सहमति–सम्झौता केही पनि नभएकाले रुसी सेनामा नेपाली भर्ना हुनुलाई अवैध मानियो र कति सख्यामा भर्ना भए वास्तविक तथ्यांक आउन सकेन । जसले गर्दा अहिले पनि कति नेपाली मारिए वा भर्ना भए अझै अन्यौल छ । युद्धमा नेपालीहरु मारिने र वेपत्ता हुने क्रम बढेपछि जोखिममा रहेकाहरुलाई फर्काउन सरकारलाई दबाब परे पछि खोजी हुन थालेको थियो । तर अवैध तरिकाले आफूखुसी रुस पुगेर सेनामा भर्ना भएकाहरुलाई फर्काउन कठिन हुने परराष्ट्र मन्त्रालयका अधिकारीहरु बताउने गरेका छन । तैपनि सरकारी पक्षबाट कुटनीतिक पहल भएपछि मृतकको पहिचान खुलेपछि क्षतिपुर्ति दिन थालिएको छ ।

    यसैबीच केही नेपालीहरु नेपाल फर्किएका पनि छन् । मन्त्रालयका अनुसार नेपाली दूतावास मस्कोको सहयोगमा दुई सयभन्दा बढी नेपाली स्वदेश फर्किसकेका बताइएको छ । ‘रुस सरकारले मृतक र घाइतेका परिवारलाई केही पारिवारिक सहयोगका साथै करिब दुई करोड नेपाली रुपैयाँ बैंक खातामा जम्मा गरिदिएको बताइएको छ ।
    रुसी सेनामा भर्ती भएका नेपालीहरुको उद्धारका लागि भनेर अभियान चलाउँदै आएकी कृतु भण्डारी ७ जना मृतक र २ जना बेपत्ता गरी ९ जनाका नातेदार मस्को पुगेर रुस सरकारबाट नेपालीले करिब २ करोड रुपैयाँ क्षतिपूर्ति पाएका बताएकी छिन । त्यो रकम सहज ढंगले नेपाल ल्याउने वातावरण भने सरकारले बनाइदिनुपर्ने उनको भनाइ छ ।

    रुसमा नै गएर क्षतिपूर्ति प्राप्त गर्न चाहने नेपाली परिवारलाई मस्कोस्थित नेपाली दूतावासको सिफारिसमा परराष्ट्र मन्त्रालयको कन्सुलर सेवा विभागले पत्र लेखेर दिने गरेको बताइएको छ । भण्डारीका अनुसार रुस सरकारबाट नेपालीले करिब २ करोड रुपैयाँ क्षतिपूर्ति पाएका छन् । तर त्यो रकम सहज ढंगले नेपाल ल्याउने वातावरण भने सरकारले बनाइदिनुपर्ने उनको भनाइ छ । सो पत्रका आधारमा नेपालको दूतावासले रुस सरकारका सम्बन्धित अधिकारी र निकायहरुसँग पीडित परिवारका सदस्यलाई सम्पर्क गराइदिने लगायतका काममा सहजीकरण गरिरहेको छ ।

    Post Views: 168
    प्रकाशित मिति: २०८१ चैत्र १४, बिहीबार ०७:२०
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    दक्षिण–पूर्व एसियाबाट ६१२ नेपाली उद्धार, कम्बोडियामा नेपाली अपराध मुद्दामा पक्राउ
    अवसर र चुनौतीबीच युरोपतर्फ बढ्दो नेपाली आप्रवासन
    टोरन्टोमा पहिचान सहितको ‘नेपाली हेरिटेज वीक’ घोषणा
    Advertisement
    ताजा अपडेट
    • १. दक्षिण–पूर्व एसियाबाट ६१२ नेपाली उद्धार, कम्बोडियामा नेपाली अपराध मुद्दामा पक्राउ

    • २. अवसर र चुनौतीबीच युरोपतर्फ बढ्दो नेपाली आप्रवासन

    • ३. एनआरएन अधिकार संकुचित गर्ने प्रस्तावित विधेयकप्रति प्रवासी नेपालीको चिन्ता

    • ४. टोरन्टोमा पहिचान सहितको ‘नेपाली हेरिटेज वीक’ घोषणा

    • ५. एकपछि अर्को उच्चस्तरीय कुटनीतिक भ्रमणको केन्द्र बन्दै नेपाल

    चर्चित
    • १. टर्कीद्धारा नेपालमा दूतावास खोल्ने विषय भारतका लागि किन समस्या ?

    • २. क्यानडा विदेशी विद्यार्थीका लागि आकर्षक गन्तव्य बन्दैः पढाई पुरा गरेपछि सजिलै पिआर पाउने

    • ३. संयुक्त राष्ट्रसङ्घ महासचिवको दौडमा को को हुन प्रतिस्पर्धी चारजना ?

    • ४. नेपाल-अमेरिका सम्बन्धमा भूकम्पीय धक्का

    • ५. एकपछि अर्को उच्चस्तरीय कुटनीतिक भ्रमणको केन्द्र बन्दै नेपाल

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.