अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नयाँ ट्यारिफ दर घोषणा गरेपछि बिहीबार अमेरिकी स्टक बजारहरूमा एतिहासिक गिरावट आएको छ । लगानीकर्ताहरूले डोनाल्ड ट्रम्पको व्यापार साझेदारहरूमा शुल्कको ठूलो घोषणा पछि विश्वव्यापी व्यापारमा आएको व्यापक परिवर्तन नेप्से सुचांकले गलत सन्देश दिएको छ ।

अमेरिकाका तीन प्रमुख स्टक बजारहरूमध्ये जुन २०२० को कोभिड महामारीको समयमा भएका सबैभन्दा खराब दिनभन्दा पनि तल झरेका थिए । नास्डाक ६% ले घट्यो, जबकि एसएन्डपी ५०० र डाउ ४.८% र ३.९% ले क्रमशः घटे । एप्पल र एनभिडिया, अमेरिकी बजार मूल्य अनुसारका दुई ठूला कम्पनीहरूले मध्याह्नसम्ममा ४ सय ७० बिलियनको मूल्य गुमाइसकेका छन । यसैबीच, अमेरिकी डलरले छ महिने न्यूनतम गिरावट प्रकट गर्दै बिहीबार बिहान अन्य प्रमुख मुद्राहरूको तुलना गर्दा कम्तीमा २.२% घट्यो र तेल मूल्यहरू मन्ंदीको डरले घटेका छन ।
अर्थशास्त्रीहरूले महिना भरि उच्च शुल्कहरूलाई अमेरिकी अर्थतन्त्रको लागि ठूलो जोखिमको रूपमा चेतावनी दिएका छन्, जसले उपभोक्ताहरूको लागि कारदेखि वाइनसम्मका सबै वस्तुहरूको मूल्य वृद्धि गराउनेछ र अमेरिकी अर्थतन्त्रको विश्वव्यापी भूमिकामा अस्थिरता ल्याउनेछ । तर राष्ट्रपति ट्रम्पले शुल्क निर्धारणलाई “अमेरिकाको स्वणीम युग“ को शुरुवातको रूपमा प्रस्तुत गरेका छन । अमेरिकाका धेरै प्रमुख व्यवसाय समूहहरूले शुल्कहरूको बिरोध गरेका छन्, जसमा बिजनेस राउन्डटेबल पनि समावेश छ, जसमा जेपी मर्गन, एप्पल र आइबीएम जस्ता प्रमुख अमेरिकी कम्पनीहरूको नेताहरूको एक कन्सोर्टियम छ । यसले ह्वाइट हाउसलाई “चाँडो सम्झौतामा पुग्न“ र शुल्कहरू हटाउन आह्वान गरेको छ ।
यसैबीच राष्ट्रपति ट्रम्पका पूर्व आर्थिक सल्लाहकार स्टीफन मूरले प्रशासनद्वारा नयाँ घोषणा गरिएका शुल्कहरूलाई “हमर“सँग तुलना गरेका छन । मूरले बिहीबार सीएनएनसँग कुरा गरे, ठीक एक दिन पछि जब ट्रम्पले सबै आयातमा १० प्रतिशत सामान्य शुल्क र विश्वभरिका दर्जनौं अन्य देशहरूमा लक्षित शुल्कहरूको घोषणाको पक्षमा आफु नभएको बताएका छन । “म शुल्कहरूको ठूलो समर्थक छैन । म डोनाल्ड ट्रम्पको ठूलो समर्थक हुँ, तर म सोच्दछु कि उनी एक मास्टर वार्ताकार हुन्, र मलाई लाग्छ कि अन्तिममा उनी संसारभरि कम शुल्कहरूको लागि वार्ता गर्नेछन्,“ मूरले भने ।




