• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

मेरो डान्स र मेरो भ्वाइस युनिभर्सको टप १० मा पुग्नेलाई तीन–तीन लाख

  •  
  • २०८१ चैत्र २२, शुक्रबार ०६:५३ प्रकाशित
    • अ-
    • अ
    • अ+

    मेरो डान्स युनिभर्स र मेरो भ्वाइस युनिभर्सको टप १० मा पुग्ने हरेक प्रतिभालाई तीन–तीन लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरिएको छ। नेपाली संस्कृतिलाई पुस्तान्तरण गर्ने कार्यमा उल्लेख्य योगदान पुर्‍याएकोमा गायन र नृत्य विद्यालयका शिक्षक–शिक्षिकाको अन्तर्क्रिया कार्यक्रममा इन्ट्रा–नेसनल वेलफेयर एन्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाका अध्यक्ष डिल्ली अधिकारीले सो घोषणा गरेका हुन्।

    विश्वभरका नेपाली जातिका १२०–१२० प्रतिभाबिच अन्तिम प्रतिस्पर्धा हुने यी दुवै साेहरूमा टप १० सम्म पुग्ने प्रतिभा नेपाली समुदायका लागि सम्मानित व्यक्तित्व बनिसक्ने हुँदा उनीहरूलाई हरेकलाई तीन–तीन लाख रुपैयाँले पुरस्कृत गर्ने निर्णय गरिएको अधिकारीले जानकारी दिए।

    मेरो भ्वाइस र मेरो डान्स युनिभर्स सिजन– २ को काठमाडौं अडिसनको पूर्वसन्ध्यामा बिहीबार साँझ काठमाडौंमा सो कार्यक्रम आयोजना गरिएको थियो। नेपाली संस्कृतिको पुस्तान्तरणमा गायन र नृत्यका प्रशिक्षण केन्द्रहरू तथा विद्यालयहरूले उल्लेख्य योगदान गरेको सन्दर्भलाई उल्लेख गर्दै आयोजक संस्था इन्ट्रा फाउन्डेसनका अध्यक्ष अधिकारीले सांस्कृतिक राष्ट्रवादलाई मुलुकको सीमाले बाँध्न नसक्ने उल्लेख गरे।

    नेपाली संस्कृतिमाथि विदेशी अतिक्रमणको क्रम तीव्र भएको सन्दर्भ उल्लेख गर्दै उनले आफ्‌नो माटोको सुगन्धसहितको मौलिक संस्कृतिलाई भावी पुस्ताहरूमा पुर्‍याउने अभियानले नेपाली जातिको सांस्कृतिक राष्ट्रवाद अझ मजबुत हुने धारणा राखे। आफू भुटानमा जन्मेर आफ्‌नै पितृभूमि नेपालमा १७ वर्षसम्म शरणार्थी शिविरमा कष्टकर जीवन बिताउनुपरे पनि नेपाली जातिको पहिचान अझ सशक्त बनाउन र संस्कृतिका माध्यमबाट नेपाली जातिलाई एकताबद्ध बनाउन आफ्‌नो संस्थाले गायन र नृत्यका दुई रियालिटी साेहरू मेरो भ्वाइस युनिभर्स र मेरो डान्स युनिभर्स सञ्चालन गरिरहेको बताए।

    फाउन्डेसनको नेपाल च्याप्टरका अध्यक्ष बाबुकृष्ण कार्कीको सभापतित्वमा सम्पन्न भएको सो अन्तर्क्रियात्मक कार्यक्रममा फाउन्डेसनका कार्यकारी निर्देशक चूडामणि भट्टराईले विश्वका विभिन्न स्थानमा भएका अडिसनहरूमा संसारका ६० भन्दा बढी देशमा बसोबास गर्ने नेपाली जातिका प्रतिभाहरूले सहभागिता जनाएको जानकारी दिएका थिए। नेपाल टेलिभिजनबाट प्रसारण हुने दुवै साेहरूको काठमाडौं अडिसन यही चैत १६ र १७ गते सामाखुसीस्थित नवोदित कलेजमा हुने र त्यसबाट छनाेट भएपछि संसारभरका विभिन्न देशहरूबाट आउनेसमेत १२० जना गायनमा र १२० जना नृत्यका प्रतिभाहरूले टेलिभिजनमा प्रदर्शन हुने प्रतिस्पर्धामा सहभागी हुन पाउनेछन्।

    दुवै साेका विजेताहरूले एक–एक करोड पुरस्कार पाउनेछन् भने उपविजेताले २५ लाख तथा तृतीय हुनेले १० लाख पाउनेछन्। यसबाहेक समूह नृत्य प्रतिस्पर्धाका विजेताले २० लाख, उपविजेताले १० लाख र तृतीय हुनेले पाँच लाख पाउनेछन्।

    Post Views: 199
    प्रकाशित मिति: २०८१ चैत्र २२, शुक्रबार ०६:५३
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    दक्षिण–पूर्व एसियाबाट ६१२ नेपाली उद्धार, कम्बोडियामा नेपाली अपराध मुद्दामा पक्राउ
    अवसर र चुनौतीबीच युरोपतर्फ बढ्दो नेपाली आप्रवासन
    टोरन्टोमा पहिचान सहितको ‘नेपाली हेरिटेज वीक’ घोषणा
    Advertisement
    ताजा अपडेट
    • १. दक्षिण–पूर्व एसियाबाट ६१२ नेपाली उद्धार, कम्बोडियामा नेपाली अपराध मुद्दामा पक्राउ

    • २. अवसर र चुनौतीबीच युरोपतर्फ बढ्दो नेपाली आप्रवासन

    • ३. एनआरएन अधिकार संकुचित गर्ने प्रस्तावित विधेयकप्रति प्रवासी नेपालीको चिन्ता

    • ४. टोरन्टोमा पहिचान सहितको ‘नेपाली हेरिटेज वीक’ घोषणा

    • ५. एकपछि अर्को उच्चस्तरीय कुटनीतिक भ्रमणको केन्द्र बन्दै नेपाल

    चर्चित
    • १. टर्कीद्धारा नेपालमा दूतावास खोल्ने विषय भारतका लागि किन समस्या ?

    • २. क्यानडा विदेशी विद्यार्थीका लागि आकर्षक गन्तव्य बन्दैः पढाई पुरा गरेपछि सजिलै पिआर पाउने

    • ३. संयुक्त राष्ट्रसङ्घ महासचिवको दौडमा को को हुन प्रतिस्पर्धी चारजना ?

    • ४. नेपाल-अमेरिका सम्बन्धमा भूकम्पीय धक्का

    • ५. बालेन सरकारको आशा लाग्दो सकारात्मक परिवर्तन

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.