• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

भारतीय प्रधानमन्त्रि मोदी र प्रधानमन्त्रि ओलीबीच एकलाएक्लै भेटको कुटनीतिक अर्थ !

  •  
  • २०८१ चैत्र २३, शनिबार ०६:४६ प्रकाशित
    • अ-
    • अ
    • अ+

     

    प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीले शुक्रबार थाइल्यान्डमा भएको एक्लाएक्लै भेटपछि प्रधानमन्त्रि ओलीले दुई देशबीचको सम्बन्धमा नयाँपन आउने बताएका छन । दुई नेताबीच करिब ४० मिनेट कुराकानी भएको थियो । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडी प्रयास बिमस्टेक शिखर सम्मेलका दौरान दुई नेताबीच ‘साइडलाइन’ वार्ता भएको हो । भारतसँग सम्बन्ध चिसिएको भनिँदै आएका बेला ओली–मोदीबीच भएको एक्लाएक्लै भेटलाई राजनीतिक रुपमा अर्थपूर्ण मानिएको छ ।

    बिमस्टेक शिखर सम्मेलनको समापनपछि मोदी बसेको होटल मान्डारिन ओरिएन्टलमा भएको भेटलाई दुवै नेताले फलदायी भएको बताएका छन् । भारतीय विदेश मन्त्रालयले दुई प्रधानमन्त्रीबीच भेटमा अद्वितीय र घनिष्ठ सम्बन्धको समीक्षा भएको जनाएको छ । दुई देशबीच भौतिक र डिजिटल सम्पर्क, नागरिकबीचको सम्पर्क तथा ऊर्जा क्षेत्रमा भएको प्रगतिप्रति दुवै नेताले सन्तोष व्यक्त गरेको जनाइएको छ ।

    प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल ‘एक्स’ मा मोदीसँगको भेट अत्यन्त सार्थक र सकारात्मक रहेको जनाएका छन् । ‘मेरो प्रिय मित्र प्रधानमत्री नरेन्द्र मोदीजीसँग आत्मीय भेट भयो, हाम्रो कुराकानी अत्यन्त सार्थक र सकारात्मक भएको छ,’ उनले लेखेका छन्, ‘यो सौहार्दपूर्ण भेटघाटका लागि खुसी व्यक्त गर्छु ।’ ओलीले ‘एक्स’ मा आफ्नो प्रतिक्रिया हिन्दी भाषामा लेखेका छन् ।

    मोदीले पनि ‘एक्स’ मार्फत प्रधानमन्त्री केपी ओलीसँगको भेटघाट फलदायी रहेको लेखेका छन् । उनले नेपाली भाषा प्रयोग गरेका छन् । ‘बैंककमा प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटघाट फलदायी रह्यो, भारतले नेपालसँगको सम्बन्धलाई ठूलो प्राथमिकता दिएको छ,’ मोदीले लेखेका छन् ‘हामीले नेपाल–भारतबीच मित्रताका विभिन्न क्षेत्रमा छलफल गर्‍यौं ।’

    ऊर्जा, कनेक्टिभिटी, संस्कृति, र डिजिटल प्रविधिजस्ता क्षेत्रमा छलफल भएको उनले उल्लेख गरेका छन् । बिमस्टेक शिखर सम्मेलनबाट प्राप्त केही प्रमुख सकारात्मक परिणाम विशेष गरी विपद् व्यवस्थापन र समुद्री यातायातका विषयमा पनि दुई नेताबीच कुराकानी भएको उनले ‘एक्स’ मा उल्लेख गरेका छन् ।

     

    Post Views: 142
    प्रकाशित मिति: २०८१ चैत्र २३, शनिबार ०६:४६
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अमेरिकी सहायक विदेशमन्त्रि कपुर सोमबारबाट नेपाल भ्रमणमा
    गगन पक्षलाई आधिकारिकता दिन अदालतले लिएको चार आधार
    इरानले ‘पूर्ण रूपमा खोल्यो’ स्ट्रेट अफ हर्मुज, तेलको मुल्य घट्ने !
    Advertisement
    ताजा अपडेट
    • १. अमेरिकी सहायक विदेशमन्त्रि कपुर सोमबारबाट नेपाल भ्रमणमा

    • २. गगन पक्षलाई आधिकारिकता दिन अदालतले लिएको चार आधार

    • ३. इरानले ‘पूर्ण रूपमा खोल्यो’ स्ट्रेट अफ हर्मुज, तेलको मुल्य घट्ने !

    • ४. फुटबलका सुपरस्टार मेसी अब खेलाडीबाट क्लब मालिक !

    • ५. बीबीसीले १८ सयदेखि २ हजार रोजगारी कटौती गर्दै

    चर्चित
    • १. अमेरिकी सहायक विदेशमन्त्रि कपुर सोमबारबाट नेपाल भ्रमणमा

    • २. कसरी अमेरिकामा “खराबमध्येका अति खराब” सुचिमा परे यी सात नेपालीहरु ?

    • ३. स्पेनमा रहेका ५ लाख अबैध आप्रवासीलाई कानुनी मान्यता दिने घोषणा, ५ हजार नेपाली लाभान्वित हुने

    • ४. सर्वोच्च अदालतमा महत्वपुर्ण मुद्दाको प्रत्यक्ष प्रशारण र सुचनाप्रविधि मैत्रि बनाउने कामु प्रधानन्याधिष सपना मल्लको तयारी

    • ५. अमेरिकामा अन्तराष्ट्रिय विधार्थीको भिषा अस्वीकृत दरमा उच्च बृद्धि

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.