• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

९७ बर्षको उमेरमा वरिष्ठ पत्रकार भैरव रिसालको निधन

  •  
  • २०८१ चैत्र २५, सोमबार ०२:०८ प्रकाशित
    • अ-
    • अ
    • अ+

    वरिष्ठ पत्रकार तथा लेखक भैरव रिसालको ९७ वर्षको उमेरमा आज काठमाडौंमा निधन भएको छ ।  काठमाडौंको बानेश्वरस्थित फ्रन्टलाइन हस्पिटलमा आज राति ७ः४५ बजे रिसालकोे निधन भएको उनकी छोरी सुष्मा रिसालले बताइन् । मुटु तथा फोक्सोसम्बन्धी रोगको उपचार गराइरहेका रिसाललाई आइतबार नै अस्पताल लगिएको थियो ।

    रिसालले मृत्युपश्चात् आफ्नो शरीर शिक्षण प्रयोजनका लागि ललितपुरस्थित पाटन अस्पताललाई दिने घोषणा यसअघि नै गरेका थिए । त्यही भएर उनको शव पाटन अस्पताललाई दिइएको र दाहसंस्कार नहुने परिवारजनले जनाएको छ ।

    २९ साउन १९८५ मा भक्तपुरको तिथलीमा जन्मिएका रिसाल घट्टेकुलोस्थित निवास बस्दै आएका थिए । ०१३ सालमा हालखबर दैनिकबाट पत्रकारिता थालेका रिसालले पछिल्लो रेडियो सगरमाथामा कुरोकन्थो कार्यक्रम चलाउँदै आएका थिए । उनले ०५६ बाट सुरु गरेको कुरोकन्थो गत २९ साउनमा बिट मारेका थिए । उनले ‘उहिले बाजेका पालामा’ रेडियो शृंखला पनि लामो समय चलाएका थिए । उनी नेपाल वातावरण पत्रकार समूहका पूर्वअध्यक्ष पनि हुन् । रिसालले राष्ट्रिय समाचार समितिमा प्रमुख समाचारदाताको समेत जिम्मेवारी निर्वाह गरेका थिए । त्यसअघि तथ्यांक विभागमा छँदा उनी लिम्पियाधुरा क्षेत्रको गणनाका लागि पनि पुगेका थिए ।

    ०४८ को आमनिर्वाचनमा उनले नेपाल मजदुर किसान पार्टीबाट भक्तपुर– २ मा चुनाव लडेका थिए । कांग्रेसका जगन्नाथ आचार्यसँग पराजित भए ।

    पत्रकार रिसालले मानव अधिकारसम्बन्धी, जगदम्बाश्री र वातावरण संरक्षण पुरस्कार प्राप्त गरेका थिए । उनका ‘साधुलाई शूली’ (जेल डायरी), ‘उहिलेको बाजेको पालामा’ ‘लोग्नेस्वास्नी’, ‘केही मित्रका चिठी’ कृति, ‘सुशीला–भैरव’ ‘भैरव दाइ’, ‘उहिलेको नेपाल (अनूभवसंग्रह)लगायत पुस्तक प्रकाशित छन् । रिसालले ९७औँ जन्मदिनका अवसरमा गत २६ साउनमा तीनवटा कृति सार्वजनिक गरेका थिए । विभिन्न पत्रपत्रिकामा प्रकाशित लेखरचनाको संग्र्रह ‘भैरव रिसालका छानिएका रचना– २’ तथा ‘बितेका कुरा’ र ‘अविश्रान्त भैरव’ कृति सार्वजनिक गरिएका थिए । रिसालका श्रीमती, दुई छोरा र दुई छोरी छन् ।

    Post Views: 202
    प्रकाशित मिति: २०८१ चैत्र २५, सोमबार ०२:०८
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    दक्षिण–पूर्व एसियाबाट ६१२ नेपाली उद्धार, कम्बोडियामा नेपाली अपराध मुद्दामा पक्राउ
    अवसर र चुनौतीबीच युरोपतर्फ बढ्दो नेपाली आप्रवासन
    टोरन्टोमा पहिचान सहितको ‘नेपाली हेरिटेज वीक’ घोषणा
    Advertisement
    ताजा अपडेट
    • १. दक्षिण–पूर्व एसियाबाट ६१२ नेपाली उद्धार, कम्बोडियामा नेपाली अपराध मुद्दामा पक्राउ

    • २. अवसर र चुनौतीबीच युरोपतर्फ बढ्दो नेपाली आप्रवासन

    • ३. एनआरएन अधिकार संकुचित गर्ने प्रस्तावित विधेयकप्रति प्रवासी नेपालीको चिन्ता

    • ४. टोरन्टोमा पहिचान सहितको ‘नेपाली हेरिटेज वीक’ घोषणा

    • ५. एकपछि अर्को उच्चस्तरीय कुटनीतिक भ्रमणको केन्द्र बन्दै नेपाल

    चर्चित
    • १. टर्कीद्धारा नेपालमा दूतावास खोल्ने विषय भारतका लागि किन समस्या ?

    • २. क्यानडा विदेशी विद्यार्थीका लागि आकर्षक गन्तव्य बन्दैः पढाई पुरा गरेपछि सजिलै पिआर पाउने

    • ३. संयुक्त राष्ट्रसङ्घ महासचिवको दौडमा को को हुन प्रतिस्पर्धी चारजना ?

    • ४. नेपाल-अमेरिका सम्बन्धमा भूकम्पीय धक्का

    • ५. बालेन सरकारको आशा लाग्दो सकारात्मक परिवर्तन

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.