• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

विकासशील देशका लागि आर्टिफिसियल इन्टेलिजेन्स लाइफलाइन बन्न सक्छः विश्व बैक

  •  खबरमाला संवाददाता
  • २०८३ श्रावण २०, बुधबार ०७:०५ प्रकाशित
    • अ-
    • अ
    • अ+

    नेपालजस्ता विकासशील देशका लागि आर्टिफिसियल इन्टेलिजेन्स (एआई) लाइफलाइन बन्न सक्ने विश्व बंैंकको एक प्रतिवेदनले देखाएको छ । सामान्य अवस्थामा एक सय वर्ष लाग्नसक्ने विकासको लक्ष्यलाई एआईको सही प्रयोगले एकै दशकमा हासिल गर्न सकिने विश्व बैंकको विश्व विकास प्रतिवेदन २०२६ ले देखाएको हो ।

    प्रतिवेदनका अनुसार सरकारहरूले बिजुली, इन्टरनेट पहुँच, सीप विकास र संस्थागत गुणस्तरमा विद्यमान कमीलाई हटाउन तत्काल कदम चालेमा एआईले विकासको गतिमा कायापलट ल्याउन सक्ने प्रतिवेदनले उल्लेख गरेको छ । मंगलबार सार्वजनिक प्रतिवेदनले एआईका कारण रोजगारीमा पर्ने असरबारे रोचक तथ्य सार्वजनिक गरेको छ । प्रतिवेदनका अनुसार उच्च आय भएका विकसित देशहरूमा ‘जेनेरेटिभ एआई’ का कारण १४.२ प्रतिशत रोजगारी जोखिममा छ, जबकि, न्यून र मध्यम आय भएका विकासोन्मुख देशहरूमा यो जोखिम ४.५ प्रतिशत मात्रै देखिएको छ ।

    बरु एआईका कारण रोजगारी गुम्नेभन्दा पनि यसले कामदारको क्षमता बढाउने अवसर बढी हुने पनि प्रतिवेदनले उल्लेख गरेको छ । विकासोन्मुख देशहरूका १६.२ प्रतिशत रोजगारीमा एआईले उत्पादकत्व उल्लेख्य रूपमा बढाउनसक्ने देखिएको छ । विकसित देशमा भने यस्तो अनुपात १८.७ प्रतिशतको हाराहारी मात्रै हुने पनि प्रतिवेदनले उल्लेख गरेको छ । ‘विकासोन्मुख देशहरूमा एआईले कामदारलाई प्रतिस्थापन गर्ने भन्दा उनीहरूको कार्यक्षमता  विस्तार र सुदृढीकरण गर्ने सम्भावना अत्यधिक छ,’  प्रतिवेदनले उल्लेख गरेको छ।

    ‘एआईको लाभ लिन ठूला मोडल र महँगा डाटा सेन्टर चाहिँदैन’ विकासोन्मुख देशहरूले एआईको लाभ लिन ठूला मोडल वा महँगा डाटा सेन्टरहरू बनाइरहनु नपर्ने विश्व बैंक समूहका वरिष्ठ उपाध्यक्ष तथा प्रमुख अर्थशास्त्री इन्दरमिट गिलले बताए ।

    ‘सानो र कम लागतको एआई टुललाई स्थानीय परिस्थितिअनुसार प्रयोग गरेर स्वास्थ्य सेवा, शिक्षा, न्याय प्रणाली र कृषि विस्तारमा व्यापक सुधार ल्याउन सकिन्छ,’ उनले भने । तर, एआईको विस्तार बिजुली वा इन्टरनेटभन्दा धेरै नै तीव्र गतिमा भइरहेकोले देशहरूले यसलाई पछ्याउन ढिलाइ गर्न नहुने उनको सुझाव छ ।

    प्रतिवेदनले विकासोन्मुख देशहरूका लागि एआई प्रयोगको तीन–चरणको स्पष्ट मार्गचित्र प्रस्तुत गरेको छ । शुरुमा उपलब्ध एआई टुलहरुको उपयोग गर्ने, त्यसपछि स्थानीय भाषा र अवस्थाअनुसार ती टुलहरुलाई परिमार्जन गर्ने र तेस्रो– समयक्रमसँगै एआईको विकासमा अगाडि बढ्ने ।

    एआईले पुस्ताौंदेखि समाधान हुन नसकेका समस्याको समाधानको समाधान जीवनकालमै एकपटक गर्ने अवसर प्रदान गरेको विश्व विकास प्रतिवेदन २०२६ का निर्देशक गौरव नाय्यरले बताए ।

    एआईको प्रतिफल प्राप्त गर्न पूर्वाधारमा ठूलो लगानी आवश्यक रहेको प्रतिवेदनले औंल्याएको छ। सब–सहारन अफ्रिकाका करिब एक–तिहाइ ग्रामीण विद्यालयमा अझै पनि बिजुली पुगेको छैन भने दुई–तिहाइमा भरपर्दो इन्टरनेट छैन । यस्तो आधारभूत खाडल नपुरिएमा एआईले देशहरूबीचको असमानता झनै बढाउन सक्ने चेतावनी पनि प्रतिवदेनले दिएको छ ।

    Post Views: 49
    प्रकाशित मिति: २०८३ श्रावण २०, बुधबार ०७:०५
    Advertisement
    संबन्धित शिर्षकहरु
    किशोर श्रेष्ठलाई हाजिरी जमानीमा छाड्न आदेश लगत्तै रिहाई , जफत सामाग्री फिर्ता गर्न आदेश
    अस्ट्रेलियामा फेरी शुरु भयो आप्रवासीमाथी कडाइ र निगरानी
    स्मार्टसेल अनुसन्धानमा एआईजी केसीलाई सुरुवाती सफलता, लिलामीमा मिलेमतो भएको ठहर
    Advertisement
    ताजा अपडेट
    • १. किशोर श्रेष्ठलाई हाजिरी जमानीमा छाड्न आदेश लगत्तै रिहाई , जफत सामाग्री फिर्ता गर्न आदेश

    • २. अस्ट्रेलियामा फेरी शुरु भयो आप्रवासीमाथी कडाइ र निगरानी

    • ३. स्मार्टसेल अनुसन्धानमा एआईजी केसीलाई सुरुवाती सफलता, लिलामीमा मिलेमतो भएको ठहर

    • ४. नेपाली जनसम्पर्क समिति अमेरिकाको सभापतिमा मुनिन्द्र नेम्वाङ निर्वाचित

    • ५. सयौ उच्च पदस्थ कर्मचारी राजीनामा दिने मनस्थितिमाः कारण के के छन ?

    चर्चित
    • १. नेपाली जनसम्पर्क समिति अमेरिकाको सभापतिमा मुनिन्द्र नेम्वाङ निर्वाचित

    • २. कति सरकारी कर्मचारी बिदेश जान्छन? कति विदेशमै बस्छन र कति फर्किन्छन ?

    • ३. सयौ उच्च पदस्थ कर्मचारी राजीनामा दिने मनस्थितिमाः कारण के के छन ?

    • ४. अमेरिकामा नेपालीसहित १२ लाख भन्दा बढी आप्रवासीको टीपीएस खारेज

    • ५. नेपाल–जापान कूटनीतिक सम्बन्धको सात दशक

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.