न्युजिल्याण्डमा नेपाल महोत्सव हुने भएको छ। न्युजिल्याण्ड नेपाल सोसाइटिको आयोजनामा अप्रिल १९ मा नेपाल महोत्सव हुन लागेको सोसाइटीका सह(सचिव प्रमेश देवकोटाले बताएका छन । न्युजिल्याण्डको अकल्याण्ड सिटीमा हुने नेपाल महोत्सवमा नेपाल झल्काउने खाना,कला,संस्कृतिको प्रदर्शन हुनेछ ।

महोत्सवमा ५ हजार भन्दा धेरैको उपस्थिति हुने आयोजकको अनुमान छ। स्थानीय नेताहरु र प्रहरी प्रशासन सबैलाई कार्यक्रमम बोलाएका छौ, उनले भने, ुकार्यक्रमको सुरुवातमा संस्कृति झल्काउने झाँकी तथा परेड हुनेछन्। नाचगान लगायतका सांस्कृतिक कार्यक्रम पनि राखेका छौ ।




