• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

अमेरिकाबाट २० भन्दा बढी भुटानी शरणार्थी डिर्पोट, केहिको अवस्था अज्ञात ?

  •  
  • २०८२ बैशाख ७, आईतवार ०४:१९ प्रकाशित
    • अ-
    • अ
    • अ+

    अमेरिकाबाट मार्च २६ र २८ तथा अप्रिल १० गरी डिपोर्ट गरिएको सख्या २० भन्दा बढी पुगेको बताइएको छ । पछिल्लो पटक अप्रिल १० मा कम्तीमा दुई जना पेन्सल्भेनियाबाट भुटान फिर्ता पठाइएको पुष्टि भएको छ । जसले पेनसिल्भेनियाबाट फिर्ता गरिएका भुटानी शरणार्थीहरूको संख्या ८ पुगेको भने राष्ट्रव्यापी हिसाबमा यो संख्या २० पुगेको बताइन्छ डब्लु आईटिएफ डट ओआरजीले जनाएको छ । तर तीनीहरु केहि नेपालमा पुगेको र बाँकी कहाँ छन भन्ने अवस्था अज्ञात रहेको बताइएको छ । बाँकी रहेका केहि भुटान सरकारले भारतीय सिमामा लगेर छोडेपछि भारतीय भुमिमा लुकेर बसेको हुनसक्ने अनुमान गरिएको छ यद्दपि पुष्टि भएको छैन ।

    मार्चको सुरुतिर, आईस एजेन्टहरूले पेनसिल्भेनिया क्षेत्रका भुटानी शरणार्थीहरूलाई पक्राउ गर्न थालेका थिए । भुटान पुगेका उनिहरुलाई भुटानी अधिकारीहरूले सोधपुछ गरेर लगभग ३५० डलर बराबरको रकम दिएपछि उत्तरी भारतको सिमानामा लगी छाडी दिएको बताइएको छ । पहिलो चरणमा फिर्ता गरिएका चार जना भुटानी शरणार्थीहरू अहिले पूर्वी नेपालमा जेलमा छन् । उनीहरूलाई अमेरिकाबाट भुटान पुर्याएपछि भारतीय सिमानातर्फ पठाइयो त्यसपछि उनिहरु नेपाल प्रबेश गरेका हुन । जहाँ भुटानी अधिकारीहरूले ट्याक्सीमार्फत नेपालको सिमानासम्म पु¥याइदिएको उनीहरूले बताएका छन् ।

    मानव अधिकारकर्मी गोपाल कृष्ण सिवाकोटीका अनुसार, फिर्ता गरिएका अन्य कम्तीमा १६ जनाको अवस्था अझै अज्ञात छ । उनिहरु सबै कुन कुन राज्यबाट डिपोर्ट भएका हुन यकिन छैन । उनले नेपालमा जेलमा रहेका ती पुरुषहरूको भेट गरेका छन् र अहिले नेपाल सरकारमाथि उनीहरूको रिहाइको लागि दबाब दिइरहेका छन् ।
    पछिल्ला भुटानी शरणार्थीहरूको फिर्ती र नागरिकताविहीनताको संकट इतिहासमै एकदमै जटिल चरणमा पुगेको छ भन्दै मानव अधिकारकर्मी गोपाल कृष्ण सिवाकोटीले ३५ वर्षभन्दा लामो आप्रवासी÷शरणार्थी क्षेत्रमा काम गर्दा कहिल्यै नदेखेको बताएका छन ।

    १९८० को दशक अन्त्यदेखि १९९० को दशकसम्म, भुटानको राजतन्त्रात्मक व्यवस्थाले १ लाखभन्दा बढी नेपालीभाषी भुटानीहरूलाई “राज्यका शत्रु“ भन्दै देशनिकाला गरेपछि उनिहरु भारतीय भुमि प्रयोग गरेर नेपाल प्रव्श गरेका हुन । ती शरणार्थीहरूले करिब २० वर्ष नेपालका क्याम्पहरूमा जीवन बिताए । सन् २००८ देखि २०१७ सम्म, अमेरिकाको नेतृत्वमा एक गठबन्धनले उनीहरूलाई तेस्रो देशहरूमा पुनःस्थापित गरेको हो ।

    अमेरिका पुगेका ८५ हजारमध्ये करिब ४० हजार नेपालीभाषी भुटानी अमेरिकीहरू पेनसिल्भेनियामा बसोबास गर्ने गरेको तथ्यांक छ । भुटानबाहिरकै यो सबैभन्दा ठूलो समुदाय हो । उता डिर्पोटपछि नेपाल फेरी पक्राउ परेका नेपाली भाषी भुटानीलाई नेपालको सर्वोच्च अदालतले नेपाल बाहिर नपठाउन आदेश दिएको छ । नेपालमा अशोक गुरुग, सन्दीप दर्जी, रोसन तामाग, र आशिस सुवेदीलाई प्रहरीले पक्राउ गरी अध्यागमनको जिम्मा लगाएका थिए ।

    Post Views: 196
    प्रकाशित मिति: २०८२ बैशाख ७, आईतवार ०४:१९
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    दक्षिण–पूर्व एसियाबाट ६१२ नेपाली उद्धार, कम्बोडियामा नेपाली अपराध मुद्दामा पक्राउ
    अवसर र चुनौतीबीच युरोपतर्फ बढ्दो नेपाली आप्रवासन
    टोरन्टोमा पहिचान सहितको ‘नेपाली हेरिटेज वीक’ घोषणा
    Advertisement
    ताजा अपडेट
    • १. दक्षिण–पूर्व एसियाबाट ६१२ नेपाली उद्धार, कम्बोडियामा नेपाली अपराध मुद्दामा पक्राउ

    • २. अवसर र चुनौतीबीच युरोपतर्फ बढ्दो नेपाली आप्रवासन

    • ३. एनआरएन अधिकार संकुचित गर्ने प्रस्तावित विधेयकप्रति प्रवासी नेपालीको चिन्ता

    • ४. टोरन्टोमा पहिचान सहितको ‘नेपाली हेरिटेज वीक’ घोषणा

    • ५. एकपछि अर्को उच्चस्तरीय कुटनीतिक भ्रमणको केन्द्र बन्दै नेपाल

    चर्चित
    • १. टर्कीद्धारा नेपालमा दूतावास खोल्ने विषय भारतका लागि किन समस्या ?

    • २. क्यानडा विदेशी विद्यार्थीका लागि आकर्षक गन्तव्य बन्दैः पढाई पुरा गरेपछि सजिलै पिआर पाउने

    • ३. संयुक्त राष्ट्रसङ्घ महासचिवको दौडमा को को हुन प्रतिस्पर्धी चारजना ?

    • ४. नेपाल-अमेरिका सम्बन्धमा भूकम्पीय धक्का

    • ५. बालेन सरकारको आशा लाग्दो सकारात्मक परिवर्तन

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.