• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

सिंहदरबार पुर्ननिर्माण र संरक्षणमा अमेरिकी दुतावासको सहयोग

  •  
  • २०८२ बैशाख ९, मंगलवार ०४:५५ प्रकाशित
    • अ-
    • अ
    • अ+

    एम्बास्डर फण्ड फर कल्चरल प्रिभेन्सन (एफसिपि) कार्यक्रममार्फत, संयुक्त राज्य अमेरिकाको विदेश मन्त्रालयले सन् २००३ देखि नेपालको समृद्ध सांस्कृतिक सम्पदाको संरक्षण गर्न सहयोग गर्दै आएको छ । यो कार्यक्रमअन्तर्गत विदेश मन्त्रालयले काठमाडौँ, पाटन, मुस्ताङ, हुम्ला र लुम्बिनी लगायतका स्थानहरूमा रहेका २८ वटा परियोजनाहरूको संरक्षण र पुनःस्थापनाका लागि ४ दशमलव ५४ मिलियन डलर अर्थात ६० करोडभन्दा बढी रकम प्रदान गरिसकेको नेपाल स्थिति अमेरिकी दुतावासले जनाएको छ ।


    (एफसिपि) कार्यक्रमले काठमाडौँ दरबार स्क्वायरमा अवस्थित गद्दी बैठकको भूकम्प प्रतिरोधात्मक पुनःस्थापनामा समेत सहयोग पु¥याएको जनाइएको छ । सन् १९०८ मा निर्माण गरिएको गद्दी बैठक राज्य प्रमुखको स्वागत र राज्याभिषेक समारोहका लागि प्रयोग गरिन्थ्यो । यो परियोजना (एफसिपि)को सन् २०१६ को प्रमुख अनुदानमध्ये एक थियो, जसअन्तर्गत ७ लाख अमेरिकी डलर सहयोग गरिएको थियो । त्यस सहयोगबाट पुनःस्थापना कार्य २०१८ मा सम्पन्न भएको थियो । गद्दी बैठक पुनःस्थापना परियोजनाले सन् २०१९ मा ईन्जिनियरिंग न्यूज रेकर्ड (ईइनआर) को पुरस्कार (ग्लोवल बेष्ट प्रोजेक्ट श्रेणी) पनि जितेको दुतावासले जनाएको छ ।

    यो परियोजना नेपाल सरकारको पुरातत्व विभाग, हनुमान ढोका दरबार सङ्ग्रहालय विकास समिति साझेदारीमा सम्पन्न गरिएको थियो । यस परियोजनामा १०० भन्दा बढी स्थानीय कालीगडहरू संलग्न थिए, र परम्परागत निर्माण सामग्री र प्रविधि प्रयोग गरी दरबारलाई भूकम्प प्रतिरोधी बनाइयो, साथै यसको मौलिकता कायम राखियो । पुनःस्थापना सम्पन्न भएपछि, गद्दी बैठक सर्वसाधारणका लागि खुला गरिएको छ, र यसको भुईँतलामा एउटा संग्रहालय पनि स्थापना गरिएको छ । साथै थप परियोजनाहरूमा लुम्बिनी वा मुस्ताङको पनि पुर्ननिर्माणमा अमेरिकी दुतावासले सहयोग गरेको उल्लेख छ ।

    Post Views: 161
    प्रकाशित मिति: २०८२ बैशाख ९, मंगलवार ०४:५५
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अमेरिकीमा ३ नेपाली बेपत्ता, खोजीमा जुट्यो अमेरिकास्थित नेपाली दुतावास
    एनआरएनएद्धारा प्रस्तावित विधेयकमा व्यापक संशोधन गर्न माग
    ट्रम्पका विशेष दूत सर्जियो गोर काठमाडौंमा
    Advertisement
    ताजा अपडेट
    • १. अमेरिकीमा ३ नेपाली बेपत्ता, खोजीमा जुट्यो अमेरिकास्थित नेपाली दुतावास

    • २. एनआरएनएद्धारा प्रस्तावित विधेयकमा व्यापक संशोधन गर्न माग

    • ३. ट्रम्पका विशेष दूत सर्जियो गोर काठमाडौंमा

    • ४. अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दुत गोर आज नेपाल जाँदै

    • ५. हार्वर्ड र एमआईटीमा ‘द नेपाल डिस्कोर्स’ को पहिलो सम्मेलन सम्पन्न

    चर्चित
    • १. राहदानी ऐन संशोधन मस्यौदा तयारः अब पाँच प्रकारका राहादानी जारी हुने !

    • २. अमेरिकामा कस्ता आप्रवासीको नागरिकता खारेज हुन्छ ? ३ सय नागरिकता खारेजीको तयारीपछि त्रासमा आप्रवासी !

    • ३. सम्पत्ति जाँचबुझ आयोगले प्रभावशाली व्यक्तिहरूको विदेशमा रहेका वा पुर्याइएका सम्पति छानवीन गर्ने !

    • ४. अमेरिकाद्धारा नेपाललाई छ वटा हेलिकप्टर अनुदान दिने प्रस्तावमा नेपालद्धारा एउटा ठुलो विमान दिन माग !

    • ५. संसारमा नभएको दुर्लभ प्रक्रिया “प्रतिस्पर्धा”बाट राजदूत चयन गर्ने अभ्यास किन ?

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.