• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

अमेरिकामा हजारौ अन्तर्राष्ट्रिय विधार्थीको रद्द गरिएका भिषा कायम, तत्काल रद्द प्रक्रिया स्थगित !

  •  
  • २०८२ बैशाख १३, शनिबार ०४:५७ प्रकाशित
    • अ-
    • अ
    • अ+

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले शुक्रबार हजारौ अन्तर्राष्ट्रिय विद्यार्थीहरूको रद्द गरिएका भिषाहरु पुर्नस्थापना गरिएको छ । साथै त्यसरी रद्द गर्ने प्रक्रिया पनि केहि आफ्नो निर्णयलाई अचानक फिर्ता लिएको छ । वाशिङ्टनमा भएको अदालती सुनुवाइमा इमिग्रेशन र कस्टम्स इन्फोर्समेन्ट आईसले नीतिमा ठूलो परिवर्तन गरेको घोषणा गरेपछि ती विधार्थीहरुको भिषा कायम रहेको हो ।

    डिपार्टमेन्ट अफ जस्टिसका वकिल जोसेफ एफ कारिलीका अनुशार इमिग्रेशन अधिकारीहरूले अन्तर्राष्ट्रिय विद्यार्थीहरूको भिसा समीक्षा र रद्द गर्ने नयाँ प्रणालीमा काम शुरू गरेको बताएका छन । अब यो प्रक्रिया पूरा नहुँदासम्म थप परिवर्तन वा रद्द नगरिने जनाएको द गार्जियनले समाचार छापेको छ ।

    विभिन्न अदालतमा भएको सुनुवाइको क्रममा यो नीतिगत परिवर्तनको घोषणा गरिएको बताइएको छ । जसमा आठवटा छुट्टाछुट्टै मुद्दाहरूलाई एकसाथ हेरिएको थियो । ती मुद्दा दायर गर्ने विद्यार्थीहरूले संघीय सरकारले आफूहरूको अमेरिका बस्ने अधिकार बिना कुनै उचित कानुनी प्रक्रिया अन्त्य गरेको आरोप लगाएका थिए । त्यसरी भिषा रद्द कार्यक्रमहरुले विधार्थीहरुमा त्रास उत्पन्न भएको थियो । विभिन्न अमेरिकी समाचार माध्यमहरुका अनुसार प् हजार भन्दा बढी अन्तराष्ट्र्रिय विधार्थीकाृे भिषा रद्द गरिएको थियो । जसमा आधा भन्दा बढी भारतीय रहेको बताइएको छ ।

    न्यायाधीशले सरकारलाई शुक्रबारको अन्त्यसम्म नयाँ नीतिको कानुनी प्रभावसहितको व्याख्या अदालतमा बुझाउन आदेश दिएका छन् । सुनुवाइमा संलग्न सबै मुद्दादाताहरूलाई १४ दिने अस्थायी निषेध आदेश दिइएको छ, जसले उनीहरूलाई डिपोर्ट वा अन्य कानुनी दण्डबाट बचाउनेछ ।
    यसबाट अमेरिकामा सेभिज भिषा रद्द गरिएका करिब डेढ सय नेपाली विधार्थी पनि लाभान्वित हुनेछन । मुद्दादाताहरूका एक वकिल मार्क एल भ्यान डर हाउटका अनुसार यो नयाँ नीति प्रत्यक्ष रूपमा अमेरिकी जिल्ला न्यायाधीश जेफ्री एस. व्हाइटको आदेशपछि आएको प्रतिक्रिया दिएका छन । उनले शुक्रबारको ओकल्यान्ड सुनुवाइमा अध्यक्षता गरेका थिए ।
    यो वर्ष अहिलेसम्म १ हजार ५ सय भन्दा बढी अन्तर्राष्ट्रिय विद्यार्थीहरूले भिषा सेभिज रद्द अनुमान छ । देशव्यापी रूपमा, अहिलेसम्म २१ राज्यहरूमा ७० भन्दा बढी मुद्दाहरू दायर भइसकेका छन् ।

    Post Views: 156
    प्रकाशित मिति: २०८२ बैशाख १३, शनिबार ०४:५७
    Advertisement
    संबन्धित शिर्षकहरु
    अन्तत: भावुक हुँदै बेलायतका प्रधानमन्त्रीले गरे राजीनामा घोषणा
    अमेरिकी राजनीतिमा होमिएका अर्का नेपाली सतिस चापागाई
    रास्वपा सभापतिमा रवि लामिछाने निर्विरोध
    Advertisement
    ताजा अपडेट
    • १. अन्तत: भावुक हुँदै बेलायतका प्रधानमन्त्रीले गरे राजीनामा घोषणा

    • २. अमेरिकी राजनीतिमा होमिएका अर्का नेपाली सतिस चापागाई

    • ३. रास्वपा सभापतिमा रवि लामिछाने निर्विरोध

    • ४. अष्ट्रेलिया, साउदी अरब र थाईल्याण्डमा नेपाली दुतावासको नयाँ भवन बन्दै !

    • ५. विज्ञ अर्थमन्त्रिको बजेट र बिधेयकमा किन फरक ? फेरी एनआरएनलाई झुक्याए !

    चर्चित
    • १. पिआर लिएका ३ सय सरकारी कर्मचारीमाथी छानवीन गर्दै, दुई पिआरधारी कर्मचारी निलम्बन !

    • २. अमेरिका र इरानबीच प्रारम्भिक सम्झौतामा हस्ताक्षर, सहमतिका १४ बुँदा !

    • ३. संकटमा ११ सय पेन्सनधारी पुर्वकर्मचारी, पिआर छाड्नेकी पेन्सन ?

    • ४. सर्वोच्च अदालतका पूर्वन्यायाधीश ईश्वर खतिवडाले सम्पत्ति छानबिन आयोगमा विवरण नबुझाउने

    • ५. लियोनल मेसीको नाममा विश्वकपमा सर्वाधिक गोलको कीर्तिमान

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.