• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

नेपाल बेलायतबीच न्यायिक अनुभव र सहयोग आदानप्रदानको सहमति

  •  
  • २०८२ बैशाख १८, बिहीबार ०७:५४ प्रकाशित
    • अ-
    • अ
    • अ+

    नेपाल र बेलायतबीच न्यायिक अनुभव र सहयोग आदानप्रदानसम्बन्धी सहमति भएको छ । बेलायत भ्रमणमा रहेका प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत र बेलायतको सर्वोच्च अदालतका अध्यक्ष लर्ड रीडबीच भेटवार्तापछि सहमतिपत्रमा हस्ताक्षर भएको हो । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत सहितको टोली बेलायत सरकारको निम्तोमा बेलायत भ्रमणमा छ । बुधबार बेलायतको सर्वोच्च अदालत परिसरमा सो सहमतीपत्रमा हस्ताक्षर भएको हो ।

    भेटमा दुई देशको न्यायप्रणाली र न्यायिक अभ्यासका वारेमा अनुभव आदानप्रदान गर्ने सहमति भएको थियो । त्यसपछि दुई देशका सर्वोच्च अदालतबीच सद्‍भाव र सहयोग आदानप्रदानका लागि ‘एक्सचेज अफ गुडविल लेटर’मा हस्ताक्षर भएको हो । प्रधानन्यायाधीश राउतको नेतृत्वमा सर्वोच्चका न्यायाधीश हरिप्रसाद फुयाल, विशेष अदालतका सदस्य रितेन्द्र थापा, उच्च अदालतका न्यायाधीश हेमन्त रावत, रजिष्ट्रार विमल पौडेल सहितको टोली बेलायत भ्रमणमा छ ।

    नेपाली टोलीले बेलायत भ्रमणका क्रममा त्यहाँको हाउस अफ कमन्सका सभामुख, रोयल कोर्ट अफ जस्टिस, कमर्सियल कोर्टका न्यायाधीश लगायतका अधिकारीहरुलाई भेट्घाट गरेको थियो ।

    Post Views: 199
    प्रकाशित मिति: २०८२ बैशाख १८, बिहीबार ०७:५४
    Advertisement
    संबन्धित शिर्षकहरु
    के नेपालका सबै नदि किनाराका बस्ती जोखिमपुर्ण हुन ?
    ब्रिक्स सम्मेलन : विश्व अर्थतन्त्र र भू–राजनीतिक तनावबीच सहकार्यको खोजी
    संकटको बेलामा मात्रै सम्झिने कान्ति लोकपथ
    Advertisement
    ताजा अपडेट
    • १. के नेपालका सबै नदि किनाराका बस्ती जोखिमपुर्ण हुन ?

    • २. ब्रिक्स सम्मेलन : विश्व अर्थतन्त्र र भू–राजनीतिक तनावबीच सहकार्यको खोजी

    • ३. संकटको बेलामा मात्रै सम्झिने कान्ति लोकपथ

    • ४. छिमेकमा ब्रिक्स सम्मेलन, नेपाल बेखबर ! भारतले नेपाललाई किन बोलाएन कूटनीतिक प्रश्न ?

    • ५. जलवायु परिवर्तनबारे राष्ट्र संघले औँल्याएको चेतावनी

    चर्चित
    • १. भोटकोशी बाढी पीडितको नाममा दर्जनौं अभियानः कसले कति उठाए, पैसा कहाँ पुग्दैछ?

    • २. अमेरिकामा रहेका नेपालीका लागि टिपिएस माग गदै होमल्याण्ड सेक्युरिटीमा कंग्रेसम्यानको पत्र

    • ३. नेपालका लागि अमेरिकी नयाँ कार्यवाहक राजदूतमा मेगन बोल्डिन

    • ४. एनआरएन नाइजेरिया र घानाबाट ७७ लाख बाढी पीडितलाई सहयोग हस्तान्तरण

    • ५. प्रधानमन्त्री शाह र परराष्ट्रमन्त्री खनाल राष्ट्रसंघको महासभामा सहभागी हुन अमेरिका जाने तय

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.