अमेरिका र बेलायतबीच नयाँ व्यापार सम्झौतामा सहमति जुटेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुई देशबीचको व्यापार सम्झौताका विवरणहरू राष्ट्रपति कार्यालय ह्वाइट हाउसको ओभल अफिसबाट सार्वजनिक गर्ने तयारी गरिरहेका बीबीसीले जनाएको छ ।
ट्रम्पले सम्झौताको घोषणा गर्नु गौरवको क्षण भएको बताएका छन् । उक्त सम्झौता ‘पूर्ण र व्यापक’ भएको उनको भनाइ छ ।

बेलायती प्रधानमन्त्री कार्यालय टेन डाउनिङ स्ट्रिटले व्यापार सम्झौता ‘पूर्ण र व्यापक’ भन्ने ट्रम्पको दाबीमा टिप्पणी गर्न अस्वीकार गरेको छ । तर बेलायती प्रधानमन्त्री केयर स्टार्मरले ओभल अफिसबाट ट्रम्पको घोषणापछि सम्झौताबारे बोल्ने जनाएका छन् ।
बीबीसीका अनुसार ट्रम्पले व्यापार सम्झौताबारे जानकारी सार्वजनिक गर्ने समारोहमा अमेरिकाका लागि बेलायतका राजदूत लर्ड म्यान्डेलसन अतिथिको रूपमा रहनेछन् ।




