• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

अमेरिकाको टेक्सासमा गोली काण्डमा ३ नेपालीको मृत्यू ! श्रीमति र छोराको हत्या गरी आफैलाई गोली हानेको खुलासा

  •  खबरमाला संवाददाता
  • २०८२ श्रावण २८, मंगलवार ०७:४९ प्रकाशित
    • अ-
    • अ
    • अ+

    अमेरिकाको नेपाली समाजमा फेरी अर्को डरलाग्दो घटना भएको छ । टेक्ससमा तीन जना नेपालीको गोली काण्डमा मृत्यु भएको छ । टेक्सस राज्यको डालास सहरमा हत्यापछि आत्महत्या गोली काण्डमा एकै परिवारका तीन जनाको मृत्यु भएको प्रहरीले बताएको छ ।
    गत शनिबार बिहान २ बजे राती डडली स्ट्रिटको १९०० ब्लकमा गोली काण्ड भएको डालास प्रहरीले विज्ञप्तिमार्फत जानकारी दिएको छ । प्रहरीका अनुसार ५३ वर्षीय ललित प्रधानले आफ्नी ३७ वर्षीया पत्नी रञ्जना श्रेष्ठ र तीन वर्षीय छोरा प्रनिश प्रधानलाई गोली हानी हत्या गरेका थिए ।

    ललितले पत्नी र छोरालाई गोली हानी हत्या गरेपछि सोही पेस्तोल प्रयोग गरेर आफूमाथि गोली प्रहार गरी आत्महत्या गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार रञ्जना र प्रनिशको घटनास्थलमै मृत्यु भएको र ललितलाई अस्पताल पुर्‍याएपछि मृत घोषणा गरिएको थियो । ललितले लामो समयदेखि डिप्रेसनको औषधि सेवन गर्दै आएका थिए । ललितले घटनाको एक दिन अघि मात्र आफू लामो समयदेखि तनावमा रहेको र काममा समेत उपस्थित हुन नसकेको बारे आफ्नो फेसबुकवालमा पोष्ट गरेका थिए ।

    नेपाली समाज टेक्ससका महासचिव विजय भुसालका ललित नेपाली भाषी भुटानी र उनकी श्रीमति नेपाली मुलको रहेको जानकारी दिए । घटनापछि शव नेपाल पठाउनेबारे पनि प्रयास भइरहेको उनले बताए ।

    यसअघि दुई महिनाअघि जुन ५ मा भर्जिनिया राज्यमा पर्ने मनासस सहरमा एकै परिवारका चार जना नेपाली मृत फेला परेका थिए । मनासस घटनामा पनि प्रहरीले हत्यापछि आत्महत्या भएको जनाएको थियो । प्रहरीका अनुसार मनासस घटनामा ३८ वर्षीय सन्तोष परियार, ३६ वर्षीया अञ्जु श्रेष्ठ, २ वर्षीय बालक र ८ वर्षीया बालिकाको गोली प्रहारबाटै मृत्यु भएको थियो ।

    Post Views: 408
    प्रकाशित मिति: २०८२ श्रावण २८, मंगलवार ०७:४९
    Advertisement
    संबन्धित शिर्षकहरु
    नार्कबाट १८ जना निलम्बन, २५ वैज्ञानिकलाई निलम्बनको तयारी !
    कम्बोडियामा नेपाली नागरिकको शोषण रोक्न नेपाल–कम्बोडिया सहकार्य
    नेपाल–एडिबीबीच १६ करोड ५० लाख डलर ऋण सम्झौता, ९.३ अर्ब अमेरिकी डलरभन्दा बढी सहायता
    Advertisement
    ताजा अपडेट
    • १. नार्कबाट १८ जना निलम्बन, २५ वैज्ञानिकलाई निलम्बनको तयारी !

    • २. कम्बोडियामा नेपाली नागरिकको शोषण रोक्न नेपाल–कम्बोडिया सहकार्य

    • ३. नेपाल–एडिबीबीच १६ करोड ५० लाख डलर ऋण सम्झौता, ९.३ अर्ब अमेरिकी डलरभन्दा बढी सहायता

    • ४. अमेरिकाबाट नेपालका थप दुई ऐतिहासिक मूर्ति स्वदेश फिर्ता, हालसम्म १२७ पुरातात्त्विक सम्पदा फिर्ता

    • ५. एलनिनो तीव्र बन्दै, खडेरी र भारी वर्षाको जोखिम बढ्ने

    चर्चित
    • १. अमेरिकाबाट नेपालका थप दुई ऐतिहासिक मूर्ति स्वदेश फिर्ता, हालसम्म १२७ पुरातात्त्विक सम्पदा फिर्ता

    • २. कम्बोडियामा नेपाली नागरिकको शोषण रोक्न नेपाल–कम्बोडिया सहकार्य

    • ३. नेपाल–एडिबीबीच १६ करोड ५० लाख डलर ऋण सम्झौता, ९.३ अर्ब अमेरिकी डलरभन्दा बढी सहायता

    • ४. फिफा विश्वकप २०२६: अर्जेन्टिना अन्तिम १६ मा, कडा टक्कर दिएर बाहिरियो केप भर्डे

    • ५. एलनिनो तीव्र बन्दै, खडेरी र भारी वर्षाको जोखिम बढ्ने

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.