• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

ट्रम्पको प्रस्ताव स्वीकार्दै जेलेन्स्कीले भने- पुटिनसँग वार्ताका लागि तयार छु, जेलेन्स्की ट्रम्प भेट्न अमेरिका जाँदै

  •  खबरमाला संवाददाता
  • २०८२ भाद्र १, आईतवार ०३:२९ प्रकाशित
    U.S. President Donald Trump meets with Ukrainian President Volodymyr Zelenskiy at the White House in Washington, D.C., U.S., February 28, 2025. REUTERS/Brian Snyder TPX IMAGES OF THE DAY
    • अ-
    • अ
    • अ+

    अलास्कामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनबीचको शिखर वार्तापछि युरोपेली नेताहरूले संयुक्त वक्तव्य जारी गरेका छन्। अलास्कामा भएको वार्ताबारे ट्रम्पले युरोपेली नेताहरूसँग कुराकानी गरेपछि युरोपेली नेताहरूले संयुक्त विज्ञप्ती जारी गर्दै आगामी वार्तामा युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की पनि सहभागी हुनुपर्ने बताएका हुन्।

    युरोपेली संघका अध्यक्ष उर्सुला भ्यान देर, युरोपेली परिषद्का अध्यक्ष एन्टोनियो कोस्टा, फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रों, इटालीका प्रधानमन्त्री जर्जिया मेलोनी, जर्मन चान्स्लर फ्रेडरिक मर्ज, बेलायतका प्रधानमन्त्री किअर स्टार्मर, फिनल्याण्डका राष्ट्रपति अलेक्जेन्डर स्टब र पोल्याण्डका प्रधानमन्त्री डोनाल्ड टुस्कले संयुक्त विज्ञप्ती जारी गर्दै अमेरिकी राष्ट्रपति ट्रम्पको प्रयासलाई स्वागत गरेका छन्।

    ‘राष्ट्रपति ट्रम्पले युक्रेनमा हत्या रोक्ने, रूसी आक्रमण अन्त्य गर्ने र न्यायपूर्ण तथा दिगो शान्ति कायम गर्ने प्रयास स्वागतयोग्य छ,’ उनले भनेका छन्। उनीहरूले ट्रम्पकै भनाइलाई विज्ञप्तीमा उल्लेख गरेर कुनै सम्झौता नभएसम्म सम्झौता नहुने बताएका छन्। ‘त्यसकारण अबको कदम राष्ट्रपति जेलेन्स्कीलाई पनि वार्तामा समावेश गर्नुपर्नेछ,’ विज्ञप्ती उद्धृत गर्दै अमेरिकी मिडिया सिएनएनले लेखेको छ।

    युरोपेली नेताहरूले जेलेन्स्की र ट्रम्पसँगै त्रिपक्षीय सम्मेलन गर्न तयार रहेको पनि बताएका छन्। उनीहरूले युक्रेनको सुरक्षा ज्ञारेन्टीमा पनि जोड दिएका छन्। ‘युक्रेनी सेनाको आकार घटाउने/बढाउने भनेर सिमा लाँद्न मिल्दैन। न त उसले तेस्रो देशहरूसँग गर्ने सहकार्यमा प्रतिबन्ध लगाउन सकिन्छ। रूसले युक्रेनको युरोपियन युनियन वा नेटो सदस्यता सहभागिताबारे निर्णय गर्न मिल्दैन,’ विज्ञप्तीमा भनिएको छ।

    उता युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग वार्ताका लागि आफू तयार रहेको बताएका छन्। जेलेन्स्कीले अमेरिकी राष्ट्रपति ट्रम्पको प्रस्तावलाई समर्थन गर्दै युक्रेनमा युद्धविरामका लागि रूस र अमेरिकासँग वार्ताका लागि तयार रहेको बताएका हुन्। ुयुक्रेनले जोड दिएको मुख्य विषय नेतास्तरमै छलफल हुन सक्छन् र त्रिपीक्षीय प्रारूप त्यसका लागि उपयुक्त हो,ु उनले भनेका छन । अमेरिकी राष्ट्रपति ट्रम्पले वार्ताको विवरणमाथी छलफल गर्न भन्दै अमेरिका बोलाएका छन । ट्रम्पसँग करिब एक घन्टा कुराकानी गरेको पनि बताउँदै त्यसपछि युरोपेली नेताहरूसँग टेलिफोन वार्ता भएको उनले बताएका छन। युक्रेनको सुरक्षामा अमेरिकाले सहभागी हुनेबारे सकारात्मक संकेतहरूबारे पनि हामीले छलफल गरेका छौँ।

    अलास्कामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच तीन घन्टा लामो वार्ता सम्पन्न भयो। वार्तामा युक्रेन युद्ध, शान्ति स्थापनाका सम्भावना र रूसको सुरक्षा चासोबारे गहन छलफल भयो।
    वार्ता समाप्त भएपछि ट्रम्प वाशिङ्टन फर्कने क्रममा एयरफोर्स वानबाटै युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग टेलिफोन संवाद गरे। ट्रम्पले भने, “अब बल तिम्रो कोर्टमा छ”, अर्थात् युद्ध अन्त्यका लागि आवश्यक निर्णयको जिम्मेवारी युक्रेनको नेतृत्वमा रहेको संकेत गरे।
    Post Views: 209
    प्रकाशित मिति: २०८२ भाद्र १, आईतवार ०३:२९
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    इरानले ‘पूर्ण रूपमा खोल्यो’ स्ट्रेट अफ हर्मुज, तेलको मुल्य घट्ने !
    फुटबलका सुपरस्टार मेसी अब खेलाडीबाट क्लब मालिक !
    बीबीसीले १८ सयदेखि २ हजार रोजगारी कटौती गर्दै
    Advertisement
    ताजा अपडेट
    • १. इरानले ‘पूर्ण रूपमा खोल्यो’ स्ट्रेट अफ हर्मुज, तेलको मुल्य घट्ने !

    • २. फुटबलका सुपरस्टार मेसी अब खेलाडीबाट क्लब मालिक !

    • ३. बीबीसीले १८ सयदेखि २ हजार रोजगारी कटौती गर्दै

    • ४. अमेरिका-इरानबीच अप्रिल २१ अघि नै सहमति जुटाउने प्रयास

    • ५. कसरी अमेरिकामा “खराबमध्येका अति खराब” सुचिमा परे यी सात नेपालीहरु ?

    चर्चित
    • १. कसरी अमेरिकामा “खराबमध्येका अति खराब” सुचिमा परे यी सात नेपालीहरु ?

    • २. सर्वोच्च अदालतमा महत्वपुर्ण मुद्दाको प्रत्यक्ष प्रशारण र सुचनाप्रविधि मैत्रि बनाउने कामु प्रधानन्याधिष सपना मल्लको तयारी

    • ३. स्पेनमा रहेका ५ लाख अबैध आप्रवासीलाई कानुनी मान्यता दिने घोषणा, ५ हजार नेपाली लाभान्वित हुने

    • ४. प्रधानमन्त्री र १५ मन्त्री: कसको सम्पत्ति कति? सबैभन्दा धनी र गरिब को हुन ?

    • ५. अमेरिकामा अन्तराष्ट्रिय विधार्थीको भिषा अस्वीकृत दरमा उच्च बृद्धि

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.