• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

किन हाई प्रोफाईल मुद्दा सबै ध्वस्तः कसरी छानवीन गर्ला नयाँ आयोगले काम ?

  •  खबरमाला संवाददाता
  • २०८२ आश्विन ८, बुधबार ०४:४१ प्रकाशित
    • अ-
    • अ
    • अ+

    आन्दोलनमा अदालतमा रहेका हाई प्रोफाइल व्यक्ति जोडिएका सबै फाइल खोजीखोजी ध्वस्त पारिएको पाइएको घटनाले अनेकन आशंका पैदाभएको छ । जेनजी आन्दोलनका नाममा सर्वोच्च अदालतसहित मुलुकका २३ वटा अदालतमा रहेका हाई प्रोफाइल भएका व्यक्ति जोडिएका फाइल ध्वस्त पारिएको हो। सूर्यदर्शन, स्वर्णलक्ष्मीलगायत सहकारी ठगी, बहुचर्चित नक्कली भुटानी शरणार्थी काण्ड र सुन तस्करीजस्ता अनुसन्धानमूलक फाइलहरू ध्वस्त भएका छन्।

    काठमाडौं जिल्ला अदालतका कर्मचारीहरूका अनुसार फाँट नम्बर ९, १३ र १४ लाई आक्रमण गरिएको थियो। ती फाँटमा हाई प्रोफाइल भएका व्यक्तिहरूका मुद्दा थिए।फाँट नम्बर ९ मा नक्कली भुटानी शरणार्थी, १३ सहकारी ठगी र १४ मा सुन तस्करीसम्बन्धी मुद्दाका मिसिल थिए। ‘स्वर्णलक्ष्मीलगायत सहकारी ठगी, बहुचर्चित नक्कली भुटानी शरणार्थी काण्ड र सुन तस्करीसम्बन्धी मुद्दाका मिसिलहरू थिए,’ एक कर्मचारीले भने, ‘ती फाइल अन्तिम सुनुवाइको चरणमा थिए।’

    साथै, माओवादी द्वन्द्वकाल र भूमिसम्बन्धी महत्वपूर्ण मुद्दाका फाइलहरू पनि ध्वस्त भएको अदालतका एक कर्मचारीले जानकारी दिए। अदालतमा रहेका मुद्दाका मिसिलसँगै इतिहास, अभिलेख र नजिर जलाएर खरानी पारिएको छ। आक्रमणकारीहरूले रवि लामछिाने जोडिएका धेरैजसो फाइल ध्वस्त पारेको स्रोतको दाबी छ।

    सरकारले गत भदौ २३ र २४ को आन्दोलनमा भएको ज्यादति र क्षतिका घटनाबारे जाँचबुझ गर्न विशेष अदालतका पूर्वअध्यक्ष गौरीबहादुर कार्कीको संयोजकत्वमा तीन सदस्यीय उच्चस्तरीय न्यायिक आयोग गठन गरिसकेको छ ।

    आन्दोलनका क्रममा ७४ जनाको मृत्यु र सरकारी तथा निजी संरचनामा भएका क्षतिका घटनामा आयोगले कसरी काम अघि बढाउँछ भन्ने चासो सबैलाई छ । सरकारी तथा निजी सम्पत्ति तोडफोड, आगजनी र लुटपाट गर्नेलाई कारबाही हुन्छ कि हुँदैन, कारबाही भए कस्तो दण्ड सजाय हुन्छ ? अनि २३ गते जेन-जी युवाको प्रदर्शनमा १९ जनाको ज्यान जाने गरी गोली चलाउने तथा चलाउन आदेश दिनेलाई कस्तो दण्ड-सजाय हुन्छ, कानुनमा के छ व्यवस्था ?

    प्रचलित कानुनअनुसार अगाडि बढ्ने हो भने आन्दोलनका क्रममा भएका तोडफोड तथा आगजनीको घटनामा मुलुकी अपराध संहिता २०७४ आकर्षित हुन्छ । यो कानुनमा के-के व्यवस्था छ पहिले त्यसलाई हेरौं-मुलुकी अपराध संहिता २०७४ को दफा ७३ मा सार्वजनिक वा निजी सम्पत्ति हानी, नोक्सानी, तोडफोड वा आगजनी गर्न-गराउन वा अरू कसैलाई प्रयोग गरी वा आफैँले त्यस्तो वस्तु वा सम्पत्ति बिगार्न हुँदैन भन्ने उल्लेख छ ।

    यस्तो कसुर गर्ने व्यक्तिलाई कसुर हुने सजायमा थप एकवर्ष कैद वा १० हजार रुपैयाँसम्म जरिवाना वा दुबै सजाय हुन्छ । कसुरबाट त्यस्तो वस्तु वा सम्पत्तिको हानि, नोक्सानी भइसकेको रहेछ भने त्यसको बिगो बमोजिमको क्षतिपूर्तिसमेत क्षति पुर्याउनेबाट भराउनुपर्ने व्यवस्था कानुनमा छ ।

    यस्तो काम गर्न उक्साउने वा आदेश दिने व्यक्तिले समेत कसुर गरेको मानिने दफामा उल्लेख छ । तर कानुन व्यवसायीहरुको तर्क भने फरक छ । आन्दोलनको भावनावाट हेर्दा यस क्रममा भएका गतिविधिबाट हुने सार्वजनिक क्षतिलाई आपराधिक कानुनको दायरामा ल्याएर सजाय गर्न नहुने उनीहरुको भनाइ छ ।

    तर आन्दोलनको दायराभन्दा बाहिर गएर आन्दोलनको नाममा अनुचित फाइदा लिने, सार्वजनिक सम्पत्ति तोडफोड गर्ने र व्यक्तिगत सम्पत्तिमा क्षति गर्ने जस्ता कार्य प्रमाणित हुने देखिएमा फौजदारी मामिला मानिने कानुन व्यवसायीको बुझाइ छ । मुलुकी अपराध संहिता २०७४ को दफा २८५ को १ मा आपराधिक उपद्रव गर्न नहुने उल्लेख छ । यसअन्तर्गत सरकारी तथा सार्वजनिक सम्पत्तिमा क्षति पुर्याउने नियतले काम गरेमा आपराधिक उपद्रव गरेको मानिन्छ ।

    सोही दफाको उपदफा ३ मा सार्वजनिक वा सरकारी महत्वका कागजात रहेका निकायमा आगो लगाई वा विष्फोटक पदार्थ प्रयोग गरी आपराधिक उपद्रव गरेको भए पाँच वर्षदेखि १२ वर्षसम्म कैद र विगो बमोजिमको जरिवाना हुने व्यवस्था छ ।

    यो हिसाबले सिंहदरवार र अदालत जलाउनेलाई यही दफा अनुसार कारबाही हुने देखिन्छ । त्यस्तै कसैको घर कार्यालय वा कुनै सम्पत्तिमा आगो लगाइ वा विष्फोटक पदार्थ प्रयोग गरी आपराधिक उपद्रव गरेमा दुई वर्षदेखि पाँच बर्षसम्म कैद र बीस हजारदेखि पचास हजार रुपैयासम्म जरिवाना हुनसक्ने व्यवस्था रहेको कानुनका जानकारहरु बताउनछन् ।

    भदौ २३ गते एकै दिन १९ युवाको ज्यान गएको थियो भने आन्दोलन, तोडफोड र आगजनीका क्रममा ७४ जनाको मृत्यु भएको छ । राज्यतर्फबाट अनुचित रुपमा हुने बल प्रयोग गम्भीर र मानव अधिकार उल्लंघनको विषय मानिने हुन्छ । राजनीतिक तथा प्रशासनिक नेतृत्व अथवा सुरक्षा निकायका जो संलग्न भए पनि मानव अधिकार उल्लंघनसँग सम्बन्धित कानुन आकर्षित हुन्छ । जसका लागि न्यायिक आयोगले आफैँ कार्यविधि बनाएर कारबाहीको सिफारिस गर्न सक्छ ।

    यसबाहेक सरकारी तथा निजी सम्पत्तिमा तोडफोड, आगजनी र लुटपाटका घटना पनि भएकाले आपराधिक उपद्रव, राज्यविरुद्धको कसुर र संगठित अपराधसम्बन्धी मुद्दामा अनुसन्धान हुन सक्छ । तर अहिलेको अवस्थामा कुन घटनालाई कसरी हेर्ने भन्ने विषय पेचिलो छ ।

    Post Views: 296
    प्रकाशित मिति: २०८२ आश्विन ८, बुधबार ०४:४१
    Advertisement
    संबन्धित शिर्षकहरु
    अन्तत: भावुक हुँदै बेलायतका प्रधानमन्त्रीले गरे राजीनामा घोषणा
    अमेरिकी राजनीतिमा होमिएका अर्का नेपाली सतिस चापागाई
    रास्वपा सभापतिमा रवि लामिछाने निर्विरोध
    Advertisement
    ताजा अपडेट
    • १. अन्तत: भावुक हुँदै बेलायतका प्रधानमन्त्रीले गरे राजीनामा घोषणा

    • २. अमेरिकी राजनीतिमा होमिएका अर्का नेपाली सतिस चापागाई

    • ३. रास्वपा सभापतिमा रवि लामिछाने निर्विरोध

    • ४. अष्ट्रेलिया, साउदी अरब र थाईल्याण्डमा नेपाली दुतावासको नयाँ भवन बन्दै !

    • ५. विज्ञ अर्थमन्त्रिको बजेट र बिधेयकमा किन फरक ? फेरी एनआरएनलाई झुक्याए !

    चर्चित
    • १. पिआर लिएका ३ सय सरकारी कर्मचारीमाथी छानवीन गर्दै, दुई पिआरधारी कर्मचारी निलम्बन !

    • २. संकटमा ११ सय पेन्सनधारी पुर्वकर्मचारी, पिआर छाड्नेकी पेन्सन ?

    • ३. अमेरिका र इरानबीच प्रारम्भिक सम्झौतामा हस्ताक्षर, सहमतिका १४ बुँदा !

    • ४. लियोनल मेसीको नाममा विश्वकपमा सर्वाधिक गोलको कीर्तिमान

    • ५. सर्वोच्च अदालतका पूर्वन्यायाधीश ईश्वर खतिवडाले सम्पत्ति छानबिन आयोगमा विवरण नबुझाउने

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.